गाविस सचिवको लापरवाही अपाङ्ता परिचय पत्र छ, भत्ता छैन्


कृष्ण खनाल
बुटवल, १२ माघ । 
रुपन्देहीको सौ.फर्साटिकर गाविस–१ की कृष्ण थापाकी छोरी आशिका थापा शाररिकरुपमा अपाङ्गता भएकी व्याक्ति हुन । उनले अघिल्लो बर्ष नै गाँउ विकास समितिबाट सिफारिस बनाई महिला तथा वालवालिका कार्यालय भैरहवाको संमन्वयमा जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ बर्ग अर्थात निलो कार्ड बनाईन । पुर्ण अपाङ्गता भएकी आशिका थापाले नेपाल सरकारले प्रदान गर्ने ‘निलोकार्ड’ भएका अपाङ्गता भएका व्याक्तिले पाउने सामाजिक सुरक्षा भत्ताको लागि गाविसमा  विवरण भरेर पठाएकी थिईन् । 
तर एकबर्षमा उनले कुनै पनि सामाजिक सुरक्षा भत्ता
पाईन्न् । उनी जस्तै श्रीमान् श्रीमती दुबै जना नै अपाङ्गताभएका सौ.फर्साटिकर गाविस–१ का रुपनारायण चौधरी  र लुदी चौधरीको पनि निलो कार्ड छ । कानुनी रुपमा उनले जिल्ला विकास समितिबाट सरकारी नियम अनुसार मासिक रुपमा ३ सय सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर कार्ड बनाएर विवरण पेश गरेको एक बर्ष सम्म पनि पाएकी छैन्न् । 
सोही गाविसकी देवी वि.क.की बैनी माँया विकको पनि सोही अवस्था छ । उनीहरु सबैले डेढ बर्ष पहिला नै  जिल्ला प्रशासन कार्यालयबाट अपाङ्गता परिचय पत्र बनाएका छन् । परिचय पत्र मात्र होईन सामाजिक सुरक्षा भत्ताको लागि गाविस मार्फत निवेदन दिएका थिए ।  मायाँ की दिदी देवी विक भन्छिन्–‘एक बर्ष पहिला नै निलो कार्ड भएकोले पाउने भनेर खबर आयो, गाविसमा आएर फारम भरेका थियौं तर अहिले सम्म पाएनौं । ’ उनी थप्छीन्–‘गाविसमा पेश गरेको कागज जिल्लामा पुगेन्च रे अनी हामीले भत्ता पाएनौं ।’

अपाङ्गता संमन्य समिति सौ. फर्साटिकर का सचिव विष्णु बहादुर थापाका अनुसार १ सय ५३ जना अपाङ्गता भएका व्याक्तिहरु छन् । जसमा करिव दुई तिहाईको निलो कार्ड  बनेको छ । उनीहरुले सामुहिक रुपमा नै एक बर्ष पहिला गाविसमा निवेदन दिएका थिए । तर अहिले सम्म उनीहरुले  सामाजिक सुरक्षाको भत्ता  पाएका छैनन् । 
गाविस सचिवले लापरवाहीको कारणले जिल्ला विकास समितिमा पठाउनुपर्ने विवरण नपठाएको कारण उनीहरु सामाजिक सुरक्षा भक्ताबाट बञ्चित भएको बताउछन् । ६ महिना पहिला गाविस सचिव रहेका विष्णु प्रसाद पौडेले सरुवा भएर अहिले नयाँ सचिव अग्नी प्रसाद पौडेल आएका छन् । सौराह फर्साटिकर गाविसका गाविस सचिव अग्नी प्रसाद पौडेलले जिल्लामा अहिले पनि कोटा सिस्टम नहटेको कारण निलो कार्ड भएका अपाङ्गता भएका व्याक्तिहरुले सामाजिक सुरक्षा अन्र्तगतको भत्ता नपाएको बताउँछन् । 
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०६९ सालमा नै  सम्पूर्ण जिल्ला विकास  समितिलाई निर्देशन गरि निलो कार्ड पाएका अपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु, त्यसको आवजश्यक  तथ्यांक समाज कल्याण मन्त्रालयमा पेश गर्नु भन्दै परिपत्र गरेको छ । जुन कुरा अहिलेसम्म पनि गाविस सचिव पौडेललाई जानकारी छैन । उनले संवाददाता संगको कुराकानीमा भने–‘जिविसमा कोटा सिस्टम छ, जो अनुसार पाउनेले अहिले पनि पाएका छन्, निलोकार्ड भएका सबैले पाउने कुरा होईन होला ।’ 
उनका अनुसार सौ.फर्साटिकर गाविसबाट अहिलेसम्म जम्मा १० जना अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाएका छन् । जसमा ३ जना पुर्ण असक्त अपाङ्गता भएका व्याक्ति (रातो कार्डभएका)हरुले मासिक १ हजार र अन्य ७ जना अति अशक्त अपाङ्गता भएका (निलोकार्ड) ले मासिक ३ सयका दरले  सामाजिक सुरक्षा भत्ता पाएका छन् । 
यता, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक सुरक्षा शाखाका पञ्जाधिकारी कृष्ण प्रसाद पाण्डेले निलो कार्ड भएका अपाङ्गता भएका सबै व्याक्तिहरुले सामाजिक सुरक्षा अन्र्तगतको मासिक ३ सय रुपैया भत्ता पाउने बताउछन् । उनले केह िबर्ष पहिला रुपन्देही लगायत देशभरमा कोटा प्रणाली अनुसार अपाङ्गता भएका व्याक्तिहरुलाई भत्ता वितरण गर्दै आइएको तर कार्यविधी २०६९ पछि कोटा प्रणाली खारेज भएर मन्त्रालयबाट नै परिपत्र आएको बताउछन्  । उनी भन्छन्–‘सबै गाविस, नगरपालिका र जिविसमा नेपाल सरकारले नै प्रत्येक बर्षको मंसिर १ देखि ३० गते भित्र निलो  र रातो कार्ड भएका अपाङ्गता भएका व्याक्तिहरुले सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिनुपर्छ अनि भत्ता नपाउने भन्ने कुरा छैन सरकारले दिएको कुरा नपाउने भन्ने हुदैन ।’ उनले जिल्ला विकास समितिले सम्पूर्ण उपमहानर पालिका, नगरपालिका, गाविसलाई प्रत्येक बर्ष मंसिर महिना भरमा रातो कार्ड बनाएका र निलो कार्ड बनाएका अपाङ्गता भएका व्याक्तिहरुको लागत संकलन गरी  मन्त्रालय र जिविसमा पठाउने भनेर निर्देशन दिएको जानकारी गराए । उनले यदि गाविस सचिव र नगरपालिकाबाट ढिला गरी निवेदन आएमा मन्त्रालयको नियम अनुसार भत्ता पाउनबाट बञ्चित हुने र अर्को बर्ष मात्र उनीहरुले भत्ता पाउने गरेको जानकारी दिए । उनले भने–‘अपाङ्गता परिचय पत्र ‘क’ रातो र ‘ख’ निलो भएका व्याक्तिहरुले मंसिर महिनामा गाविस, उपमहानर पालिका र नगरपालिकामा गएर नागरिकता र नागरिकता नभएकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी  र कार्डको प्रतिलिपी सहित निवेदन दिनुपर्दछ । ’
यदि कुनै कारणले छुटेको भए अर्को बर्ष स्यम् अपाङ्गता भएका व्याक्ति वा अभिभावकहरुले गाविस, उपमहानर पालिका र नगरपालिकामा मंसिर महिनामा निवेदन दिनुपर्छ । यदि गाविस सचिव वा वडा सचिवको लापरवाहिको कारण जिविसमा विवरण जम्मा हुन नसकेमा गाविस वा वडा सचिवले नै जिम्मेबारी लिनुपर्ने पञ्जाधिकारी पाण्डेको भनाई रहेको छ । 
जिल्ला विकास समिति रुपन्देहीको सामाजिक शाखा अनुसार  आर्थिक बर्ष २०७२÷०७३ मा पुर्ण अपाङ्गता भएका रातो काड(क) २ सय १२ जनाले मासिक १ हजार र आंशिक अपाङ्गता निलो कार्ड(ख)बर्गका २ सय १० जनाले मासिक ३ सयका दरले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । 
रुपन्देहीमा करिव ७ हजार बढि अपाङ्गता भएका व्याक्तिहरु रहेका छन् । तर महिला विकास कार्यालय रुपन्देहीले जिल्ला प्रसासन कार्यालयको संमन्वयमा प्रदान गर्ने अपाङ्गता परिचय पत्र लिने  अपाङ्गता भएका व्याक्तिहरुको संख्या न्युन छ । महिला तथा वालवालिका कार्यालयकी प्रमुख उषा रावलका अनुसार जिल्लामा कुल ५ हजार ५८ जना अपाङ्गता भएका व्याक्तिहरुले परिचय पत्र लिएका छन् । 
जसमा महिला १३ सय ५७ जना, पुरुष १९ सय ६४ जना र वालक १ सय २५ जना र वालिका ७२ जना रहेका छन् । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु महिला १ सय ६, पुरुष १ सय ७७ जना, ‘ख’ बर्गको निलो कार्ड लिने महिला ३ सय ५ जना, पुरुष ४ सय २७ जना र ‘ग’ बर्गको पहेलो कार्ड पाउने महिला २ सय ५ र पुरुष ५ सय ३१ जना रहेका छन् ।
त्यस्तै ‘घ’ बर्गको सेतो परिचय पत्र लिने मा महिला १ सय ६८ जना र पुरुष ३ सय ८ जना रहेका छन् । जुन तथ्यांकबाट  अपाङ्गता भएका अझै आधा भन्दा बढि व्यक्तिहरुले परिचय पत्र लिएका छैनन् । ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र लिने अपाङ्गता भएका व्याक्तिको संख्या ३ सय ५ जना, पुरुष ४ सय २७ जना गरी कुल ७ सय ३२ जना छन् । तर ‘ख’ बर्गबाट सामाजिक सुरक्षा भत्ता लिने व्याक्तिहरुको संख्या जम्मा २ सय १० जना मात्र छन् । 
ब्रेकरः
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०६९ सालमा नै  सम्पूर्ण जिल्ला विकास  समितिलाई निर्देशन गरि निलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु, त्यसको आवश्यक  तथ्यांक समाज कल्याण मन्त्रालयमा पेश गर्नु भन्दै परिपत्र गरेको छ । जुन कुरा अहिलेसम्म पनि गाविस सचिव पौडेललाई जानकारी छैन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती