कृषि मेलाको तयारीमा बुटवलका व्यवसायी

बुटवल उद्योग बणिज्य संघको आयोजनामा यहि माघ २२ देखि २७ गते सम्म बुटवलमा कृषि मेला–२०७२ आयोजना हुँदैछ । विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि विशिष्टकृत मेलाको रूपमा कृषि मेला आयोजना हुन लागेको हो । यस क्षेत्रमा कमै मात्रामा हुने विशिष्टिकृत मेला बुटवल उद्योग बाणिज्य संघले निरन्तरता दिएको छ । कृषि मेला आयोजना हुनु आफैमा चुनौतिपूर्ण कार्य हो । यस क्षेत्रमा आयोजना हुने विशिष्टिकृत मेलाले विशेष महहत्व राखेको छ । यसपटकको मेलालाई बैकल्पीक ऊर्जा प्रवद्र्धनको लागि पहिलो प्राथमिकतामा राखेको आयोजक संस्थाले जनाएको छ । मेलाको तयारी कहाँ पुग्यो त ? यस विषयमा मेला संयोजक, सह संयोजक तथा बस्तुगत समितिका संयोजकहरू सँग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी ।

‘कृषि मेला आफैमा विशेष मेला हो’

महेशमान सिंह
अध्यक्ष तथा संयोजक सातौं कृषि मेला–२०७२ 
बुटवल उद्योग बाणिज्य संघले विगतका बर्षहरूमा पनि विशिष्टिकृत मेला आयोजना गरेको थियो । यो बर्ष पनि मेला आयोजना हुँदैछ । बुटवलमा पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेपछि यस क्षेत्रमा विशिष्टिकृत मेला आयोजना हुँदै आएका छन् । यस क्षेत्रमा हामीहरूले पहिलो पटक जुत्ता मेला आयोजना ग¥यौं । जुन आगामी दिनमा निरन्तता दिनेछांै । त्यस्तै अबको केही समयमा मोवाईल उप समितिले मोवाईल मेला पनि आयोजना गर्दैछौं ।तिन महिनामा अर्को विशिष्टिकृत मेला आयोजना गरेर बुटवलबाट नयाँ सन्देश प्रवाह गर्ने छौं । विशिष्टिकृत मेला आयोजना गर्नु आफैमा चुनौती हो । यो मेला नाफा कमाउने भन्दा पनि कृषि क्षेत्रमा खासगरी कृषकको उत्थानको लागि केही फाईदा पु¥याउने उद्देश्य हो । 



कृषकलाई उचित सम्मान
सुरेन्द्र प्रसाद श्रेष्ठ
पूर्व अध्यक्ष तथा संयोजक–मूल्यांकन एवं उपहार व्यवस्थापन
मेला आयोजना आफैमा चुनौतिपूर्ण हो । अहिलेसम्म स्टल सहभागीतामा पनि उत्साहजनक छ । १ सय १५ स्टल मध्ये अहिलेसम्म करिव ८० स्टल बुकिङ्ग भैसकेको छ । यसको अलावा बैकल्पीक उर्जा प्रवद्र्धन र नेपाल सरकारको एक गाउँ एक उत्पादनका टिम सहित २५÷३० वटा स्टल आउनेछ । मूल्यांकन तथा उपहार व्यवस्थापन समितिको काम मेला सुरु भएपछि हुने भएकोले अहिले सम्म हामी मिटिङ्ग बसेर विभिन्न सिमाहरू निर्धारण गरेका छौ । कृषक तथा उद्यमी व्यवसायीहरूको सहभागीतालाई हामी विभिन्न कुराबाट मूल्यांकन गरेर उत्कृष्टताको आधारमा पुरस्कार दिने हो । एउटा हामी स्टलगत रूपमा दिन्छौ भने अर्कोतर्फ उत्पादनगत रूपमा पनि हामीले दिनेछौं । विभिन्न विधागत रूपमा पनि, मकै, काउली लगायतका दर्जनबढि कृषिजन्य उत्पादनहरूको प्राविधिक टोली र अधिकृतहरूको टोलिले मूल्यांकन गरेर हामी पुरस्कार प्रदान गर्ने हो । यसपटक हामी व्यवसायी र कृषक दुवै पाटोलाई हेरेर पुरस्कार प्रदान गर्ने सोंचमा छौं । 

प्रदर्शनसँगै बिक्री वितरण पनि हुनेछ
खेम बहादुर हमाल
बरिष्ठ उपाध्यक्ष तथा सह–संयोजक, कार्यसम्पादन समिति
तयारी अन्तिम चरणमा पुगेको छ । अहिले सम्म हामीले जिल्ला कृषि विकास कार्यालय अन्तर्गतका विभिन्न कृषि सेवा केन्द्र अन्र्तगतका कृषि समुहसँग भेटघाट कार्यक्रम पुरा गरेका छौ । यसको अलवा हामी कृषकहरू संग भेटघाट गर्ने कृषि जन्य उत्पादन प्रतियोगीतात्मक रूपमा प्रदर्शनको लागि आग्रह गरेका छौ । यसको साथै मेला हामी विभिन्न कृषि जन्य उत्पादनहरू, फलफूल, माछा, अण्डा पनि हामी विक्रि वितरणका लागि राख्नेछौ । मेलामा उपभोक्ताहरूले कृषिजन्य उत्पादन प्रत्यक्ष रूपमा विक्री वितरणको व्यवस्थापन गरेका छौ । उत्पादनहरू कृषक र उपभोक्ताका विचमा प्रत्यक्ष किनबेचको वातावरण सृजना हुनेछ । 

मेला विशिष्टिकृत हुनेछ  
उज्ज्वल कसजु
बाणिज्य उपाध्यक्ष तथा उप संयोजक,कार्यसम्पादन समिति
खासगरी मेला आयोजना पहिला देखि नै बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको छ । मेरो मातहतमा सुरक्षा व्यवस्थापन, विद्युत तथा साउण्ड सिस्टम व्यवस्थापन र श्रव्य दृश्य प्रसारण व्यवस्थापन समिति हो । जसको काम अगाडी बढेको छ । सुरक्षाको लागि हामी ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालयमा निवेदन पेश गरि आवश्यक सहयोग मागेका छौ । यसको अलवा सेकुरेटी कम्पनीहरूबाट पनि हामी सुरक्षाकर्मीहरूको व्यवस्थापन गर्ने छौं । यो मेलामा विगतका मेला भन्दा पनि सुरक्षामा मजबुद बनाउने योजना हाम्रो हो । मेलामा सिसीटीभी क्यामेरा समेत जडान गर्ने योजना हामीले बनाएका छौं । श्रव्य दृश्यको काम र साउन्ड सिस्टमको काम समेत कोटेशन भएको छ । समग्र मेलाको तयारी तिब्र रूपमा अगाडी बढेको छ । कृषि मेला विशिष्टिकृत मेला भएको कारणले पनि विशेष महत्व बोकेको छ । 

मेलाले विशेष सन्देश प्रवाह गर्ने छ 
हरिप्रसाद अर्याल
महासचिव तथा संयोजक सचिवालय व्यवस्थापन उप–समिति
मेला विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि निरन्तरता दिएको हो । खासगरी विगतमा पनि यस्तो प्रकारको विशिष्टकृत मेला आयोजना गरिएको कारणले गर्दा पनि हामीलाई तयारीको लागि र प्रक्रियागत कुरामा कुनै अफ्ठारो छैन । मेरो मातहतमा प्रचार प्रसार व्यवस्थापन, सचिवालय व्यवस्थापन, मञ्च तथा स्वागतद्वार व्यवस्थापन र व्याच प्रमाणपत्र र उपहार व्यवस्थापन उपसमितिहरु रहेको कारणले गर्दा उपसमितिहरूको काम पनि तिब्ररूपमा अगाडी बढेको छ । यसको साथ मेलाको गेट कृषिजन्य उत्पादनहरूलाई राखेर यहाँ कृषि मेला आयोजना हँुदै रहेछ है भन्ने जानकारी दिने खालको बनाउने सोचमा छौं । जिल्ला, नगर उद्योग बाणिज्य संघमा पत्राचार गर्ने काम पनि सम्पन्न भइसकेको छ । 

उत्पादनको प्रवद्र्वन र बजारीकरण
अनिल प्र्रसाद श्रेष्ठ
उद्योग उपाध्यक्ष तथा उपसंयोजक कार्यसम्पादन समिति
यो मेला आफैमा गौरवको मेला हो । विगतका दिनहरुमा बुटवल उद्योग बाणिज्य संघले विभिन्न प्रकृतीका मेला तथा महोत्सवहरू आयोजना गर्दै आएको छ । यस पटक पनि यो कृषि मेला आयोजना गरिएकोले कृषि मेला आफैमा गौरवको विषय हो । यो मेला सफल बनाउनको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । हामीले खासगरी नाफा मुलक भन्दा पनि कृषि क्षेत्रको विकासको लागि यो मेला आयोजना गरेका हौं । मेलाबाट यस क्षेत्रको कृषिजन्य उत्पादनको प्रवद्र्धन र बजारीकरणमा यसले टेवा पु¥याउनेछ । 

नाफा भन्दा पनि कृषि क्षेत्रको विकास
दिनेश प्रसाद श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक, आर्थिक व्यवस्थापन उप–समिति
विगत लामो समय देखि नै उद्योग बाणिज्य संघले मात्र विशिष्टिकृत मेला आयोजना गर्दै आएको छ । यस बर्ष पनि हामीले यसलाई निरन्तरता दिएका हौ । १ सय २५ वटा स्टल हाम्रो रहने कुरा छ । खासगरी उद्योग बाणिज्य संघले आफ्नो संस्थाको आर्थिक उपार्जन भन्दा पनि कृषि क्षेत्रको विकासमा हामीले मेला आयोजना गर्र्दै आएका हौं । सरकारको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्र्तगतका स्टलहरूको पनि सहभागीता हुनेछ । हामीले कतीपय स्टलहरू निःशुल्क पनि व्यवस्थापन गरेका छौं भने केही व्यवसायीक स्टलहरूको न्युनतम रकम लिएका छौ । बुटवल उद्योग बाणिज्य संघले यो मेलामा करिव २० लाख रूपैयाँ जती लगानी हुने अनुमान गरेको छ । खासगरी नाफा आर्जन भन्दा पनि कृषि क्षेत्रको विकासमा टेवा पु¥याउनको लागि मेला आयोजना गरिएको हो । 

कृषिको विकासमा पनि योगदान
अनुपमान सैजुु
संयोजक, सहभागी उत्प्रेरक एवं स्टल व्यवस्थापन उपसमिति
कृषि मेला अन्य औद्योगीक व्यापार मेला जस्तो मेला होईन, यो विशिष्टिकृत मेला हो । जुन आयोजना गर्नु आफैमा चुनौति पनि छ । तर हामी चुनौतिको बाबजुत कृषिक्षेत्रको विकासमा पनि केही योगदान दिनुपर्छ भनेर लागेका छौ । मेलामा अहिले सम्म सहभागी स्टलहरूको संख्या उत्साहजनक छ । एक गाउँ एक उत्पादनको कुराहरू समेत मेलामा प्रर्दशनमा राखिनुको साथै विक्रि वितरणको समेत व्यवस्थापन गरेका छौ । यसको अलवा हामीले कृषि गाउँको रूपमा पनि मेलामा स्टलहरू सहभागी हुँदैछ । कृषकहरूलाई माटो परिक्षण देखि लिएर जेटीए तथा कृषि विज्ञको टोलीबाट तालिम समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । े

स्थायी संरचना भए राम्रो
मोहनलाल जोसी
संयोजक, स्टल निर्माण व्यवस्थापन उपसमिति
पहिलो चरणमा १ सय २५ वटा स्टलको हामी तयारी गरेका छौं । जुन बढ्न पनि सक्छ । अहिले सम्म स्टलमा धेरै जसो कामहरू पुरा भएका छन् । खासगरी स्टल निर्माणको काम सबै पुरा भएको छ । स्टलमा टेन्ट लगाउने काम भैरहेको छ । मेला आयोजना हुन भन्दा १÷२ दिन अगाडी मात्र सबै टेन्ट र स्टलको काम पुरा हुने भएकाले तयारीमा जुटेका छौ । स्थायी प्रकृतीको संरचना नभएको कारण अस्थायी संरचना निर्माण गर्दा केही लागत बढ्दो छ । 

किसान र उपभोक्ताका
 बीचमा अन्तक्र्रिया
बसन्त ढकाल
संयोजक, कृषक समुह परिचालन तथा प्रतियोगिता व्यवस्थापन समिति
कृषि मेलाको तयारी तिब्र रूपमा अगाडी बढेको छ । खासगरी जिल्ला कृषि विकास काार्यालय रूपन्देही र यसको मातहतमा रहेका विभिन्न कृषक समुहहरू सँग भेटघाट गर्ने छलफल तथा अन्तरक्रिया गर्ने कामहरु सम्पन्न भएका छन् । यसको साथै हामी रूपन्देहीको देवदह नगरपालिका क्षेत्रका किसान, त्यस्तै सेमलार, मोतिपुर र मानपकडी लगायतका स्थानका कृषकहरूलाई भेटेर प्रतियोगीतामा सहभागीताको लागि आग्रह गरेका छौ । यस क्षेत्रमा नै पहिलो पटक माटो परिक्षणको लागि आउने ‘मोवाईल माटो परिक्षण मेसिन’ मेलामा राख्नेछौ । जसमा माटो परिक्षणको लागि किसानहरूलाई सहभागीताको लागि आग्रह समेत गरेका छौ । यसको अलवा विभिन्न प्रतियोगीताहरू खासगरी आमा समुह, विद्यालय र कृषक समुहहरूको विचमा नितान्त कृषि दोहोरी गीत प्रतियोगीता आयोजना गर्नेछौं । उत्पादन गर्ने किसान र उपभोक्ताका विचमा विभिन्न अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने योजना रहेको छ । 

मेलाको तयारी उत्साहजनक छ
कमल प्रसाद पौडेल
सचिव तथा सौजन्य तथा समारोह व्यवस्थापन उप समिति
मेलाको तयार तीब्र नै छ । खासगरी मेरो मातहतका टिकट व्यवस्थापन उपसमिति, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार र पार्किङ्ग समिति, खानेपानी तथा सरसफाई व्यवस्थापन समिति हो । जसको काम अगाडी बढेको छ । हामी पानी शुद्ध बोरिङ्गको पानी खुवाउने योजनामा छौ भने प्राथमिक उपचारको लागि बुटवल हस्पिटल प्रालिसँग कुरा भएको छ । यसको अलवा टिकटको लागि हामी आम सर्वसाधारणलाई २० र विद्यार्थीहरूलाई १० रूपैयाँ व्यवस्थापन गरिएको छ । किसान, उद्योग बाणिज्य संघमा आवद्व सदस्यहरूलाई निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ । 

मनोरन्जन अन्य मेला भन्दा कम हुन्न 
टंक गैरे
संयोजक, सांस्कृतिक कार्यक्रम उपसमिति
यस पटक मेलामा हामीले सांस्कृतिक कार्यक्रममा फरक गर्ने योजनामा छ । हामीले यस क्षेत्रमा पहिलो पटक विद्यालयका विद्यार्थीहरूको सहभागीतामा कृषि दोहोरीगीत प्रतियोगीता आयोजना गर्दै छौ । यसको अलवा खुल्ला नृत्य प्रतियोगीता आयोजना गर्दै छौ भने स्थानीय कलाकारहरूलाई पहिलो प्राथमिकता दिएर विविधि सांस्कृतिक कार्यक्रम गर्ने छौ । चर्चित एक जना पुरुष र एक जना महिला कलाकारको प्रत्येक दिन फरक फरक विशेष सांस्कृतीक प्रस्तुती हुनेछ । मनोरञ्जनको लागि कुनै पनि सामग्रीको कमी हुने छैन । 
प्रांगारिक उत्पादनमा केन्द्रीत छांै 

सुनिलकृष्ण श्रेष्ठ
संयोजक, तालिम तथा गोष्ठी उपसमिति
यो कृषि मेलाले विशेष सन्देश दिनुपर्दछ भन्ने मेरो धारणा हो । यसको लागि हामीले मेलामा के कस्तो कृषि तालिम कृषकलाई प्रदान गर्न सक्छौ भन्ने विषयमा अवधारणा बनाई रहेका छौ । खासगरी डेरी जन्य उत्पादनहरूको तालिम दिने । प्रांङ्गागरिक उत्पादन के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले बढि प्राथमिकता दिनेछौ । कृषकहरूलाई कसरी उत्पादन गर्दा कृषिजन्य बस्तु प्रांगारिक बनाउन सकिन्छ भन्ने विषयमा बढि केन्द्रीत छौ । यस्तै मेलामा आएका किसानले आफुले केही न केही सिकेर मात्र घर जाओस् भन्ने मान्यता हामीले लिएका छौ । यस्तै कृषिजन्य उत्पादनको विषयमा तालिम संगै विभिन्न राम्रा, उदाहरणीय र सफलताका कथाहरूको विषयमा गोष्ठि आयोजना गरेर किसानहरूलाई जानकारी दिने योजनामा छौ । 

मेला बुटवलबासीको गौरव
मुक्ति प्रसाद अधिकारी
संयोजक, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति
बुटवल उद्योग बाणिज्य संघ बुटवलले आयोजना गर्ने कृषि मेला बुटवलको गौरव हो भने बुटवल उवासंघको एउटा इतिहास हो । कृषिलाई प्रोत्साहान गर्न बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको यो मेला आफैमा महत्वपूर्ण हो यसलाई सबैले सहयोग पु¥याएर सहयोग गर्नुपर्दछ । मेरो जिम्मेबारीमा खानेपानी र सरफाई परेको छ  । म बुटवल खानेपानी संस्थान र औद्यौगीक क्षेत्र व्यवस्थापन लिमिटेड सँग पनि सहयोग याचना गरेका छौ । कृषि मेला हामी सबैको गौरव भएकाले यसलाई सफल बनाउनको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको छु । 

प्रसार प्रसारको काम तीब्र 
विमलराज भट्राई
संयोजक, प्रचारप्रसार व्यवस्थापन उपसमिति
बुटवल उद्योग बाणिज्य संघले जुन मेला आयोजना गरेको छ त्यो महत्वपूूर्ण मेला हो । विगतका बर्षहरूमा दशै सस्तो बजार, औद्योगीक प्रदर्शनी, कृषि मेला आयोजना गरेको यसको ईतिहास छ । यस पटकको कृषि मेलाको तयारी अहिले तिब्र गतीमा रहेको छ । विभिन्न सञ्चार माध्यमहरूबाट प्रचार प्रसारका कामहरू अगाडी बढाएका छौ । यसको अलवा बुटवल उद्योग बाणिज्य संघको सामाजिक सञ्जालहरू फेसबुकबाट समेत यसको प्रचार प्रसार अगाडी बढेको छ । हामी नाफा कमाउनको लागि भन्दा पनि किसानहरूको क्षमता अभिवृद्धि र आर्थिक उपार्जनको लागि टेवा पु¥याउने हाम्रो लक्ष्य हो । 

परिचय पत्र व्यवस्थापनको काम जारी
मनोज ध्वजु
संयोजक, परिचपत्र व्यवस्थापन उपसमिति
मेला पहिलाको जस्तै हो । खासगरी पहिलाको परिचय पत्र व्यवस्थापनको लागि काम अगाडी बढेको छ । पहिला जस्तै परिचय व्यवस्थापनको काम अगाडि बढेको हो । मेला आयोजक कमिटि, उपसमितिहरू सबै मेलामा सहभागी स्टलहरूको पनि परिचय पत्र व्यवस्थापन गरेका छौ । पत्रकार परिचयपत्रको आधारमा भित्र प्रवेशको व्यवस्था मिलाइएको छ भने बुटवल उवासंघका पदाधिकारीहरूलाई सदस्यता कार्डको आधारमा हामीले प्रवेशको व्यवस्था मिलाएका छौ । 

भिडियो डकुमेन्ट्रीहरू पनि देखाउँछौं 
कमला पोखरेल
संयोजक, कृषि सूचना केन्द्र व्यवस्थापन उप समिति
मेलामा छुट्टै कृषि सुचना केन्द्रको स्टल व्यवस्थापन गरेका छौ । त्यहाँ विभिन्न खालका कृषि सम्बन्धी ब्रोसर, पुस्तक, बुकलेटहरू राखिन्छ । भिडियो डकुमेन्ट्रीहरू देखाउने कार्यक्रम तय गरिएको छ । कृषि र कृषकका सफलताका कथा, कृषि जन्य उत्पादन सम्बन्धी विभिन्न भिडियो डकुमेन्ट्री देखाउने छौं यसको तयारी अहिले भैरहेको छ । 

सबै काम पुरा भएको छ
जाकिर हुसेन
विद्युत व्यवस्थापन तथा साउण्ड सिस्टम व्यवस्थापन समिति
मेलाको लागि चाहिने आवश्यक विद्युतको व्यवस्था पहिला नै भएको छ । यस्को साथै हामीले कार्यक्रमको लागि साउन्ड सिस्टमको व्यवस्थापन गरेका छौ । साउण्ड सिस्टमको लागि राजेन्द्र साउण्ड सिस्टमलाई जिम्मा दिएका छौ । विद्युतको काम सुरु भैसक्यो केही दिनमा साउण्ड सिस्टम जोड्ने योजनामा छौ । विद्युत र साउण्ड सिस्टमको लागि डिजल लगायत करिव डेढ देखि २ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

मेलामा सुरक्षा व्यवस्था चुस्त हुन्छ
बाबुराम वि.क
संयोजक, सुरक्षा व्यवस्थापन उप–समिति
मेलामा सुरक्षाको लागि कुनै पनि कमी हुन दिने छैनौ । हामी आन्तरिक रूपमा सेकुरेटी गाडीहरूको पनि व्यवस्थापन गरेका छौ भने दिन र रातमा पनि सुरक्षा गार्डको व्यवस्थापन गरेका छौ । सुरक्षाको लागि मेला स्थलमा सिसीटीभी क्यामेरा जडान गर्ने छौ । यसको अलवा हामीले ईलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यलय, पश्चिम क्षेत्रीय तालिम केन्द्रबाट र आर्मिबाट पनि सुरक्षाको लागि हामीले सहयोग मागेका छौ । उहाँहरू सबै सल्लाहकार समितिमा पनि हुनुहुन्छ । मेलामा सुरक्षा व्यवस्था चुस्त हुन्छ । 

संघ संस्थाको सहयोग राम्रो छ 
नविन श्रेष्ठ
संयोजक, सौजन्य व्यवस्थापन उपसमिति
मेलाको लागि विभिन्न व्यानर तथा गेट लगायतको प्रायोजक, सह प्रायोजकहरू खोज्ने काम पुरा भएको छ । करिब ६० वटा विभिन्न विधामा प्रायोजक, सौजन्य विधा रहेकोमा ३० वटा जती फाईनल भएको छ । विभिन्न संघ संस्था, बैंक तथा वित्त संस्थाबाट समेत सहयोग राम्र्रो पाएका छांै । अहिले सम्मको प्रगती विवरण राम्रो छ । 

गत बर्षकै दरमा टिकट व्यवस्थापन भएको छ
नरिश्वर पौडेल
संयोजक, टिकट व्यवस्थापन उपसमिति
मेलाको लागि गत बर्षकै दरमा टिकट व्यवस्थापन भएको छ । गत बर्ष जस्तै यस बर्षपनि सर्वसाधारणहरूको लागि २० रूपैयाँ र विद्यार्थीको लागि परिचय पत्रको आधारमा १० रूपैयाँ टिकटको व्यवस्था गरेका छांै । करिव ५० हजारले मेला अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो । सोही अनुसार नै टिकट व्यवस्थापनको काम अगाडी बढेको छ । टिकट छाप्ने काम अन्तिम चरणमा पुगेको छ । 

उच्च क्वालिटीको सामग्री 
दिनेश श्रेष्ठ
संयोजक, श्रव्य दृष्य प्रसारण तथा फोटो व्यवस्थापन उपसमिति
तयारी भव्य रूपमा अगाडी बढेको छ । यसको लागि कोटेसन आह्वान गरिएको थियो । जसमा अहिले सम्म ३ वटा जती कोटेशन परेको छ । कोटेशनको फाईनल हुने क्रममा छ । यो पटकको मेला उच्च गुणस्तरमा श्रव्य दृश्यको सामग्री प्रकाशन र प्रशारणमा जोड दिएका छौ । अहिले सम्मको तयारी राम्रो छ । यो मेला हाम्रो मेला हो त्यै भएर हाम्रो बुटवल राम्रो बुटवलको रूपमा अगाडी बढाएका छौ । 

बैकल्पीक ऊर्जामय बनाउँछौ 
कसिस श्रेष्ठ
संयोजक, बैकल्पीक उर्जा व्यवस्थापन उपसमिति
मेलालाई बैकल्पीक उर्जामय बनाउनको लागि हामी लागिपरेका छांै । जसको लागि जिल्ला विकास समितिमा यसको बैठक समेत आयोजना हुँदैछ । हामीले यस पटक बैकल्पीक उर्जामा सोलार ईनर्जीको कुरा अगाडी बढाएका छांै । जसको स्टल आउने कुरा फिक्स भएको छ । अन्य बैकल्पीक उर्जाको लागि पनि काठमाडौमा पहल भएको छ । हामीले दाङ्गमा उत्पादन भएको सल्लाको खोटोबाट पेट्रोल उत्पादन गर्ने प्रविधि प्रदर्शनमा राख्ने योजनामा छौ । यस्तै हामीले प्लाष्टिकबाट डिजल उत्पादन गर्ने प्रविधि समेत यहाँ प्रदर्शनमा राख्ने कोसीस गरेका छौ । जनचेतानको लागि सस्तो व्याजदरमा बैकको समेत व्यवस्थापन हुनेछ । 

स्वागतद्वार कृषि विशेष हुनेछ 
भेषराज गैरे
संयोजक, मञ्च व्यवस्थापन तथा स्वागतद्वारा उपसमिति
मेलाको तयारी भव्य रूपमा अगाडी बढिरहेको छ । मञ्च तथा स्वागद्वारा विशेष बनाउने योजनामा छौ । माघ १९ गते सम्ममा सबै काम पुरा गर्ने योजमा छौं । हामी मञ्चलाई कृषिको झल्को दिने खालको बनाउने योजनामा छौ । यसको साथै प्याराग्लाडिङ्गको पनि व्यवस्थापन गर्ने योजनामा छौं हेरौ के हुन्छ । 

ब्याच निर्माणको काम सम्पन्न 
मिना प्रधान
संयोजक, व्याच प्रमाणपत्र, उपहार व्यवस्थापन समिति
अहिलेसम्म मेरो संयोजकत्वमा रहेको समितिको तयारी पुरा भएको छ । व्याच बनाउने काम सबै सक्कीएको छ भने प्रमाणपत्र के कती मात्रामा गर्ने भन्ने अझै निस्र्कौल नभएकोले त्यसको काम केही बाँकी छ । तर अन्य काम पुरा भएको छ । 

मेला उद्घाटन कृषिमय
लोकनाथ पाण्डे
संयोजक, सचिवालय व्य., समुद्घाटन तथा सामान व्यवस्थापन समिति 
मेलाको तयारी भव्य छ । यसको साथै मेलाको सचिवालय स्थापना गरी मेला परिसर बुटवल मण्डपबाट नै काम कारबाही अगाडी बढेको छ

। त्यहाँबाट नै अहिले सबै काम पुरा भएको छ । यसको साथै मेला उद्घाटन र समापन कार्यक्रममा हामीले विशेष कृषिमय बनाउने योजनामा रहेका छौं ।

पार्किङ्गको समस्या हुनेछैन
रितेश सिलवाल
संयोजक, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार र पार्किङ्ग 
पार्किङ्गको लागि अहिले सम्म खासै ठोस काम भएको छैन । अहिले काठमाडौमा भएको कारण मैले ठोस काम अगाडी बढाउन सकेको छैन । बुटवलमा आएपछि सानो टेण्डर आह्वान गरेर पार्किङ्गको काम अगाडी बढाउने योजना छौं । प्राथमिक उपचारको लागि बुटवल हस्पिटल प्रालिसँग कुरा भएको छ । त्यहिँबाट नै काम हुने छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती