अर्गानिकले तान्यो उपभोक्ताको मन


कृष्ण खनाल
बुटवल, १९ पुस । 
शनिवार रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा भएको मेला भर्नका लागि पाल्पाको गोठादी गाविसबाट आएकी शकुन्तला झेडा मगरले गुल्मीबाट मेलामा विक्रिका लागि ज्ञवाली कृषी फर्मले ल्याएको जुम्लाको दाल किनिन् ।
 सोही स्टलबाट सिल्टीङ्गु र फाप/को पिठो पनि उनको रोजाईमा प¥यो । रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा ज्ञवाली कृषि फर्म स्थापना गरेका सञ्चालक ढाल बहादुर ज्ञवालीले पनि अर्गानिक बस्तुमा उपभोक्ताहरुको चासो बढ्दै गएको कारण व्यापार पनि राम्रो भएको बताउछन्  ।‘अन्य दिन भन्दा विदाको दिन मेलामा राम्रो कारवार हुने गरेको छ ।’–सञ्चालक ज्ञवालीले भने । 

अन्य दिनको तुलनामा सार्वजनिक विदाको दिनमा दैनिक ४० देखि ४५ हजार सम्मको अर्गानिक बस्तु विक्रि हुने गरेको उनको भनाई रहेको छ । केही महिना पहिला  पशुपालन व्यवसाय गाई फर्मबाट व्यवसायीक रुपमा कृषि फर्म सञ्चालन गरेका ज्ञवाली कृषि फर्ममा ३ जना सञ्चालन रहेका छन् । विकास ज्ञवाली, नारायण विष्ट र ढाल बहादुर ज्ञवालीले सञ्चालनमा ल्याएका छन् । जुम्लाबाट ल्याएको दाल, जुम्लाकै फापर, कोदो, सिल्टुङ्गु,समेत विक्रि गर्दै गरेको उनले जानकारी दिए । 


उनी मात्र होई कृषि पेभिलियनमा रहेको अर्को रेसुङ्गा विउ एबम् मसला उद्योगका सञ्चालक विष्णु न्यौपानले पनि गुल्मीका विभिन्न स्थानबाट ल्याएको अर्गानिक बस्तुमा उपभोक्ताहरुको चासो बढ्दै गएको बताउछन् । केही समय पहिला तरकारी तथा फलफुलमा अखाद्य बस्तु र विष मिसाबट हुने गरेको प्रमाणीत भएपछि  उपभोक्ताहरु आर्गानिक बस्तु तर्फ आर्कषीत भएको उनको भनाई रहेको छ । 

मेलामा पहिलो पटा च्याउको मःम, च्याउको पकैडा, च्याउको अचार विक्रि गर्दै आएको स्पीन्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्माले च्याउको परिकारमा उपभोक्ताहरुको चासो बढि रहेको बताउछन् । उनी भन्छन्–‘मेलामा पहिलो पटक च्याउको परिकार राखिएको कारण उपभोक्ताहरुले चासो दिएर उपभोग गर्नुभएको छ ।’ अहिले सम्म उपभोक्ताहरुबाट फरकपनको स्वाद पाएको जानकारी दिदै स्पीन्जर च्याउ फर्मका सञ्चालक राजन शर्माले पनि उपभोक्ताहरुले राम्रो प्रतिक्रि दिएको जानकारी गराए । उनले भने –‘पूर्णरुपमा आर्गानिक रुपमा च्याउको परिकार बनाएर विक्रि गरिएको कारण उपभोक्ताहरुले अभिरुचीपूर्वक उपभोग गर्नुभएको छ ।’ 

रुपन्देहीको गजेडी–२  बेलभरियामा व्यसायीक रुपमा च्याउ फर्म स्थापना गरी अगाडी बढाएका शर्मा परिवारले अहिले मेलामा भएको व्यापारको कारण थप उत्साहित भएको बताउछन् ।  अगामी दिनमा अझ परिस्कृत रुपमा अगाडी बढ्ने योजना रहेको च्याउ फर्मका सञ्चालक बताउछन् । 

रुपन्देही व्यापार संघ, मेला आयोजक कृषि पेभिलियन  समितिका संयोजक फसुराम पन्तले कृषिजन्य परिकारमा उपभोक्ताहरुको विशेष चासो रहेको बताउँछन् । उनी भन्छन्–‘मेलामा कृषिजन्य परिकारहरु च्याउको मःम, केराको मःमः, च्याउको पकौटा, अचार लगायतका बस्तुहरुमा विशेष चासो रहेको छ ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती