व्यवसायीक केरा खेतीमा नयाँ रोग

कृष्ण खनाल 
बुटवल, ६ माघ । 
रुपन्देहीको दयानगर गाविसका किसान बसन्त भुषालले गरेको व्यसायीक केरा खेतीमा नयाँ रोग लागेको छ । रुपन्देहीमा पहिलो पटक पहिचान नभएको रोग भेटिएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार  किसान बसन्त भुषालले  साढे सात विघा क्षेत्रफलमा  व्यवसायीक रुपमा गरेको केरा खेतीमा  पहिचान हुन नसकेको रोग देखा पारेको जानकारी दिए । ‘ग्रान्ड नैनी’ जातको केरामा यस्तो समस्या देखिएको हो । 
कार्यालय प्रमुख बरियठ कृषि विकास अधिकृत सापकोटा भन्छन्–‘केही दिन पहिला  केराको नयाँ पालुवा पलाउै कालो हुने र  मर्ने गरेको समस्या देखिएको हो  ।’ उनले यस्तो समस्या पहिलो पटक रुपन्देहीमा देखिएको बताएका छन् ।
 किसानले यस्तो समस्या देखिएको जानकारी कृषि विकास कार्यालयमा गराएपछि जिल्ला कृषि विकास कार्यालयको टोली दयानगर पुगेर समस्याको बारेमा जानकारी लिएको थियो । के कारणले कुन रोग लागेको हो भन्ने विषयमा अनुसन्धानको  लागि नमुना परिक्षण(स्पाम्पल टेस्टीङ्ग) गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालयमा रहेको ल्यावमा टेस्ट गरेपछि पुन परिक्षणको लागि क्षेत्रीय कृषि विज्ञान प्रयोगशालामा पठाइएको छ ।  


यसको अलवा राष्ट्रिय गहुँवाली अनुसन्धान केन्द्र भैरहवामा समेत परिक्षणको लागि  पठाइएको छ । परिक्षणको रिपोर्ट अहिले नआएको र परिक्षणको रिपोर्ट आएपछि   के कती कारणले
कस्तो प्रकृतीको रोग लागेको हो भन्ने विषयमा जानकारी हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सापकोटाले जानकारी दिए ।
रुपन्देहीमा केरा खेतीको लागि उच्च उत्पादन लागत, हावाहुरीको जोखिम व्यवस्थापन गर्न नसक्दा कम आकर्षण,  गुणस्तरीय बेर्नाको उपलब्धतामा कमी, उत्पादनको विविधकरण हुन नसक्न जस्ता समस्या तथा चुनौतीहरु रहेका छन् । 
 रुपन्देहीमा व्यवसायिक केरा उत्पादन प्रबद्र्धनका लागि प्राथमिकता प्राप्त कार्यक्रम निजी क्षेत्रको साझेदारीमा टिस्यू कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्ने पूर्वाधार विकास गरी बेर्ना उत्पादनमा आत्म निर्भर बनाउने, झापाली मालभोग केरालाई प्रबद्र्धन गर्ने लगायतका कार्यक्रमहरु अगाडी सारिएको छ । 
जिल्ला कृषि विकास कार्यालय अनुसार हावाहुरीको जोखिम व्यवस्थापन गर्न उत्पादनमा आधारित क्षतिपूर्ति सहितको बाली बीमाको व्यवस्था एवम् प्राविधिक व्यवस्थापन, मूल्य,उत्पादक तथा व्यवसायिकहरुको साझेदारीमा केराको परिकारहरुमा विविधिकरण एवम् बजारीकरण, व्यवसायिहरुको साझेदारीमा केराको रेशा उत्पादन गर्ने प्रशोधन मेशिन एवम् उद्योगको स्थापना (७५ प्रतिशत अनुदानमा) लगायतका कार्यक्रम समेत अगाडी सारेको छ ।  रुपन्देहीमा २ सय हेक्टरमा केरा खेती तथा फलफुल खेती गरिदै आएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती