बजेट बीनाका योजना बाड्दै उपमहानगरपालिका

कृष्ण खनाल
बुटवल, १९ पुस । 
बुटवल उपमहानर पालिकाले प्रत्येक बर्ष बार्षिक कार्ययोजना गोष्ठिमा नगरभित्र सोही आर्थिक बर्षमा पुरा गर्ने योजनाहरुमा निश्चित बजेट विनियोजन गर्दछ । नगरको आन्तरिक स्रोतबाट सम्पन्न गर्न नसकिने विभिन्न योजनाहरुलाई केन्दीय योजनाबाट बजेट माग गर्दछ । तर कयौ योजनाको बजेट बषौ सम्म पन प्राप्त हुन सकेको छैन । 
जसको कारण योनजनाको काम अगाडी बढ्न सकेको छैन । बुटवल  उपमहानर पालिकाको आर्थिक बर्ष २०७०÷०७१ को  बार्षिक कायैयोजना तर्जुमा गोष्ठीको निर्णय नम्बर ५० मा  ५३ वटा आयोजनाहरु बुटवल उपमहानर पालिकाले  जिल्ला परिषद् मार्फत राष्ट्रिय योजनामा सहभागीता गराउने निर्णय गरियो भनेर उल्लेख गरिएको छ । 
जसमा उल्लेख भएका अधिकांस योजना अहिले सम्म पुरा हुनाको त कुरै छाड्यौ सुरु समेत हुन सकेका छैनन ।  उक्त आर्थिक बर्षको बजेट पुस्तिीकामा उल्लेख भएअनुसारका केही आयोजनाहरु पुल निर्माण, नाली निर्माण, ओभरहेड  खानेपानी टंकी निर्माण लगायत सडक विस्तार स्टेडियम निर्माण, लगायतका योजनाहरु रहेका छन् । तर यि योजनामा नत केन्द्रबाट नत स्थानिय निकायबाट बजेट विनियोजन भएको पाइएको छ । उक्त आर्थिक बर्षको बजेट पुस्तीकामा चार लेन सडक निर्माण–राजमार्ग चौरहा देखि धागो  कारखाना सम्म, यो बुदाँको निर्णय नम्बर ५१ को ‘क’ मा उल्लेख  गरिएको छ, त्यस्तै सोही निर्णयको ङ मा मणिमुकुन्द सेन उद्यान गुरुयोजना तथा भौतिक पुर्वाधार निर्माण , एन्फा र सिद्धेश्वर स्टेडीयम  तटबन्द निर्माण,  लगायत  शान्ती पथको दायाँ बायाँ नाली निमार्ण, कलिका, गढी किल्लाको उत्खन विकास र संरक्षण कार्य, थोक बजार केन्द्र पश्चिम झोलुङ्गे पुल निर्माण, विपी बाटीका पुर्वाधार विकास, तिनाउ पुल देखि तामनगर सम्म चार लेन सडक विस्तार, लक्ष्मीनगर–हिलपार्क, दिपनगर रिङ्गरोड निर्माण,  बेलबास, नुवाकोट झुम्सा, सान्ती मार्ग सडक निर्माण, प्यालिभित्ता खेल मैदान प्याफिट निर्माण, मैनावगर–मजुवा जोड्ने पुल निर्माणलागयतका २ दर्जन बढि आयोजना केन्द्रमा पेश भएका थिए । तर ति योजनाको लागि सो आर्थिक बर्षमा कुनै पनि बजेट विनियोजन केन्द्रबाट भएन । 

आर्थिक बर्ष २०७१÷०७२ को निर्णय नम्बर ६० मा पनि सोही योजनाहरु पुनः केन्द्रमा  निर्माणको लागि बजेट माग गरिएको छ ।  निर्णय नम्बर ६० को १ मा फोर लेन सडक राजमार्ग चोरहा देखि बुटवल धागो कारखाना सम्म निर्माणको लागि केन्द्रसंग बजेट माग गर्ने, लगायतका ५६ वटा कार्ययोजनाहरु पेश गरिएका छन् । मणिमुकुन्द सेन उद्यान गुरुयोजना तथा भौतिक पूर्वाधार निर्माण, फिफा टेक्निकल इन्सिच्युट स्टेडियमको स्तरबृद्धि,सिद्देश्वर खेल मैदान सुधार र तटवन्ध निर्माण, हिल हारवेष्टिङ्ग पोण्ड हिलपार्क, हिलपार्क लक्ष्मीनगर सडक निर्माण पूर्वाधार लगायतका मागहरु उक्त आर्थिक बर्षमा केन्द्रमा दोहोरिएका छन्  तर ति योजनाको लागि अहिले सम्म पनि कुनै पनि बजेट विनियोजना भएको छैन । 
सोही आर्थिक बर्षमा तटवन्ध तथा स्ल्याव निर्माण शिवनगर पूर्वसुखौरा खोला,आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक चोक, मिलन चोक र राजमार्ग चौराहामा, ऐतिहासिक, पुरातात्विक एवं सामरिक महत्वको जितगढी किल्लाको उत्खनन विकास एवं संरक्षण कार्य, बुटवल मा.वि.को पूर्वाधार विकास निर्माण  लागायतका योजनाहरुको लागि केन्द्रसंग बजेट माग गर्ने भनेर निर्णय गरिएपनि अहिले सम्म य सको लागि बजेट पाउन सकेको छैन । 
यस्तै अघिल्लो आर्थिक बर्षमा नै उल्लेख गरिएका योजनाहरु पुरानो न.पा. कार्यालय भवन पुन निर्माण कार्य, फलफुल थोक बजार पश्चिम तिनाउ नदीमा झोलुङ्गेपुल निर्माण वडा नं. ७÷८ र १३,विपी बाटिका पूर्वाधार विकास ,  तिनाउ पुल देखि न.पा. सिमाना राजपुर सम्म ४ लेन सडक विस्तार,ज्योतिनगर – लक्ष्मीनगर – हिलपार्क – दिपनगर – शिवनगर रिङ्गरोड निर्माण,  राजमार्ग चौराहादेखि बेलबाससम्म वाइपास सडक र पुल निर्माण  लगायतका योजनाहरु पनि प नि एक रुपैयाँ पनि बजेट विनियोजना भएको छैन । 
बेलबास, नुवाकोट, झुम्सा शान्ति मार्ग निर्माण,सिद्धार्थ राजमार्ग बुटवल–तानसेन सडक खण्डको बुटवल–दोभान खण्डमा सुरुङ्गमार्गको संम्भाव्यता अध्ययनको लागि पनि सुको बजेट विनियोजन भएको छैन । 

बुटवल उपमहानर पालिकाको आर्थिक बर्ष ०७२÷०७३ अर्थात चालु आर्थिक बर्षमा पनि नगरपरिषद्बाट ८१ वटा योजनाहरु केन्द्रको लागि निर्माण गर्न बजेट माग गर्ने भनेर निर्णय गरिएको छ । निर्णर्यय नं.ं ६४मा उल्लेख गरिएको छ–‘ निम्नानुसारका योजना तथा कार्यक्रमहरु उ.म.न.पा.को श्रोतबाट कार्यान्वयन गर्ने गरी समावेश गर्न नसकिएको हुदा जिल्ला विकास कार्यक्रममा समावेश गर्नका लागि जिल्ला विकास समिति रुपन्देहीमा माग गर्ने निर्णय गरियो ।’
त्यस्तै सोही निर्णयमा नै नेपाल सरकारका विभिन्न मन्त्रालयहरुमा अनुरोध गरिएको उल्लेख गरिएको छ । 

butwal nagar 
उक्त योजानहरुमा विगत ३ बर्ष  देखि बुटवल उपमहानर पालिकाको बजेट पूस्तीकामा परेका तर केन्द्रबाट बजेट विनियोजन नभएका योजनाहरु रहेका छन् । फिफा टेक्निकल इन्सिच्युट स्टेडियमको स्तरबृद्धिका लागि युवा तथा खेलकुद मन्त्राल,सिद्देश्वर खेल मैदान सुधार र तटवन्ध का लागि निर्माण शहरी विकास मन्त्रालय, हिलपार्क लक्ष्मीनगर सडक निर्माण पूर्वाधारका लागि शहरी विकास मन्त्रालय संग बजेट माग गरिएको छ । 
आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक, चोक, मिलन चोक र राजमार्ग चौराहामा भौतिक योजना तथा निर्माण मन्त्रालसंगमाग गरिउको छ , राजमार्ग चौराहादेखि बेलबाससम्म वाइपास सडक र पुल निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय संगm बेलबास, नुवाकोट, झुम्सा शान्ति मार्ग निर्माण,सिद्धार्थ राजमार्ग बुटवल–तानसेन सडक खण्डको बुटवल–दोभान खण्डमा सुरुङ्गमार्गको संम्भाव्यता अध्ययनका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय संग बजेट माग गरिएको छ । 


यस्ता आयोजनाहरु बर्षौ देखि दोहोरिहेपनि केन्द्रबाट खल्तीबाट योजनाहरु आउने गरेको कारण स्थानिय निकायले उठाएका योजनाहरु नपर्ने गरेको पाईन्छ ।  बुटवल उपमहानर पालिकाका  प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले स्थानिय निकाय गाविस, नगरपालिका र जिविसबाट केन्द्रमा माग गरिएका  योजनाहरु  बार्षिक बजेट विनियोजन हुँदा केन्द्रबाट नपर्ने परिपाटीको कारण बजेट विनियोजन नहुने गरेको बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती