बुटवल क्यापसको लापरवाही निर्णय नगर्दा अपाङ्गता विद्यार्थी भर्ना हुनबाट बञ्चित

 कृष्ण खनाल
बुटवल, १५ माघ ।
 बुटवल बहुमुखी क्याम्पसबाट स्नातकतह उत्र्तीण गरेका टिकाराम पौडेल न्युन दृष्टिविहिन अपाङ्गता भएका  विद्यार्थीहुन । सोही क्याम्पसबाट स्नातकतह उत्तीर्ण गरेका मुकुन्द चालिसे पुर्ण दृष्टिविहिन विद्यार्थी हुन । उनी जस्तै सिता पोखरेल, युवराज पौडेल, मिलन थापा, श्रीधर भुषाल पनि केही दृष्टिविहिन त कोही शाररिक रुपमा अपाङ्गता भएका विद्यार्थी हुन । उनीहरुले स्नातक तह उत्र्तीण गरे पनि उनीहरुलाई बुटवल बहुमुखि क्याम्पसले स्नाकोत्तर तह (मास्टरलेवल) मा भर्ना  लिन नामान्दा अध्यायपन गर्न बाट बञ्चित भएका छन् । 
केही समय पहिला अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको दिन बुटवल बहुमुखि क्याम्पस परिषरमा आयोजना गरेको कार्यक्रममा अतिथि बनेका क्याम्पस प्रमुख प्रकाशबन्दु रेग्मीले जुन सुकै तहसम्म अपाङ्गता भएका व्याक्तिहरुलाई निःशुल्क अध्यापन गराउने भन्दै भाषणा ठोके ।  कतीपय अपाङ्गता भएका विद्यार्थीहरुले समेत तालि बजाए र खुसी साटे । तर अपाङ्गता भएका व्याक्तिहरुलाई सबै तह सम्म निःशुल्क अध्यायापन गराउने भन्दै  भाषणा ठोक्ने क्याम्पस प्रमुख रेग्मीले निर्णयपुस्तिका पल्टाउन भ्याएका रैनछन् । जसको कारण अहिले क्याम्पसमा भर्ना हुन भने गरेका करिव १५ जना भन्दा बढि अपाङ्गता भएका व्याक्तिहरु भर्ना बाट बञ्चित भएका छन् ।
 उनीहरुलाई क्याम्पसले भर्ना गर्छु भन्दै आलटाल गर्दा ‘पहिलो सत्रको भर्नाकार्यक्रम समेत सकिएको पिडीत विद्यार्थी तथा नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल बताउँछन् । उनी भन्छन्–‘राष्ट्रिय अपाङ्ग महासंबाट समेत सरकारले निःशुल्क रुपमा अध्ययापन गराउनु भन्दै दिएको निर्देशनको फोटोकपी सहितको  निवेदन लिएर गयौं तर अहिले सम्म हामीहरुलाई क्याम्पसले भर्ना लिन मानेन् । ’

अपाङ्गता भएका व्याक्तिहरुलाई सबै तह सम्म निःशुल्क रुपमा अध्ययापन गराउनुपर्ने प्रावधान नेपालको कानुनमा व्यवस्था गरिएको छ । तर बुटवल बहुमुखि क्याम्पसले स्नाकोत्तर तह सबै  नीजी स्रोतबाट क्याम्पसले सञ्चाल गरेको भन्दै पुर्ण छात्रवृत्तिमा आपाङ्गता भएका व्याक्तिरुलाई भर्ना लिन मानेको छैन । 
बुटवल बहुमुखी क्याम्पले अपाङ्गता भएका व्याक्तिहरुको हकमा एउटा गजबको निर्णय समेत गरेको रहेछ । जुन निर्णय नसच्चीएको कारण अपाङ्गता भएका व्याक्तिहरुलाई पुर्ण छात्रावृत्तीमा भर्ना गर्न नसकिएको बुटवल बहुमुखी क्याम्पस स्नाकोत्तर तह गणीत विभागका संयोजक तथा छात्रावृत्ति व्यवस्थापन समितिका संयोजक लिल बहादुर केसी बताउछन्् । 
पहिला नै क्याम्पस समितिले गरेको निर्णय अनुसार अपाङ्गता भएका  व्याक्तिहरुलाई उनीहरुको अपाङ्गताको बर्गीकरण अनुसार छात्रावृत्ति प्रतिसतमा उपलब्ध गराउने भनेर उल्लेख गरिएको छ । पुर्ण अपाङ्गता भएका व्याक्ति जसको ‘क’ बर्गको परिचय पत्र छ उनीहरुलाई पुर्ण निःशुल्क, ‘ख’ बर्गकोलाई ७५ प्रतिशत, ‘ग’ बर्गकोलाई ५० प्रतिशत र ‘घ’ बर्गकोलाई २५ प्रतिशत छुट प्रदान गर्ने  गरी निर्णय गरिएको छ ।  नेपाल सरकारको परिभाषा अनुसार ‘क’ बर्ग अर्थात पुर्ण अशक्तता भएका व्याक्तिहरुले व्यवहारतहः क्याम्पसमा गएर अध्ययन गर्न सक्दैनन् । 
बुटवल क्याम्पसको ईतिहासमा अहिले सम्म पनि यस्तो अपाङ्गता भएका व्याक्तिहरुले अध्ययन गरेको रेकर्ड छैन । तर क्याम्पसले भने ‘क’ बर्गकोलाई पुर्ण  छात्रवृत्ती प्रदान गर्ने भन्दै निर्णय पुस्तिकामा उल्लेख गरेको छ ।  नेपाल सरकारको परिभाषा अनुसार पुर्ण अशक्तता भएका व्याक्तिहरु ‘क’ बर्गको परिचय पत्र पाउनेहरु जसलाई अन्य व्याक्तिहरुको साहरा अनिवार्य चाहिन्छ । उठाउने, सुताउने  देखि लिएर खुवाउने र दिसा पिसाब समेत अन्य व्याक्तिले गराउनु पर्ने व्याक्तिलाई ‘क’ बर्गको अपाङ्गताको श्रेणीमा राखिएको छ । 
बुटवल बहुमुखी क्याम्पसका छात्रवृत्ति संयोजक लिलबहादर के.सी.ले क बर्गको व्याक्तिहरु क्याम्पस आउन नसक्नै र ‘ख’ बर्गको व्याक्तिहरुलाई ‘क’ बर्गको जस्तै निःशुल्क  छात्रवृत्ती प्रदान गर्नुपर्ने भन्दा अपाङ्गता भएका व्यवाक्तिहरुले आफुसमक्ष माग राखेको बताउछन् । 
उनी भन्छन्–‘उहाँहरु  क्याक्पसमा पनि आईरहनुभएकोछ, फोन गरेर पनि पटक पटक कुरा के भयो भन्दै सोधीरहनुभएको छ, तर निर्णय परिर्वतन नभए सम्म मैले कहि गर्न नसक्ने भए ।’ क्याम्पस समितिको बैठक बसेर अपाङ्गता भएका व्याक्तिहरुको माग अनुसारको संसोधन भएमा मात्र क्याम्पसले भर्ना लिन सक्ने संयोजक केसीको भनाई रहेको छ । केही समय पहिला देखि नै यस्तो प्रकारको माग आएको तर विविध समस्याको कारण निर्णय हुन ढिलाई भएको उनको भनाई रहेको छ  । उनले अहिले क्याम्पस प्रमुख काठमाण्डौमा भएको र काठमाण्डौबाट आएपछि मात्र यस विषयमा कुरा हुने जानकारी दिए । उता, काठमाण्डौमा रहेका क्याम्पस प्रमुख रेग्मीको फोन अफ गरिएको छ । 
नेपालको संविधान २०७२ को शिक्षा सम्बन्धी हकको धारा ३१ को उपधारा ३ मा ‘अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकहरुलाई कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ’भनेर  व्यवस्था गरेको छ । तर यो हकको समेत बुटवल क्याम्पसले उलघंन गरेको पिडीत विद्यार्थीहरुको माग रहेको छ । 
ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती