‘कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन ’


प्रकाश खनाल
अध्यक्ष, सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि समुह
वि.स.२०३० सालमा तनहु जिल्लाको दुलेगौडा गाविस.–२ कोर्तेमा जन्मीएका प्रकाश खनाल व्यवसायीक संघर्ष गर्दै वि.स.२०४२ सालमा बुटवल झरेका हुन । बुटवलमा  फेन्सी कपडाको व्यवसाय सुरु गरेका उनी वि.स.२०७० सालमा केही उर्जावानउद्यमीहरु मिलेर सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि समुह सिक्टहन गाविस–२ मा स्थापना गरेका छन् । सिक्टहन माविको २४ विघा जग्गा भाडामा लिएर १६ विघा क्षेत्रफलमा व्यवसायी तरकारी खेती, माछा पालन, पंक्षि पालनसुरु गरेका छन् । व्यवसायीक योजनाको विषयमा रहेर उनी अध्यक्ष प्रकाश खनालसंग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानीको अंशः
संस्था स्थापना कहिले र कसरी भयो? 
–हामी बुटवलका केही उर्जावान उद्यमीहरु मिलेर वि.स.२०७० फागुन २२ गते स्थापना गरेका हुन । अहिले हामी १९ जना सञ्चालनहरु छन् । पहिला देखि कृषि कर्म गरेका केही व्यवसायी र अन्य विशुद्ध व्यवसायी गरेका हामीहरु मिलेर संस्था स्थापना गरेका हौ । 

व्यवासयबाट कसरी कृषि क्षेत्रमा प्रवेश गर्नुभयो ? 
–हामी खासगरी विभिन्न अध्यायन अवलोकन भम्रणमा जाँदा खेरी सहकारीहरुको धारणा र लागानी अवधारण देखपछि एउटा सहकारी स्थापना गर्नुपर्दछ । सामुहिक रुपमा कृषि क्षेत्रमा हात हाल्नु पर्दछ भन्ने मान्यताका साथ हामीले संस्था स्थापना गरेका हुन । खासगरी अध्यायन भ्रमणको क्रममा पुवी नेपालको ईलामा जिल्लामा जाँदा चन्द्रसुर्य, शक्ति सहकारी लगायतका सहकारीहरुले राम्रो काम गरेको  जान्न पायौं । त्यसपछि हामीले यहाँ सुरु गरेका हुन । 

तपाईको  कृषिप्रतिको लगाव सानै देखि थियो की अहिले हो ?
–म नवलपरासी जिल्लाको पञ्चनगरमा राधा निमाविमा पढ्दा त्यहाका शिक्षकहरुले कृषि शिक्षा अध्यायापन गराउदा म जहिले पनि प्रथम हुने गर्दथे । कृषि विषयमा जहिले पनि प्रथम हुन्थे । म सानै देखि कुखुरा पाल्ने,  बाख्रा पाल्ने, लगायतका काम गर्दथे ।  सानै देखिको रुचीले गर्दा यहाँ सम्म आए । 

कस्को प्ररेणाबाट कृषि क्षेत्रमा प्रवेश भयो ? 
– खासगरी मलार्य जन्म दिन बुबा आमाको प्रेरेणनै पहिलो स्रोत हो । यसको अलवा मलाई कृषि क्षेत्रमा लाग्न प्रेरेणा दिने  नवराज फुल्लेल, लिलाराम पाण्डे, रमेश भण्डारी, धर्मराज पौडेल लगातका साथीहरुको अहम भुमिका र¥यो । 


अवको  योजना के हो ? 

–हामी अहिले सम्म कृषि क्षेत्र खासगरी अर्गानिक तरकारी, पंक्षि र माछामा सुरु गरेका छौं । अवको योजना हामी पशुपालन क्षेत्रमा गाई, भैसी र बंगुर पाल्ने योजनामा छौं । 

कृषकलाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन सकेको छैन किन होला ? 
–अझै नेपालमा कृषि गर्ने मान्छेहरु‘गँवारहुन्छन्’ भन्ने मान्यता छ । जुन मान्यता गलत हो । कृषिलाई हेय दृष्टिले हेरिरहदा किसानले पनि अलिकती साथ नदिएको अवस्था र राज्यले पनि किसानको मागलाई पनि सम्बोधन नगरिरहेको अवस्थाको कारणले पनि अलिकती किसानहरुलाई हेर्नेृ दृष्टिकोणमा परिर्वतन आएको होईन होला । तर पछिल्लो समयमा विभिन्न राजनीतिक दल र सरकारी निकायबाट पनि सम्बोधन हुन थालेका छौ । हेरौ आगामी दिनमा केही परिर्वतन आउला नी । 

कृषिको व्यवसायीकरणको लागि के गर्नुपर्छ यहाँको सल्लाह के छ ? 
–कृषि क्षेत्रलाई अधितम प्रयोगमा ल्याउनको लागि खेती योग्य जमिनको पहिचान गर्ने, त्यसलाई प्लटिङ्ग गरी घर जग्गा बनाउन नपाउने गरि नियम बनाउने र उर्वर भुमिको रुपमा राज्यले अत्यान्त महोत्वका साथ गहिराईमा गएर  कृषि क्षेत्रको महत्वु बुझ्नु आवश्यक छ ।  आम किसानहरुको सरकार प्रति अपेक्षा के छ भन्दा खेरी राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याई कुन सहि किसान हो, कुन गलत किसान हो भन्ने विषयमा  ख्याल गरोस् र किसानले  गरेको लागानी सुरक्षित गर्नको लागि उदासिन बन्नु भएन । छिमिकी देश भारतमा किसानालई सरकारले उपकारण खरिद, विउ, मल मा अनुदान दिने गरेको छ । जसको नियगमन हुने गरेको छ । यस्तो परिपाटी नेपालमा पनि हुन जरुरी छ । 

सरकारी निकायबाट सहयोग कस्तो छ ? 
–जिल्ला कृषि विकास कार्यालयबाट हामीलाई प्राविधिक रुपमा सहयोग पाएका छौ । माछा पालन र व्यवसायी मौरी पालनमा हामीले अनुदना पनि पाएका छौ । जिल्ला कृषि विकास कार्यालयबाट सहयोग हामीहरुलाई अहिले सम्म सन्तोष जनक रुपमा सहयोग पाएका  छौ । रुपन्देहीमा मात्र होईन आम नेपालमा कृषि मन्त्रालय र कृषि विकास कार्यालयले एउटा किसानको अभिभावको रुपामा आफुलाई उभ्याउन सफल भयो भने  पक्कै पनि राम्रो हुन्छ । सरकारले निश्चित  योजना बनाएर अझै पनि ६० प्रतिशत बाँजो भुमिमा  खेती गर्न सक्ने गरी  योजना अगाडी बढायौ भने पक्कै पनि राम्रो हुन्छ । 
अन्त्यमा, 



किसान मात्र नभएर आम  बेरोजगार नेपालीहरुलाई नेपालमै सुन फल्छ भन्न चाहान्छु । विदेशमा गएर १८ घण्टा मिहिनेत गरेर  भषा नजानेको देशमा का गरेर पसिना बगाउनु व्र्यथ हो । यहा नेपालमा एक जना किसानले १२ घण्टा मात्र मिहिनेत ग¥यो भनो । आफ्नो जग्गामा मिहिनेत गरेर व्यवसायीक  तरकारी खेती मात्र गर्न सक्यो भने पनि अरव र खाडीमा कमाउन सकिने आम्दानी यहि कमाउन सक्छ । कसैले जमिन भाडामा लिएर वृहत रुपमा कुखुरा, बाख्रा पालन, माछा पालन लगायतका काम करिव १ विघा लगायतको क्षेत्रफलमा गर्दछ भने उसले कोरिया जापानको आम्दानी यहि देशमा गर्न सक्छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती