‘हाईब्रीड’बीउको उत्पादन फड्को मार्दै रुपन्देही

कृष्ण खनाल 
बुटवल, २१ पुस ।
 रुपन्देही जिल्लामा खाद्यान्नको उवि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । क्रमस खाद्यान्न विउमा आत्मनिर्भर बन्दै गरेको रुपन्देहीले  जिल्लाको मागलाई पुरा गरी अन्य जिल्लामा समेत खाद्यान्नको विउ निर्यात गर्दै आएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमु
ख बरिष्ठ कृषि विकास अधिकृत भोज राज सापकोटाका अनुसार गत आर्थिक बर्षमा रुपन्देही जिल्लामा  उन्नत उन्नत बीउको रुपमा  धान २ हजार १ सउ मेट्रिक टन उत्पादन गरी विक्रि वितरण भएको पाइएको छ । त्यस्तै गहुँको विउ २ हजार ५ सय मेट्रिक टन उत्पादन भई निर्यात समेत भएको छ भने दलहन वालीमा मुसुरो ४ मेट्रिक टन उत्पादन भएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहकिा अनुसार गत आर्थिक बर्षमा करिब गँहु को विउ १ हजार २ सय मेट्रिक  जिल्ला बाहिर विक्रि भएको छ भने  करिव ८ सय मेट्रिक टन  धानको विउ जिल्ला बाहिर बेच बिखन भएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत विनोद ज्ञवालीका अनुसार उक्त परिमाणमा विउ उत्पादन गरी विक्रि वितरण गर्दा रुपन्देहीले  बार्षिक करिब ३० करोड रुपैयाँ बराबरको बीउ बिजन मा कारोबार  गरेको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटका  भन्छन्–‘जिल्ला भित्र तथा अन्य जिल्लाबाट उन्नत बीउको माँग बढ्दो छ ।’ उनले गँहु तथा धानको राधा ४ को बीउ छिमेकी भारतिय क्षेत्रमा समेत उच्च माँग रहेकोकोले त्यसको उत्पादन गरी विक्री वितरण गर्न सकेकमा अझ राम्रो हुनेछ । 

उनी थप्छन्–‘खाद्यान्नमा विउ वाहेक तरकारी, तोरी, केराउ, चना, मूँग, मास, सूर्यमुखी, अरहर, मसला बाली आदिको बीउ उत्पादन नभएकोले अन्य जिल्ला वा बिदेशबाट आयातमै निर्भर हुनु परेको अवस्था छ ।’
 रुपन्देहीमा अहिले धान करिब ४० प्रतिशत क्षेत्रफलमा धानका बिभिन्न भारतीय तथा चाईनिज हाईब्रिड जातहरुको प्रयोग हुदै  आएको छ भने गँहु हाईब्रिड जातको प्रयोग नभएको तथा खुला सेचित जातमा आत्मनिर्भर हुनु परेको अवस्था छ । त्यस्तै मुसुरो हालसम्म हाईब्रिडको प्रयोग हुन सकेको छैन । 
मकैको विउमा रुपन्देही जिल्लमा  करिब ३० प्रतिशत क्षेत्रमा बहुराष्ट्रिय कम्पनी तथा भारतीय हाईब्रिड जातहरुको प्रयोग हुदै आएको छ । तोरीको विउमा करिब २० प्रतिशत क्षेत्रमा भारतीय उन्नत÷हाईब्रिड जातहरुको प्रयोग भएको छ भने तरकारी ९५ प्रतिशत  बिभिन्न बहुराष्ट्रि«य, भारतीय, चाईनिज कम्पनीका उन्नत तथा हाईब्रिड जातहरुको बाहुल्यता रहेको छ । 
रुपन्देही जिल्लामा २७ वटा बीउ उत्पादक संस्थाहरु रहेकोमा  निजी बीउ बिजन कम्पनीहरु ४ वटा स्थापना भएर सञ्चालनमा आएका छन् भने  समूह तथा कृषि सहकारी मार्फत २२ वटा संस्थाहरुले विउ विजन उत्पादन गर्र्दै आएका छन्  भने सरकारी क्षेत्रबाट १ वटा कम्पनी स्थापना भई सञ्चालनमा भएको छ । 
यस्तै जिल्लामा  बीउ प्रशोधन क्षमता भएका कम्पनीहरु ४ वटा नीजी क्षेत्रबाट सञ्चालनमा आएका छन् भने  सहकारीमार्फत २ वटा र सरकारी १ गरी कुल ७ वटा कम्पनी तथा संस्थाहरुको कूल बीउ प्रशोधन  गर्दै आएका छन् । जसबाट रुपन्देहीमा  १४ मेट्रिक टन प्रति घण्टा विउ प्रशोधन गर्न सकिन्छ । 
रुपन्देही जिल्लामा बीउ चक्र पालना नगरि बीउ उत्पादन गर्ने परिपाटीले श्रोत बीउको अभाव हुनुको साथै बीउको उत्पादनमा कमि, खाद्यान्न बालीको बीउको गुणस्तरमा एकरुपता कायम गर्न नसकिएको , दलहन बालीको बीउ उत्पादनमा जोखिम व्यवस्थापन गर्न नसक्दा कृषक तथा व्यवसायिहरुको आकर्षण कम रहेको, तेलहन बालीको बीउको हकमा जोखिम व्यवस्थापन गर्न नसकिएको साथसाथै गुणस्तरयुक्त बीउ उत्पादनको लागि आवश्यक मापदण्ड पुग्ने क्षेत्र (जस्तैः पृथकता दुरी) उपलब्ध नहुनु जस्ता समस्याहरु विउत्पादन तथा प्रशोधनमा समस्याको रुपमा खडा भएका छन् । 
त्यस्तै खुला भारतिय सिमानाको कारण गुणस्तरहिन बीउको आयत कार्यलाई प्रभावकारी रुपमा नियमन गर्न नसकिनु, हाईव्रिड जातको विकास भएता पनि (जस्तैः रामपुर हाईव्रिड २, मकै) निजी क्षेत्रलाई सोको प्रविधि हस्तान्तरण गरि बीज बृद्धि गर्न प्रोत्साहन नहुनु, विद्यमान बीउको मुल्यमा अनुदान परिपाटिले गर्दा प्रतिस्पर्धात्मक बातावरण गुम्न गई बीउ व्यवसायि निरुस्साहित हुनु,  प्राथमिक बीउ उत्पादक ( कृषक समूह) सग प्रारम्भिक प्रशोधन तथा भण्डारण पुर्वाधारमा कमि , जिल्ला पश्चिमान्चल क्षेत्रकै बीउ उत्पादन केन्द्र बन्न सक्ने सम्भावना भएता पनि सो अनुरुपको पुर्वाधार विकासको लगानीको कमि  रहनु पनि विउ उत्पादनमा समस्याको रुपमा देखा पारेको पाइएको छ । 
जिल्ला कृषि विकास कार्यालययय रुपन्देहीका अनुसार रुपन्देही जिल्लामा स्थापना भएका विउ उत्पादक तथा प्रशोधन कम्पनीहरुको भविश्य समेत राम्रो हुदै गएको छ । बीउको प्रतिस्थापन दर क्रमशः बढदै गएकोले प्रत्येक बर्ष बीउको आवश्यकता बढदै  जादा यसको उपयोगीता पनि बढ्दै जान्छ जसको कारण स्थापना गरेका कम्पनीहरुलाई फाईदा पुग्ने देखिन्छ । 
 सरकारले पनि बीउ ब्यवसाय स्थापनाका लागि अनुदानको ब्यवस्था गरेका छ भने सरकारले विउ भिजन २०२५ ल्याएकोले पनि बीउको व्यवसायीकरण, ठूला बीउ कम्पनी स्थापनामा जोड दिएकोे छ । रुपन्देही भौगोलिक बिविधताले गर्दा बीउ उत्पादनको लागि आवश्यक हावापानी उपलब्ध भएको कारणले पनि विउ उत्पादनमा कुनै खासँ समस्या हुदैन । 
यस्तै  रुपन्देहीको हकमा विशेष गरी खाद्यान्य बाली (धान, गहँु), दलहन (मूसुरो) र तेलहन ( तोरी) बालीमा  खायनको रुपमा भन्दा बीउ उत्पादन व्यवसायबाट बढी आर्थिक लाभ लिन सकिन्छ ।  उत्पादीत विउ यातायतातको माध्यमबाट नेपालको पूर्व, पश्चिम र उत्तर क्षेत्रमा बजारको सहज पहुँच पुर्याउन सक्ने रणनैतिक केन्द्रमा रुपन्देही जिल्लाको अवस्थिती समेत राम्रो रहेको छ ।
 बीउ विजनको व्यवसायीकरणका लागि निजी क्षेत्रको सहकार्यमा ठुलो बीउ उत्पादक कम्पनी स्थापनाको लागि पूर्वाधार विकास गरी साना साना बीउ उत्पादन कृषक समूह तथा सहकारीलाई रणनैतिक सहभागिको रुपमा आबद्ध गराउन सकेमा अझ राम्रो हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती