अपाङ्गताको नाममा ‘चिठ्ठामा’ ठगीधन्दा

 कृष्ण खनाल
बुटवल, २४ पुस । 
अपाङ्गता भएका वालवालिकाहरुको सहयोगार्थ भन्दै लायन्स क्लवहरुले संयुक्तरुपमा ‘राफल चिठ्ठा २०७२’ भन्दै चिठ्ठा कटाएर अपाङ्गता बालवलिकाहरुको नाममा ठगी धन्दा भएको पाइएको छ । १३ वटा लायन्स क्लवहरुले संयुक्तरुपमा केही समय पहिला प्रति टिकट १ सय रुपैयाँको चिठ्ठा कटाएका थिए । यहि मंसिर १९ गते ट्राफिक चोकमा उक्त चिठ्ठा खोलिने बताएपनि उक्त दिन ति क्लवहरुले चिठ्ठा खोलिएको थिएन् । प्रथम पुरस्कार बजाज मोटरसाईकल राखिएको उक्त चिट्ठामा दोस्रो पुरस्कार हनि हन्टर मान्टेन बाईक, तेस्रो पुरस्कार उडी बेबी साईकल, चौथो पुरस्कार लुम्बिनी प्रेसर कुकर ५ जनलाई र सान्तव्ना पुरस्कार भित्ते घडी २५ जनालाई दिने बताइएको थियो । 
अपाङ्ग वालवालिकलाहरुलाई सहयोग गर्ने भन्दै खोलिएको उक्त चिठ्ठा १३ वटा क्ववहरुले आयोजना गरेका हुन । लायन्स क्लव अफ तिलोत्तमा, मणिमुकुन्द, फुलवारी, खस्यौली, सिटी, सयपत्री, न्युहोराईजन, भृकुटी, युथ, सैनामैना, देवदह, मणिमुकुन्द युथ र बुद्धमावली नामका लायन्स क्लवहरुले खोलेका थिए ।  चिठ्ठाका संयोजक ज्ञानेन्द्र सिंमागैडाले ट्राफिक चोकमा पुस ११ गते चिठ्ठा खोलिएको दावि गर्छन् । 
उनी भन्छन्–‘११ गते ट्राफिक चोकमा चिठ्ठा खोलिएको हो, १४ गतेको दैनिक पत्रमा सुचना प्रशाशित भएको छ ।’ उनले १४ गतेको बुटवलको दैनिक पत्रमा पुरस्कार को कस्लाई प¥यो भनेर सूचना प्रकाशित भएको दावि गरे पनि १४ गते उक्त प्रत्रिका नै ढिलो प्रकाशन भएर बजारमा वितरण नभएको  पाइएको थियो ।  पुस ११ गते साँझ चिठ्ठा खोलिएपछि तस्को भोलिपल्ट सुचना पत्रिकामा प्रकाशन गर्ने नियम अनुसार ढिला गरी १४ गते सुचना प्रकाशित गरिएको पाइएको हो । 
लायन्स क्लवहरुले अपाङ्गता भएका वालवालिकाहरुलाई सहयोग गर्ने भन्दै खोलिएको उक्त चिठ्ठा हजारौ जनाले काटेका थिए । तर अहिले सम्म कुन अपाङ्गता भएका व्यवाक्तिलाई के कती सहयोग भयो भन्ने विषयमा संयोजक सिमांगैडालाई थाहा नै  छैन । बुटवल टुडे संगको कुराकानीमा संयोजक सिमांगैडा भन्छन्–‘खै कती सहयोग गर्ने हो, मलाई थाहा भएन, गत बर्ष पनि हामीले सहयोग गरेका थियौं ।’  गत बर्ष नेपाल अपाङ्ग आश्रम देवीनगरमा अक्षय कोष स्थापना गरेको भन्दै दावि गरेका उनले के कती मात्रमा सहयोग गरेको हो भन्ने विषयमा जानकारी नभएको बताउछन् ।  स्मरण रहोस अहिले खोलेको पहिलो पुरस्कार परेको भन्दै दावि गरेको पुरस्कार होराईजन उमाविलाई परेको भनिएको छ । जुन लायन्स क्लव होराईजनका सदस्यलाई परेको  दावि गरेको छ । 
अपाङ्गता भएका वालवालिकाहरुको नाम बेचेर यसरी ठगीधन्दा  चलाउने गरेको भन्दै कतीपयले यसको कडा निगरानी गर्नुपर्ने बताउछन्् । लायन्स क्लव जस्तो सामाजिक कार्यको लागि भन्दै स्थापना भएका दावि गरिएको संस्थाले नै अपाङ्गताको नाम भजाएर निहित स्वार्थ पुरा गर्न खोजिएको समेत विस्लेषण गरिएको छ ।  सर्वसाधारणहरुलाई काटेका चिठ्ठामा  अपाङ्गता भएका वालवालिकाहरु कुन स्थानको , के कती दिन भन्ने विषयमा समेत उल्लेख गरिएको छैन । 

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती