कृषि मेला–२०७२ कृषकलाई सिक्ने अवसर

कृष्ण खनाल
बुटवल, १३ माघ । 
प्रत्येक बर्ष बुटवल उद्योग बाणिज्य संघले कृषि मेला आयोजना गर्दछ । वि.स.२०६२ सालमा पहिलो पटक कृषि मेला आयोजना गरेको संघले मेलालाईनिरन्तरता दिएको छ । यस पटक पनि यहि माघ २२ गते देखि २७ गते सम्म बुटल मण्डपमा कृषि मेला–२०७२ आयोजना हुदैछ । जसको तयारी अहिले तिब्ररुपमा अगाडी बढाइएको छ । अन्य व्यापारिक मेला आयोजना गर्न तछाड मछाड गर्ने बुटवलका अन्य व्यापारिक संघ संस्थाहरुले समेत यस्तो खालको मेला आयोजना गर्न आँट गर्न सकेका छैनन । तर बुटवल उद्योग बाणिज्य संघले भने कृषि मेलालाई निरन्तरता दिइरहेको छ । 
आयोजकले मेलाले कृषकलाई सिक्ने अवसर र उत्पादित कृषिजन्य बस्तुको बिक्री हुनमा सहयोग  गर्ने अपेक्षा लिएका छन् । सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकतासँगै स्वदेशमै रही कृषि पेशालाई व्यवशायिक बनाउन चाहने यूवाहरुले मेलाबाट बढी फाइदा लिनेछन् । कृषि क्षेत्रलाई मात्रै समेटिएर मेला आयोजना गरिने हुँदा मेला आयोजना गर्नमा भने कम चुनौति छैन् । 
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले विशिष्टकृत मेलाको रुपमा रहेको कृषि मेलालाई  निरन्तरता दिनु आफैमा चुनौतिपुर्ण काम भएको बताउछन् । बैशाख १२ गते गएको महाभुकम्प र त्यसको केही समय पछि भएको नाकाबन्दीको कारण नेपाली अर्थतन्त्र धरासायी हुदै गएको बेलामा कृषि मेला आयोजना गर्नु चुनौतिपूर्ण भएपनि यसलाई सफल बनाएर लैजाने अध्यक्ष सिंहको भनाई  रहेको छ । उनी भन्छन्–‘विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हामी मेलालाई निरन्तरता दिएका छौ,यस पटकको मेला बैकल्पीक उर्जा  प्रर्वद्धनमा जोड दिएका छौ । ’

अहिले सम्म बुटवल उद्योग बाणिज्य संघले छैठौ पटक कृषि मेला आयोजना गरिसकेको छ । अहिले आयोजना हुन लागेको मेला सातौ मेला  हो । ‘बजारमुखी कृषिको आधार, सम्मुनत नेपालको पुर्वाधार’ भन्ने मुल नारा तय गरिएको यसपटकको मेलामा बर्तमान जल्दोबल्दो समस्यालाई मध्यनगर गरी बैकल्पीक उर्जा  प्रवद्र्धनको  लागि पहिलो प्राथमिकतामा राखिएको मेला आयोजक समितिका सह संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल बताउछन् । उनी भन्छन्–‘उर्जा संकटको कारण उद्योगी व्यवसायीहरु लगायत आम सर्वसाधारणहरु प्रताडित भएका छन्, मेलाबाट बैकल्पीक उर्जाका स्रोतहरुको  के कसरी खोजी गरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा हामी बढि केन्द्रीत भई आम उपभोक्तहरुलाई जानकारी गराउनेछौं । 
बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जल कसजुले  व्यावशायिक भन्दा पनि सामाजिक उत्तरदायित्वको रुपमा बुटवल उद्योग वाणिज्य संघले मेला आयोजना गरेको बताउछन् । 
बैकल्पीक उर्जा अन्र्तगतका सबैजसो सामग्रीहरुको प्रर्दशनी  तथा विक्रि कक्ष राखीनुको साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उद्योगी व्यवसायीहरुको बैकल्पीक उर्जा प्रर्वद्धनको लागि  गर्ने लगानीको विषयमा समेत जानकारी प्रदान गर्न लागिएको बरिष्ठ उपाध्यक्ष हमालको भनाई रहेको छ । 
बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले मेला आयोजनाका लागि करिव २० लाख रुपैया लाग्ने बताउछन् । उनी भन्छन्–‘मेला आयोजना गर्दा २० लाख जती लगानी लाग्ने अनुमान गरेका छौ, यो मेला पुर्णरुपमा विशिस्कृत मेला भएकाले यति आम्दानी होला भनेर भन्न सक्ने अवस्था छैन ।’
सरकारी तथा गैरसरकारी निकायबाट बैकल्पीक उर्जाको क्षेत्रमा गर्ने  कार्यको बारेमा जानकारी दिनुको साथै सरकारी क्षेत्रको अनुदानका विषयमा समेत जानकारी प्रदान गरि  बैकल्पीक उर्जाका  स्रोत विक्रि वितरण समेत गरिने गरी व्यवस्थापना मिलाउने संघका निर्वतमान अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ बताउछन् । 
यस पटकको कृषि मेलामा विगतका बर्षहरुमा जिल्ला कृषि विकास कार्याल रुपन्देहीको प्राविधिक टोलीले माटो परिक्षण गर्ने गरेकोमा यस पटक केन्द्रीय स्तरबाट नै सुविधा सम्पन्न ल्यावटोली आउने जनाइएको छ । 
किसानहरुले अफुले कृषिजन्य बस्तु उत्पादन  गर्दै आएको माटोको अवस्था के कस्तो छ भन्ने विषयमा केही घण्टामा नै परिणाम दिने गरी अत्याधुनिक माटो परिक्षण प्रयोगशालाको व्यवस्थापन गरिएको संघका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमितिका संयोजक हरि प्रसाद अर्याल बताउछन् । उनी भन्छन्–‘केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट आएका प्राविधिक टोलीले किसाले ल्याएको माटो कुन अवस्थामा छ भन्ने विषयमा परिक्षण गरेर जानकारी लिन पाउनुहुन्छ ।’ बोट विरुवाको समेत परिक्षणको लागि व्यवस्थापन गरिएको छ ।  कृषकहरुलाई माटो परिक्षण पछि माटोको अवस्था के कस्तो छ, अव के कस्तो गर्नुपर्छ भन्ने विषयमा समेत विज्ञहरुबाट तत्कालनै कृषकलाई अभिमुखीकरण प्रदान गर्ने जनाइएको छ । 
सास्कृतीक कार्यक्रम तर्फ पुर्णरुपमा प्लसटु सरकारी उच्च मावि र नीजी उच्च माविहरुको सहभागीतामा कृषि दोहोरी गीत प्रयोगीतागीता आयोजना  गरिने भएको छ । केही केन्द्रीय कलाकारहरु र स्थानिय कलाकारहरुको विशेष प्रस्तुती राखिने जनाइएको छ । स्टेजमा प्रस्तुत हुने कलाकारहरुले अनिवार्यरुपमा नेपाली मौलीक पोशाक लगाउनुपर्ने  व्यवस्था गरिएको सास्कृतीक संयोजक टंक प्रसाद गैरेले जानकारी दिए । 
सरकारले कृषिमा प्राथमिकता दिइरहेको अवस्था र स्वदेशमै रहेर कृषि पेशालाई व्यवशायिक बनाउन खोज्ने यूवाहरुलाई मेला निकै सहयोगी हुनेछ । बुटवल उद्योग बाणिज्य संघले वि.स.२०६२ सालमा पहिलो पटक विशिष्टीकृत मेला आयोजना गरेपश्चात ६४, ६६ ,६८, सालमा कृषि मेला आयोजना गरेको थियो । त्यस्तै २०६९ सालमा छैठौ राष्ट्रिय प्राङ्गागारीक कृषि मेला, २०७१, ६३, ६५, ६७  र २०७० सालमा अद्यौगीक व्यापार  तथा कृषि एवम् पर्यटन प्रर्वद्धन महोत्सव आयोजना गरेको थियो । 
अहिलेको मेलामा करिव १ सय २५ वटा जती स्टल सहभागी  हुने जनाइएको छ । कतीपय स्टलहरु निःशुःक रुपमा समेत उपलब्ध गराइएको संघले जनाएको छ । 
अन्य व्यापारिक मेला तथा महोत्वस आयोजना गर्न आलोपालो गर्ने बुटवलका अन्य व्यापारीक संघगठनहरुले अहिले सम्मपनि विशिष्ठीकृत मेलाको रुपमा कृषि मेला आयोजना गर्न सकेका छैनन् । तर बुटवल उद्योग बाणिज्य संघले भने प्रत्येक बर्ष जसो कृषि मेला आयोजना गर्न हिम्मत हारेको छैन । कृषि मेला आयोजनाबाट आयोजक संस्थाले नाफा गर्ला वा नर्गला तर कृषिको विकास, उत्थान प्रर्वद्र्धन र वजारीकरणको लागि पु¥याउने योगदान साच्चै नै सराहनिय रहेको सरोकारवालहरुको भनाई रहेको छ । 
बुटवल उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ  मेला आयोजक हो । जसमा सह–आयोजकको रुपमा कृषि वयवसाय प्रर्वद्धन कार्यक्रम, जिल्ला विकास समिति, बुटवलउपमहानर पालिका रहेको छ ।  यस्तै प्रर्वद्धकमा पशुपंक्षि बजार प्रर्वद्धन निर्देशनलायल र पशु उत्पादन निर्देशनालय रहेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती