मनोपरामर्स दिन ‘हेल्पलाईन’

कृष्ण खनाल
बुटवल, २४ भदौ । 
तपाईं कुनै मानसीक तनावमा हुनुहन्छ ? मनमा अनेक प्रकारका डर र त्रासले सताईरहेको पो छ की ? यि र यस्तै  प्रकारका समस्या छन् तर ति समस्याको उचित समाधान दिन सक्ने स्थानको  अभाव महसुस गर्नुभएको छ भने खुसीको खबर छ ।
 खासगरी डिप्रेसनको कारण सधै तनावमा हुने व्याक्तिहरुलाई मनोपरामर्स प्रदान गर्नको लागि पश्चिमाञ्चलमा नै पहिलो पटक हेल्पलाईन सेवा सुरु भएको छ । बुटवलमा केही बरिष्ठ मनोचिकित्सकहरुको समुहरले यस्तो प्रकारको हेल्पलाईन सेवा सुरु गरेका हुन ।  मनोरामर्स केन्द्रमा जान झण्झट र लाज मान्ने व्याक्तिहरुको लागि समेत फाइदा हुने ९८०२६३७१११ मोवाईल नम्बर सुरु गरिएको छ । 
आफ्ना कुरा गोप्य ढंगले निर्धक्क संग मनोचिकित्सकलाई बताउन सकिने र आवश्यक परामर्स लिनको लागि उक्त मोवाईल नम्बर सार्वजनिक गरिएको हो । जसको नाम ‘आत्महत्याबाट जोगाउनको लागि हेल्पलाईन ’ भन्ने नाम दिएको छ । 
दुई बर्ष पहिलो काठमाडौ सुरु गरिएको हेल्प लाईन अहिले पश्चिमाञ्चल विकास क्षेत्रमा नै पहिलो पटक बुटवलमा सुरु गरिएको छ । डा. अरुण कुँवर, डा. सरोज ओझा ले त्रिवि चिकित्सक शास्त्र, मानसिक रोग विभागको रेजिडेन्टको सहयोगमा सञ्चालनमा आएको हेल्प लाईन अहिले बुटवलमा सुरुवात गरिएको छ ।
 सुरुका बर्षमा ४ सय र दोस्रो बर्षमा ५ सय जनाको फोन मार्फत परामर्श प्रदान गरिएको उक्त हेल्पलाईन विधी अनुसार यस क्षेत्रमा सुरु गरिएको र सोही अनुसार नै मनोपरामर्सको लागि आममानिसलाई सहज हुने डा. मनोज ढुङ्गानाको भनाई रहेको छ  । 
 पश्चिमाञ्चलमा डा. अरुण कुँवर, डा. सरोज ओझा, डा. मनोज ढुंगाना र डा. विक्रम काफ्ले लगायत ५ जना चिकित्सकहरुको संयुक्त प्रयासमा सुरु गरिएको हो । पहिलो चरणमा  दक्ष जनशक्तिको अभावको कारण विहान ८ बजे देखि  बेलुका ९ बजे सम्मको समयमा  आफुलाई कुनै पनि मानसिक समस्या तथा परामर्स चाहिएमा जसले पनि फोन गर्न सक्छन् । यसरी फोन गरेपछि उनको नाम र नम्बर गोप्य राखिन्छ । प्रश्न कर्ताले दिएको लक्षण र जानकारी अनुसार जटिल समस्या भए नभएको एकिन गर्नको लागि  विभिन्न परिक्षण गर्नको लागि समेत सुझाव चिकित्सकहरुले दिने छन् । यसको अलवा मनोचिकित्सकसंग नै भेटेर परामर्स लिन चाहनेहरुले समेत उक्त नम्बरमा सम्पर्क गरेर सल्लाह लिन सक्छन् ।  
बुटवलमा सुरु गरिएको हेल्पलाईन को बारेमा जानकारी दिदै टिचिङ हस्पिटलका मानसिक रोग विभाग प्रमुख डा. सरोज ओझाले भुकम्पका कारण पनि कतिपयमा मानसिक रोग लागेको भन्दै यो सेवा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।  उनल भने –‘हरेक ५ जनामा १ जना मानसिक रोगी भएको भन्दै यसको विकाराल रोक्नका लागि पनि हेल्प लाईन सञ्चालनमा ल्याएको हो   ।’
मनोचिकित्सक डा. मनोज ढुंगानाले डिप्रेशन नै मानिसले आत्महत्या गर्ने प्रमुख कारण भएको भन्दै मानिस डीप्रेसनबाट कसरी जोगिने भन्ने विषयमा समेत उक्त हल्पलाईनबाट सेवा प्रदान गर्न सकिने जानकारी दिए । 
रुपन्देहीमा अघिल्लो आर्थिक बर्ष सम्म १ सय ५१  जनाले आत्महत्या गरेका छन् भने गुल्मीमा १ सय ८९ जनाले आत्महत्या गरेका छन् । जुन तथ्यांक प्रहरी प्रसानबाट भएको जानकारी हो । प्रहरीको रेकर्ड भन्दा बाहिर अझै कती आत्महतया भएका छन् त्यो तथ्यांक झनै भयभह रहेको मनोचिकित्सकको भनाई रहेको छ । 
मनो चिकित्सक डा. विक्रम काफ्लेका अनुसार नेपालमा अन्य देशको तुलनामा महिलाहरुले धेरै आत्महत्या गर्ने गरेका छन् भने अधिकांस डिप्रेसनभएका पुरुषहरु अधिकांस कुलतमा फस्ने गरेका छन् । उनी भन्छन्–‘ नेपालमा १ प्रतिशत मानिस जटिल मानिसक रोगका सिकार भएका छन् भने १० जनामा ३–४ जना व्याक्ती मानिसक समस्याले ग्रसित हुने गरेका छन् ।’
विद्यालय स्तरबाट नै मानसिक स्वाथ्यको विषयमा पाठ्यक्रम समावेस गरी सचेतना फैलाउदै जाने गरेका केही हद सम्म आत्महत्या कम गर्न सकीने मनोचिकित्सकको भनाई रहेको छ । 
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । 
वैशाख १२ गतेको भूकम्पपछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार २०७१७२ सालमा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् । बाढी पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपदमा परेकामध्ये धेरैजसोमा मानसिक तनाव र निराशा पाइएकाले आत्महत्या गर्नेको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । डिप्रसन, लागु औषधमा फसेका व्याक्ति, गरिबी, बेरोजगारी, अशिक्षा, तनाव, प्रेममा असफल जस्ता कारण आत्महत्याको मुख्य कारक मानिएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै