आर्यआर्जनले विर्सायो द्वन्द्वको पिडा

कृष्ण खनाल
बुटवल, १०  असोज । 
रुपन्देहीको सैनामैना–१० रामापुरकी गीता अधिकारीलाई  २०६० भदौ १६ गतेको  त्यो कहालीलाग्दो दिन अहिले पनि मनस्पटलमा ताजै छ ।  रामापुर उच्च माविमा पढ्दै गरेका १५ बर्षिय छोरा हरी प्रसाद अधिकारी लाई उक्त दिन बाटोमा खेल्न गएको बेला तत्कालीनल नेकपा माओवादीले नजिकैको चोकम लगेर ‘हत्या गरे’। 
बुटवल टुडे दैनीक २०७२ असाेज १० गते पर्कासीत । समाचाार 
साँझ करिव ७ बजे साथि कहाँ खेल्न गएको होला भनेर लख काटेका परिवारले पछि कलौनी चोकमा गएर टुक्रा टुक्रा परेको शब प्लाष्टीकमा जम्मा गरेर ल्याएर अन्तेष्टी गरे । ‘१२ बर्ष भयो घटना भएको तर के मान्दो रहेछ र मनले भक्कानो छुट्छ, मन मान्दैन ।’ आमा अधिकारीले यति शब्द भनेपछि डाको छोडेर रोईन । अन्य मृतक हरीका अन्य २ जना दाईहरु अहिले पनि छन् । ‘कान्छो छोरालाई त्यसरी विभत्स हत्या गरेको उनकोको मनले अहिले पनि झलझली आँखामा आउँछ ।’– उनी भन्छन् ।  घटना भएको १२ बर्षपछि उनी जस्तै सैनामैना नगरपालिका द्वन्द्वप्रभावित महिलाहरु एक जुट भएका छन् । एक आपसमा मिलेर प्रत्येक महिनामा एक आपसमा जम्मा हुन्छन् पिडा साटासाट गर्छन् । युएसएआईडी, केयर नेपाल र नमुनाको आयोजनामा भएको सम्बाद परियोजनाबाट पाएको केही आर्थिक सहयोगबाट उनले अहिले मौरी पालन व्यवसायी  गरेकीछिन् । अहिले करिव ६० घार मौरी रहेको अधिकार परिवारले बार्षिक २ देखि ३ लाख रुपैया आम्दानी गर्दै आएका छन् ।  ‘स्वरोजगार भएपछि  पिडा भुलिदो रैछ ।’ अधिकारीकी आमाले भनिन् । 
उनी जस्तै रुपन्देहीको सैनामैना –१२  बासगढीकी ३५ बषीय कमला रिजालका श्रीमान् गोपाल रिजाल बैदेसिक रोजगारीमा थिए । घर विदामा आएको बेला २०६० साल मंसिर २८  गते विदा सकेएर पुन विदेको यात्रा तय गरेका थिए । आर्थात २८ गते उनको फ्लाईट थियो । तर विदेश उड्न मात्र ३ दिन अगाडी अर्थात २५ गते विहान करिव ९ बजे एक अपरिचित व्याक्ति केही विवाद मिलाउनछु भन्दै घरबाट लगे । विहान घरबाट निस्कीएका  रिजाल अहिले सम्म पनि घर फर्किएका छैन्न । अर्थात उनी बेपत्ता भए । श्रीमान्को बेपत्ता भएपछि ७ बर्षको छोरोको मुख हेर्दै दिन काटेकी कमला रिजाल १२ बर्ष देखि आसमा नै छिन ।
तत्कालिन राज्य पक्ष (शाही नेपाली सेना)ले रिजाललाई बेपत्ता परेका थिए ।  बेपत्ता भएको १२ बर्ष वितेको छ ।   श्रीमान्को पिडा छोराको मुख हेरेर विर्सने गरेको पिडीत कमला रिजालको भनाई रहेको छ । ‘के गर्ने पिडा आखिर कती सहेर बस्ने, परियोजनाबाट ल्याएको विउपुजी कोषबाट कुखुरापालन व्यवसाय गरेकी छु ।’– रिजालले भनिन् ।  अहिले खोरमा १२ वटा लेयर्स जातका कुखुरा रहेका  उनी कुखुरा तयार भएर विक्रि गर्दा  करिव १७ हजार आम्दानी गर्दै आएकी छिन् ।  स्थानिय जनसेवा स्वालम्बन सहकारी संस्थामा मासिक बचत जम्मा गर्दै आएकी उनी समुहमा लागेपछि पिडा भुलाउने माध्यम भएको बताउछिन् । 
 रुपन्देहीकै  सैनामैना नगरपालिका –९ आमीबजारकी मनमाया थापाको घरमा पनि पहिला देखि नै तत्कालिन विद्रोही पक्ष(माओवादी) आउने खाने र बस्ने गर्दथे  । जुन कुरा तत्कालिन शाही नेपाल सेनाले थाहा पायो श्रीमान टेक बहादुर थापालाई हिरासतमा लियो  । घटना २०६९ साल साउन १९ गतेको हो । सेनाले हिरासतमा लिएको २६ दिन पछि  तारेखमा छोड्यो । तर माओवादीका साथीहरुले तारेखमा नजान आग्रह गरे ।  थापाले माननेन् । साथीहरुबाट नै गोली हानेर उनलाई हत्या गरियो । स्व.टेकबहादुरकी थापाकी श्रीमती मनमाया थापा भन्छीन्–‘ तारेखमा नआ भन्दा जिद्दी गरेपछि साथीहरुले नै फायर गरेर मारे  ।’ ४ भाई छोराको मुख हेरेर श्रीमानको‘असेट’ मेटाउने गरेको उनको भनाई छ । ‘२ वटाको ढेड बर्षको छोरा काखमा थियो, छोरा टुहुरो हुँदा कती पिडा भएहोला अहिले १८ बर्षको पुगेको छ ’–यती भनेपछि उनी भक्कानिन । ‘छोराले बाबा खोई भन्दा अझै धेरै मन कुडीएर आउछ ।’  भक्कानीरहदा उनले भनिन् ।  समुहबाट पाएको रकमले अहिले  पसल गरेकी छिन् । केही आम्दानीको स्रोत पनि जुटेको छ । मासिक रुपमा बचत समेत गर्दै आएकी छिन् । ‘पहिला मैलाई मात्र यस्तो परेको रैछ भन्ने हुन्थो । तर अहिले पिडा भुलेर काममा लागेको छु ।’ –उनले केही सम्हालेपछि भनिन् । 
बासगढी गाविस–१२ तुलसा पाण्डे पिडा पनि कमी छैन ।  उनको पनि द्वन्द्वमा एउटा छोरा वेपत्ता भए भने एक जना छोरा लाई तत्कालिन साही नेपाली सेनाले हत्या ग¥यो ।  वि.स.२०६० फगुन १७  गते छोरा जेठोछोरा दुर्गा पाण्डे लाई  सेरुवा बुद्धनगरमा लगेर हत्या गरेको उनी बताउँछीन । त्यस्तै कान्छो छोरा युवराज पाण्डेलाई  सोही साल असोज २९ तौलिहवाको सुन्डीहवाबाट पक्रेर लगेर तत्कालीन राज्य पक्षले बेपत्ता परेको थियो । उनको लास र सास अहिले सम्म परिवारले पाउन सकेका छैनन् । रामापुर उमाविमा कक्षा ११ मा पढ्दै गर्दा २२ बर्षिय पाण्डेको हत्या भएको उनी बताउछिन् । श्रीमान पहिला नै वितेका उनी अहिले विवाह गरेकी छोरीको साथमा बस्दै आएकी छिन् ।  समुबाट लगेको २० हजार विउपुजी कोषबाट बाख्रा पालन व्यवसाय गरेको बताउने उनी अहिले केही पिडा कम भएको बताउछीन् । उनी भनिन्–‘बुढेसकाल लाग्यो ३ वटा बेचियो ४ वटा अझै छन् के गर्ने चित्त बझाउनु पर्दो रहेछ । ’
सैनामैना नगरपालिकाकै ३० बर्षिय राम प्रसाद बस्याल पनि  द्वन्द्वप्रभावित हुन । वि.स २०६१ साल बैशाख २३ तत्कालिन नेकपा माओवादीले नजिकैकै जंगलमा लगेर मरणसन्नगरी कुटपिट गरेको थियो । जसको पिडा अहिले पनि छ उनीसंग । ‘भर्खर कक्षा १२ को परिक्षा दिएको आएको थिए, त्यहि बेला माओवादीले सागर बस्याल संगै लगेर निर्घात कुटपीट गरेको र पछि उपचार पछि निको भएको उनी बताउछन् । विवाह भएको एक महिना नै सिन्दुर पुछिएकी गोमा बस्याल पनि द्वन्द्व प्रभावित हुन । अहिले  संवाद परियोजनाको सामाजिक परिचालकको भुमिका निर्वाह गर्दै आएकी उनको श्रीमान सागर बस्याललाई रामप्रसाद बस्याल संगै जंगलमा लगेर कुटपीट गरी हत्या गरेका हुन ।  
युएसएआईडीको आर्थिक सहयोगमा केयर नेपाल र नमुनको साझदारीमा सञ्चालनभ एको शान्तिका लागि संवाद परियोजनाले रुपन्देहीका १२ गाविस र ५ नगरपालिकामा काम गर्दै आएको स्थानिय शान्ती समितिका संयोजक ज्ञानु पौडेले बताउछिन् । 
२ सय ५० जना शान्ती स्व्म सेवक छनोट र परिचालन गरी १७ वटा सहकारी मार्फत कुल ४६ लाख २५ हजार रुपैयाँ द्वन्द्व प्रभावितहरुलाई विउपुँजी कोष मार्फत प्रदान गरिएको परियोजनाले जनाएको छ । अहिले उक्त परियोजना अन्र्तगत रुपन्देहीमा १ सय ७५ जना द्वन्द्व प्रभावित परिवारमा ८० जना महिलाहरुले जिविकोपार्जन गरेका छन् । 






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै