किन घट्यो तीजको चलहपहल

कृष्ण खनाल
बुटवल, २७ भदौ । 
 नेपाली नारीहरुको महान पर्वको रुपमा लिइएको हरितालिका तीज आउन अव ठ्याक्कै १ दिन मात्र बाँकी छ । यो समयमा  बुटवलको व्यस्त बजारको रुपमा रहेको बुटवलको अमरपथमा किनमेल गर्नेहरुको ठेलमठेल हुन्थ्यो ।  सुन पसलहरुका व्यवसायीहरुलाई त फर्सदै हुदैन थियो । तर यसपालिको तीजमा उक्त दृश्य देख्न पाइएको छैन । तीज आउन मात्र दुई दिन बाँकी रहदा(आईतबार) बुटवलको अमरपथ लाइनमा रहेका सुनचाँदी पसलहरुमा फ्याट फुट्ट बाहेका ग्राहरुको भिड देख्न पाईदैन । भने अन्य स्थानमा पनि यस्तै रहेको छ । तराई केन्द्रीत दलहरुको निरन्तरको बन्दले खासै असर नपारेको अनुमान गरिएपनि अनुमान भन्दा भिन्दै छ बुटवलको बजार । तराईमा बन्दको हल्लाको कारण यो समयमा पहाडी जिल्लाहरु खासगरी पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा लगायतका जिल्लाहरुबाट किनमेलका लागि व्यापारी तथा स्वयम् उपभोक्ताहरुको समेत भिड भाडले यस क्षेत्रका पसल तथा विभिन्न व्यवयासीक प्रतिष्ठानहरुमा ठेलम ठेल हुन्थ्यो । 
तर आईतबार बुटवलको अमरपथ, हाटबजार लाईन, विपी चोक लगायतका स्थानमा अन्य दिनको जस्तै सामान्य व्यापार भएको व्यापारिहरुले प्रतिक्रिया दिएका छन् ।  तराईमा भएको बन्दको कारण विहान  कीनमेलको लाग बुटवल झरेका स्थानियहरु साँझ घर फर्कीन पाईने हो या होईन भन्ने त्रासले पनि किनमेलको लागि बुटवलमा नझरेको बुटवलको  हाटबजारमा आएका पाल्पाका एक व्यापारी बताउछन् । पाल्पाको झडेवा गाविसबाट बुटवलमा तरकारी लगायतका विभिन्न सामाग्री विक्रि गरी तीज खर्च जुटाउन आएका ईश्वर परियारले भने–‘त्यता(बुटवल) खाली बन्द छ भन्छन्, हल्लै हल्लाले पनि मान्छे यहा झर्न मानेका छैनन्, उतै(तानसेन)मा किनमेल गरेका छन् । 
यता, बुटवल सुनचाँदी व्यवसायी संघ बुटवल शाखा  अध्यक्ष दिपक विश्वकर्माले  गत बन्द भन्दा करिव आधा सुनको कारोवार घटेको बुटवल टुडेलाई जानकारी गराएका छन् । केही समय पहिला सुनको मुल्य घटेको समयमा कतिपय   ग्राहकहरुले सुनको गर गहना निर्माण गरेको र अहिले भइरहेको बन्दको त्रासको कारण पनि सुनको कारोवार घटेको  बताए । उनले भने–‘गत बर्ष तीज आउन भन्दा करिव एक हप्ता पहिलादेखि   हुने चहल पहल यस बर्ष पाइएन । ’ उनल थपे–‘२÷४ दिन त थाम्नै नसक्ने भिड हुन्थ्यो  तर यस पटक त्यसो भएको पाईएन ।’ विभिन्न समयमा पटक पटक भएका  बन्द र अन्यौलको स्थितीले पनि व्यापारमा असर परेको व्यापारीहरुको भनाई रहेको छ । 
बजारमा अहिले सुनको अभाव नभएको नेपाल सुनचाँदी व्यवसायी संघ बुटवल उप शाखाले जानकारी दिएको छ । रुपन्देहीमा दैनिक २ किलो सुनको माग भएको भन्दै पछिल्लो समयमा राष्ट्रबैकले प्रायप्त मात्रमा सुन दिएकोले बजारमा अभाव नभएको  संघको भनाई रहेको छ । 
यता, बुटवल उद्योग बाणिज्य संघ बुटवलका महासचिव हरि प्रसाद अर्याललले विभिन्न नामबाट हुने बन्दको कारण उद्योगी व्यवसायीहरु प्नि अछुत रहन नसक्ने भन्दै पछिल्लो समयमा भएका विभिन्न बन्दको कारण ठुलो  घाटा लागेको जानकारी दिए । उनले भने–‘तराईका  केही भित्री गाउ बस्तीमा खाद्यान्न अभावको समेत कुरा आएकोछ, कती सहज रुपमा सञ्चालन भएका उद्योगहरुबाट उत्पादीत बस्तुले बजारीकरण गर्न पाएका छैनन् । जस्ले गर्दा बजारमा चहलपहल पनि घटेको छ । ’
बन्दको पुर्ण प्रभाव परेको कारण कृषिजन्य उत्पादन बजारीकरण हुन नसक्दा बोटमै, कृषकका खेतमा नै कुहिएर नस्ट हुने अवस्था आएको भन्दै महासचिव अर्यालले बन्दको विकल्प खोज्न सम्बन्धीति निकायलाई आग्रह समेत गरे । केही भारतीय सिमावर्ती बजारमा बन्दको कारण ठप्प भएपनि चुरे क्षेत्र नजिकका केही बजारमा सकारात्मक प्रभाव परेको भन्दै अर्यालले यसलाई ‘कालो बादल भित्र को चाँदीको घेरा’को रुपमा लिन सकिने भएपनि सकारात्मक भन्न नमिल्ने बताए । 
यता रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले पनि विभिन्न समयमा भएका उद्योग कलकारखाना बन्दको कारण उद्योग नै धरासायी हुने अवस्था रहेको भन्दै बन्दको विकल्प खोज्न आग्रह गरे । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै