सांगीतीक क्षेत्रमा संघर्षरत गायिका घर्ती

गुल्मीको वग्ला–६ स्थायी घर भई वि.स.२०७६ सालमा बुटवल झरेकी अनुराधा घर्ती संगीतको क्षेत्रमा संघर्षरत नाम हो । विभिन्न समयमा हुने  लोक दोहोरी गीत प्रतियोगीतामा प्रथम स्थान हासिल गर्दे आएकी उनी अहिले बुटवल बहुमुखी क्याम्स   हो म २०६७ सल्मा बुटवल आको हुँ म बुटवल बहुमुखी क्याम्पस मा मास्टर प्रथम बर्षमा अध्ययन गर्दै आएकी छिन् । अध्यायन र सांगीतीक क्षेत्रलाई संघ संगै अगाडी बढाइरहेकी उनी संग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानीको अंशः 

कलाकारीतमा यहाको प्रवेश कसरी ?
–म सानै देखि नै कलाकारीतामा रुची थियो । सानो हुदा गाउमा हुने गीत प्रतियोगीतामा समेत सहभागीता आउदै थिए । अहिले पनि मेरो संघर्षको यात्रा जारी छ । आफ्नै रुचीको कारण म यस क्षेत्रमा लागेकी हुँ । 

तपाईको प्रेरेणाको स्रोत को हो ?
–मेरो प्रेरेणाको स्रोत भनेको मेरो घर परिवार, साथी र गुरुहरु नै हो । मेरी आमा जस्ले मलाई जन्म दिईन । यदी मलाई जन्म नदिएको भए यो स्थान सम्म आउने थिईनहोला । 

कुन कुन एलबम बजारमा आएको छ ? 
– मेरो पहिलो गीत ‘दशै तिहार’ हो ।  गायक प्रचण्ड जिसी संग गाएको दोस्रो गीत मेरो दोस्रो गीत ‘आशुको खोला’ हो । तेस्रो गीतको रुपमा मैले पञ्चे बाजाको गीत निकालेकी थिए । अहिले मेरो तीजको मादल बोलको गीत बजारमा आएको छ भने नयाँ दसैं को ‘गीत र माया घटेन’ दोहोरी आउँदै छ । 

कलाकारीतमा  पछिल्लो समयमा भित्रीएको विकृतीलाई के भन्नुहुन्छ ? 
–कलाकारीतमा विकृतको दोषी म गीत गाउने कालाकारलाई दिन्छु  । यहाँ कलाकारहरुले एक पटक गीत  गाउँछन् । तर गीत सुन्ने अरु हुन्छन् भन्ने हेक्का राख्दैनन् । यहाँ हाम्रो चलन नराम्रा उत्ताउला गीत धेरै सुन्ने हेर्ने चलन छ  । सन्देश मुलक गीतलाई सम्मान गर्ने बानीको विकास हुनुपर्दछ । 

अहिले तीजमा निकी व्यस्त हुनुहुन्छ कारण के हो ?
अं  विजी छु । विभिन्न स्थानमा हुने तीज गीतकार्यक्रममा बोलाईरहनुभएको छ । आफ्नो कलाकारीता पस्कन पाईरहेको छु । यो मेरो लागी एउटा अवसर पनि हो । जनतामाझ परिचित हुने अवसर पनि पाएको छु । मेरो लागि प्लेटफर्म  हो । 


पाएका सम्मानत तथा उपाधीहरु के के छन ?
–विभिन्न प्रतियोगीतमाहरुमा प्रथम स्थान पाप्त गरेको छु । राष्ट्रिय लोक दोहोरी प्रतिस्ठानबाट समेत विभिन्न सम्मान पाएकी छु । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै