आन्तरिक राजश्वमा सितैमा करदाता शिक्षा

कृष्ण खनाल
बुटवल, २२ भदौ । 
तपाई कुनै संघ संस्था वा कम्पनी पान, भ्याटमा दर्ता गर्दै हुनुहुन्छ ? या आयकर बापतको रकम कसरी मुल्यांकन गरी कुन–कुन समयमा राजश्वकार्यालयमा बुझाउनुपर्दछ भन्ने जस्ता अनेकौं चिन्ताले सताइरहेको छ भने तपाईलको खुसीको खबर रहेको छ । 
लेखक कृष्णा खनाल
आन्तरिक राजश्व कार्यालय बुटवलले अव कुनै पनि प्रकारको करदाता शिक्षा आम मानिसलाई आवश्यकता परेर सितैमा उपलब्ध गराउने भएको छ । विगतका दिनमहरुमा पनि विभिन्न समयमा विभिन्न स्थानमा करदाता शिक्षा अभियान सञ्चालन गरेको आन्तरिक राजश्व कार्यालय बुटवलले यस बर्ष पनि उक्त कार्यालाई निरन्तरता दिएको  छ । रोचक कुरा त के छ भने  आन्तरिक राजश्व कार्यालय बुटवलले कुनै पनि कर सम्बन्धी जानकारी लिन चाहाने ३० जनाको समुह छ भने समुहले नै माग गरेको स्थानमा अर्थात समुहको माग अनुसार नै करदाता शिक्षा प्रदान गर्ने छ । 

कार्यालयमा आउने करदताहरुलाई व्याक्तिगत रुपमा समेत करदाता शिक्षा प्रदान गर्नुको अववा कार्यालयले थप समुहमा कुनै पनि समुह, संस्था तथा केन्द्रले आफुहरुलाई करदाता शिक्षा चाहियो भनेर माग गर्न साथ कार्यालयले सेवा प्रवाह गर्ने आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख शरदचन्द्र पौडेलले जानकारी दिए । उनले भने–‘करदाता भनेका हाम्रो भगवान सरह हुनु उनीहरुलाई कर सम्बन्धी जानकारी दिनु हाम्रो तैतिक कत्र्वय पनि हो । ’
अहिले पनि विभिन्न संघ संस्था, क्लव, समुह ले आह्वान गरेको स्थानमा गएर निःशुल्क रुपमा करदाता शिक्षा प्रदान गर्ने आएको जानकारी गराउदै उनले थपे–‘उद्योग बणिज्य संघ, व्यापारसंघ, अन्य व्यापारीक संघ संस्थाहरुको आमन्त्रणमा हुने कार्यक्रममा निरन्तर सहभागी भएर प्रशिक्षण दिदै आएका छौ ।’
यता, अन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत तथा सुचना अधिकारी जिवराज निरौलाले कार्यालयबाट सेवा शाखा, संकलन शाखा र करदाता शिक्षा तथा अनुसन्धान अन्तरक्रिया शाखा रहेकोले बर्षमा निश्चित  संख्या तोकेर करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले निश्चित संख्यामा करदाता शिक्षा कार्यक्रम तोकेको भन्दै झण्डै दोब्बर संख्यामा यस्तो करदाता शिक्षा कार्याक्रम आयोजना भएको जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक बर्षमा कार्यालयबाट २४ वटा समुह, स्थान वा संघ संस्थालाई करदाता शिक्षा सम्बन्धीत सचेतना प्रदान गर्ने भएकोमा झण्डै दोब्बर संख्यामा प्रदानगरिएको छ । यस बर्ष पनि ३० वटा अपेक्षा गरिएकोमा संख्या बढ्नेका निश्चित भएको छ । 
आईतबार र सोमबार दुई दिन लगातार मदिरा व्यवसायी संघ र बुटवल उद्योग बाणिज्य संघलेको आह्वानमा भएको करदाता शिक्षा कार्याक्रमा सहभागी भएको भन्दै सुचना अधिकारी निरौलाले भने–‘करदाताहरुबाट कुनै पनि समयमा करदाता शिक्षा माग हुन्छ भने हामी सोही अनुसार करदाता शिक्षा प्रदान गर्दै आएका छौ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै