किन प्रभावकारी भएन कृष्ॉिटोल फ्रि’ सेवा

कृष्ण खनाल
बुटवल, २३ भदौ । 
तपाईं कुनै पनि कृषि सम्बन्धी जानकारी लिन चाहानुहुन्छ ? लगाएको बालीनालीमा कुनै रोग किरा पो लाग्यो की ? अथवा राम्रो आम्दानीको स्रोत कृषि पेसालाई बनाउने सोँच पो बनाउनुभएको छ ? यी र यस्तै जानकारी पाउन कहाँ सम्पर्क गर्ने कुन प्राविधिकलाई भेट्ने भन्ने चिन्ताले सताएको छ भने तपाईंलाई सजिलो माध्यम बन्ने छ जिल्ला कृषि विकास कार्यालयको सित्तैमा पैसा नलाग्ने ‘टोल फ्रि’ नम्बर । 
 नेपाल सरकार कृषि विभागको  केन्द्रीय तीति अनुसार नै किसानलाई सित्तैमा सुचना तथा जानकारी प्रदान गर्ने अभिप्रायले विभिन्न जिल्लाहरुमा  फोन गर्दा पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको छ । तर किसानहरुले निःशुल्क पाईने  सुचना तथा जानकारी लिन कन्जुस्याईं गर्ने गरेको पाईएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको ‘टोल फ्रि नम्बर ’ १६६००७१५२००० हो  । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले किसानहरुलाई निःशुल्क सुचना, जानकारी, प्राविधिक सल्लाह प्रदान गर्नको लागि भनेर व्यवस्था गरेको यो टेलिफोन नम्बरमा कमै मात्रमा फोन आउने गरेका छन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार किसानहरुले  निःशुल्क टेलिफोन गरी जानकारी लिन पाईन्छ भन्ने ज्ञानको कमी भएको कारणले नै कम मात्रामा फोन आउने गरेको छ । उनी भन्छन्–‘खै किसानहरुलाई हामी पटक पटक यो नम्बरमा फोन गर्नुस पैसा लाग्दैन भनेर भन्ने गरेका छौं तर पनि किसानहरुले कम मात्रामा फोन गर्नेगर्नु भएको छ ।’ 
केही अगुवा कृषकहरुले नियमित रुपमा नै टोल फ्रि नम्बरमा फोन गरेर सुचना, जानकारी र सल्लाह लिने गरेको भएपनि आम किसानहरुले नजिकै रहेको कृषि सेवा केन्द्रका प्राविधिक तथा प्रमुख र जिल्ला कृषि विकास कार्यालयका विभिन्न फाँटमा रहेका  प्रमुख तथा प्राविधकहरुसंग व्याक्तिगत मोवाईल नम्बरमा फोन गरेर जानकारी लिने गरेको  बरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भनाई रहेको छ ।  कुनै समय जिल्ला कृषि विकास कार्यालले व्यवस्था गरेको टोल फ्रि फोनमा अली बढी मात्रामा फोन गरेर सुचना, जानकारी र परामर्स लिने गरेको भएपनि पछिल्लो समयमा घट्दै गएको हो ।  जिल्ला कृषि विकास कार्यालयमा  अनुदान तथा कुनै विशेष सूचना प्रकाशन भएको बेला अलि बढि मात्रामा फोन आउने गरेको र अन्य समयमा कम मात्रामा आउने गरेको समेत पाइएको छ । 
यता पाल्पा जिल्लामा पनि किसानहरुले निःशुल्क सुचना लिन कन्जुस्याईं गर्ने गरेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय पाल्पाका प्रमुख राजेन्द्र कोईरालाका अनुसार उक्त कार्यालयको टोल फ्रि नम्बर १६६००७५५२००० हो । तर किसानहरुले यो नम्बरमा कमै मात्रामा फोन गरेर जानकारी लिने गरेका छन् ।  कृषि विकास कार्यालयका  प्रमुख कोईराला भन्छन्–‘धेरै किसानहरुलाई जानकारी नभएर पनि हुन सक्छ,  अन्य मोवाईलमा समेत कम खर्च लाग्ने कारणले पनि जे विषयमा जानकारी लिन खोजेको हो, त्यहि विषयका प्राविधिकहरु संग सल्लाह तथा सुचना जानकारी लिने गरेको हामीले पाएका छौ ।’
 सरकारले निःशुल्क रुपमा व्यवस्था गरेको टेलिफोनको भरपुर्ण उपयोग हुनुपर्ने भन्दै प्रमुख कोइरालाले  कुनै विषेश सुचना प्रकाशन गरेको बेला अलि बढि मात्रामा फोन आउने गरेको जानकारी दिए ।  जिल्ला कृषि विकास कार्यालय पाल्पाले अफने वेभसाईट र फेसबुक मार्फत समेत सुचना तथा जानकारी किसानहरुलाई निरन्तर दिने गरेको पाईएको छ । www.dadopalpa.gov.np नामको वेभसाईट अपेड रहेको छ भने अन्य लुम्बिनी अञ्चलका जिल्लाहरु कपिलवस्तु, अर्घाखाँची, र रुपन्देहीको वेभसाईट अहिले बन्द भएको छ भने  नवलपरासी जिल्लाको वेभसाईट भने पैसा नतीरेर ब्लगस्पटमा परिरण भएको छ ।www.dadonawalparasi.blogspot.com रहेको उक्त जिल्लाको वेभसाईटमा कुनै पनि तथ्य तथ्यांकहरु नयाँ अपडेट गरिएको छैन ।  जिल्ला कृषि विकास कार्यालय नवलपरासीका सूचना अधिकारी श्रीकान्त घिमिरेका अनुसार केही समय पहिला पैसा नतिरेको कारण बन्द भएको  अवको केही दिनमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुचना अधिकारी घिमिरे भन्छन्–‘म अहिले विदामा छु, वेभसाई बनाउन दिएको हो खै के के बनायो, टोलफ्रिमा पैसा सकिएर बन्द भएको  छ विभिन्न समुहको बन्दको कारण तिर्न पाएको छैन, केही समयमा नै सञ्चालन गर्नेछौ ।’  गुल्मी जिल्ला कृषि विकास कार्यालयको वेभसाईट ठेगानाwww.dadogulmi.gov.np रहेको भएपनि त्यसमा कुनै पनि तथ्य तथ्यांक, कार्यालयको सम्पर्क ठेगाना तथा टेलीफोन नम्बर समेत राखिएको छैन । 
यता, जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीको टोल फ्रि नम्बरपनि अहिले बन्द छ । जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका  नायव सुब्बा  बल बहादुर जिसीका अनुसार केही समय पहिला सञ्चालनमा आएनि अहिले भने बन्द अवस्थामा रहेको छ । केही समय पहिला किसानहरुले टोल फ्रि नम्बरमा निरन्तर फोन गरेर जानकारी लिन गरेको भएपनि विभिन्न प्राविधिक कारणले त्यो टेलिफोन नम्बर बन्द भएको छ । त्यसलाई सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा  यकिन नभएको उनको भनाई रहेको छ । 
यता, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको फेसबुक पेजमा भने सुचना तथा जानकारीहरु बेला बेलामा अपडेट हुने गरेका छन् facebook.com/District-Agriculture-Development-Office-Rupandehi   नामको उक्त पेजमा किसानलाई चाहिने जानकारी हरु  समय समयमा पोष्ट हुने गरेका छन् । पाल्पा जिल्लाको पनि ाबअभदययप। facebook.com/dadoplp    नामको फेसबुक पेज रहेको छ । जसमा पनि समय समयमा जिल्ला कृषि विकाय कार्यालयबाट भएगरेका गतीविधिहरु पोष्ट हुने गरेका छन् । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै