व्यापारीहरुद्वारा खाद्यान्नमा कालोबजारी


कालोबजारी गर्नेलाई कडा कारवाही हुन्छः प्रजिअ
कृष्ण खनाल 
बुटवल, १२ असोज । 
केहीदिन पहिला बुटवल–७ नेपालगञ्ज रोडमा रहेको ‘गैरे सप्लायर्सका’ प्रोपाईटर भेषराज गैरले  प्याज ९० रुपैयाँ प्रति कीलोमा विक्रि गर्दथे ।  तर अहिले उनले त्यहि प्याजलाई १ सय ८० रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेका छन् । बुटवल उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यपदमा रहेका उनले प्रतिकिलो १ सय २० रुपैयाँमा विक्रि हुने शनफ्लो तेल लाई अहिले १ सय ५० र २५ रुपैयाँमा  किनबेच हुदैँ आएको आलु अहिले प्रतिकिलो ५० रुपैयाँमा विक्रि गर्दै आएको बताए । बजारमा सामान अभावको कारण मुल्य आकाशिएको बताउदै गैरेले भने–‘बजारमा सामान पाउन छाड्यो, चरम अभाव छ, त्यै भएर भाउ बढेको हो ।’ 
गैरे एक एक प्रतिनिधी पात्र मात्र हुन । बजारमा खाद्यान्न, नुन , तेल, तरकारी, गेडागुडी लागायतका अत्याबश्यक दैनिक उपभोग्य बस्तुमा व्यापारीहरुले देशमा आएको विषमपरिस्थीतिको फाईदा उठाउदै कालोबजारी सुरु गरेका छन् । बुटवलको अमरपथ लाईनमा व्यापारीहरुले प्रतिकीलो २० रुपैयाँमा पाईने आयोडीन युक्त नुनलाई ४० रुपैयाँमा विक्रि वितरण गरेको पाइएको छ । बुटवल लगायत यस आसपासका क्षेत्रमा समेत खुद्रा तथा किराना व्यवसायीहरु, होलसेल व्यापारीहरुले पहिलाको मूल्य भन्दा करिव १०० प्रतिशत भन्दा बढि दैनिक उपभोग्य बस्तुको मुल्य बढाएका छन् । 
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेज कुमार पाठकले गैर कानुनी रुपमा उपभोक्ता अधिकारलाई कुल्चदै गरिएको दैनिक उपभोग्य बस्तुको भाउ बढाउने व्यापारीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउँछन् । देशमा आएको विषम परिस्थितीमा व्यापारीहरुबाट मूल्य वृद्धि गरेको आफुले पाएको बताएका छन् ।
 सोमबार जिल्ला स्तरिय अनुगमन समितिको अनुगमन टोलीमा सहभागी भएका पाठकले बुटवल टुडेसंगको कुराकानीमा भने–‘बजारमा पहिलाको भन्दा बढि मुल्यमा खाद्यान्न विक्रि भएको पाइएको छ तर उपभोक्ताहरुले पनि महङ्गो भयो भनेर गुनासो नगरी सामान नै नपाईलाकी भनेर खरिद गर्ने गरेको पाइएको छ ।’ बुटवलको राजमार्ग चौराह, दिपनगर, सुख्खानगर, अस्पताललाईन लगायतका विभिन्न खुद्रा किराना पसल, ग्यास सप्लायर्सहरुमा अनुगमन गरिएकोमा ग्याँस सप्लायर्सहरुले स्टकमा ग्याँस नराखेको पाइएको जानकारी गराएका छन् । तर चामल लगायत खाद्यान्नका केही बस्तुहरु व्यापारीहरुले लुकाएको पाइएको  समेत बताएका छन् ।  

दुधजन्य पदार्थको भाउ बढ्दैन 
रुपन्देही डेरी व्यववसायी समितिले अहिले  तत्काल  दुध जन्य पदार्थको मूल्य नबढ्ने जनाएको छ । समितिका जिल्ला उपाध्यक्ष तथा नेपाल डेरी एशोसियसनका क्षेत्रीय संयोजक कृष्ण प्रसाद भट्राईले अन्य खाद्यान्न, नुन तेलको बाउ बजारमा आकाशिएको तर दुधजन्य पदार्थहरु दुध, दही, पनिर , ध्यु लगायतका सामग्रीहरुको भाउ नबढ्ने बताएका छन् । यदि कसैले पहिलाको मुल्य भन्दा अधिक मुल्यमा विक्री गरेको पाइएमा तत्काल समितिलाई खबर गर्नको लागि आग्रह गरेका छन् ।
कालोवाजारी गर्नेलाई कडा कारवाही
यता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले अहिलेको विषम परिस्थीतिमा कालोबजारी गर्ने जुनसुकै व्यापारी, फर्म र संस्थानलाई कारवाही गरिने बताएका छन् । जिल्ला स्तरिय अनुगमन टोलीको निर्णय अनुसार अहिले रुपन्देही जिल्लामा भैरहवा क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुनिका न्यौपाने को नेतृत्वमा एउटा अनुगमन टोली र बुटवल क्षेत्रमा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा अर्को अनुगमन टोली गठन गरिएको  जानकारी गराए ।  उनले भने–‘कालोबजार गर्नेलाई अनुगमन टोलीको सिफारिसको आधारमा कारवाही हुन्छ, कसैले पनि कालोबजारी गर्ने प्रयत्न नगरे हुन्छ ।’ 
नेपाल सरकारले निर्धारण गरेको कोटा प्राणाली अनुसार अहिले पेट्रोलियम पद्धार्थ विक्रि वितरण गरेको भन्दै अवस्था सहज नहुदा सम्मको लागि सबैले सहयोग गर्नुपर्ने  बताए । बुटवलको मालपोत र नापी कार्यालय विस्तार भएपनि सञ्चालन  हुन नसेको भन्दै प्रजीअ ढकाल केही दिनमा सञ्चालनमा आउने दावि गरे । उनले जोर गतेको दिन जोर नम्बर प्लेटका गाडीहरु र विजोर गतेको दिन विजोर नम्बर प्लेटको गाडी सञ्चालन गरेर  सहयोग गर्दिनको लागि आम जनतासंग आग्रह गरे । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै