परिवार नियोजनको जिम्मा महिलालाई

कृष्ण खनाल
बुटवल, १७ भदौ ।
 एक्काईसौं शताब्दीमा महिला पु
रुष समानताको कुरा पटक पटक उठेपनि परिवार नियोजनको जिम्मा भने महिलाहरुलाई लगाउने गरेको तथ्य बाहिर आएको छ ।  नेपाल परिवार नियोजन संघ बुटवल शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा कुल २२ हजार ८ सय ८५ जनाले सेवा लिएकोमा १३ हजार २ सय ८३ जनाले परिवार नियोजनको सेवा लिएका छन् । 
जसमा अधिकांश महिलाहरु रहेका छन् । कण्डम ६ सय ४८ जनाले सेवा लिएका छन् भने पिल्स २५ जना नयाँ र पुराना ६ सय ७ जनाले सेवा लिएका छन् । ईन्साटेव्लेट नयाँ ४२ जना र पुराना ३ सय २२ जनाले सेवा लिएका छन् ।
 इमप्लान्ट १६ जना नयाँ र पुराना २ सय ९३ जना महिलाहरुले सेवा लिएका छन भने आईयुसिडी नयाँ ९ जना र पुराना १ सय ६३ जनाले सेवा लिएका छन् । पुरुष भ्यासेक्टोमी जम्मा २७ जना पुरुले बन्ध्याकरण गराएका छन्  । नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुको संख्या उच्चरुपमा बढिरहेको छ । 
उनी भन्छन्–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म कायम रहेको कारणले महिलाहरुलाई बढि मात्रामा बन्ध्याकरणको लागि दबाब दिने गरेको पाईन्छ ।’  उनका अनुसार अधिकांश तराईका जिल्लाका महिलाहरुले शिविरमा परिवार नियोजन गराउने गरेको पाईन्छ भने पहाडका जिल्लाहरुमा भने पुरुषहरुले सुबिधासम्पन्न अस्पतालमा गएर बन्ध्याकरण  गराउने गरेको पाईन्छ ।  आर्थिक बर्ष २०७०÷०७१ मा ६ सय ६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।  छोटो समयको ५ सय ६९ जना र लामो समयको ८१  जनाले  सेवा लिएका छन् । गर्भपतन गराएर फलोअपमा आउनेको संख्या ३ सय ९ जना रहेको छ । 
साथै सोही शाखाबाट १ सय ५७ जनाले बीसीजी खोपको सेवा लिएका छन् । 
रवार...
सोही अवधीमा डिपीटी÷पोलियो–३  खोप सेवा १५ सय ८० जनाले लिएको प्रबन्धक बस्याल बताउँछन् ।  त्यस्तै टीटी ३ सय ४३ जना जेई ३ सय ३४ जना गरी टोटल २७ सय ६ जनाले सेवा लिएका छन् । सोही अवधीमा ३ सय ४२ जनाले एचआईभी जाँच गराएकोमा २७ जनमा एचआईभी पोजेटीभ पाइएको छ । 
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट सन् २०१४ को नोभेम्बर महिना सम्म पुरुष बन्ध्याकरण गर्नेहरुको संस्या ३८ जना रहेको छ भने महिलाहरुको संख्या ४ सय ७३ जना रहेका थियो । जुन तथ्यांकमा  महिलाहरुको संख्या बढेको छ भने अन्य पुरुषको  संख्या  बढेको छैन । 
तथ्यांकबाट रुपन्देही तराईको जिल्ला भएको कारणले अहिले सम्मपनि पुरुषहरुले बन्ध्याकरण गर्नुपर्दछ भन्ने मान्यता स्थापीत हुन सकेको छैन नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा सभापति दिनेश प्रसाद जोशीका अनुसार शाखाले अन्य गैरसरकारी संस्थाहरुले भन्दा फरक रुपमा कार्य गरिरहेको छ । उनले पछिल्लो समयमा डाटा प्रविधिलाई आधुनिक र सिष्टोमेटिक बनाउँदै लगेको जानकारी दिए । उनले परिवार नियोजनको कार्यक्रममा  उक्त संस्थाले महŒवपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सोही प्रकारको सेवा प्रदान गर्ने जानकारी दिएका छन् । 
तराईका जिल्लाहरुमा अझै पनि पुरुषहरुले परिवार नियोजन ग¥यो भने काम गर्न सकिँदैन र  परिवार  पाल्नको लागि अप्ठ्यारो पर्छ भन्ने भम्र कायम रहेको कारण महिलाहरुलाई बढि परिवार नियोजन  गर्नको लागि  परिवारले लगाउने गरेको सभापति जोशीको भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै