सुरु भयो खसीको ‘छेलेखेलो’

कृष्ण खनाल
बुटवल, ६  असोज । 
‘यो तिन वटा खसीको मूल्य कती ?’ 
‘३६ हजार हो दाजु ’
‘छत्तीस हजार ता धेरै भयो, अली घटाउ लैजान्छौ ।’
यो संवाद , बुधवार दिउसो बुटवल–६ मा लाग्ने हाटबजारमा खसी विक्रीका लागि आएका व्यापारी र खरिद गर्ने उपभोक्ता विचको हो । नेपालीहरुको  महान चाडको रुपमा लिएको वडा दशै आउन करिव १ महिना भन्दा थोरौ दिन बाँकी छ तर बुटवलका बटवलका बजारमा खसी विक्री गर्ने र खरिद गर्ने उपभोक्ताहरुको भिड बाक्लीलै गएको छ । बुधवार र शनिवार  लाग्ने हाटबजार बुटवल–६ मा बुधवार करिव ५  सय भन्दा बढि खसी, बोका विक्रिका लागि व्यापारीहरु आएका छन् । कपिलवस्तुको चन्द्रौटाबाट अधिकांस व्यापारीहरुले यसरी बुटवल र यस आसपासमा लाग्ने घुम्ती हाटबजारमा खसी बोका विक्रि गर्दे आएका छन् । 
चन्द्रौटाबाट ५ वटा खसी  विक्रिको लागि लिएर हाटबजारमा आएका रामनारायण चौधरीका अनुसार जिउँदो खसी ४ सय ५० रुपैया प्रतिकेजीमा विक्रि गरेको बताए । विहान ५ वटा खसी लिएर बजारमा आएका उले २ वटा खसी विक्री  गरिसकेका थिए ।  उनले भने–‘विहान ५ वटा खसी लिएर आएको थिए दिउँसो सम्म २ वटा विक्रि भयो अव ३ वटा बाँकी छ ।’ उनी जस्तै सोही स्थानबाट १२ वटा खसी लिएर आएका व्यापारी श्याममुलाउ चौधरीले पनि विगत पनि यसरी विभिन्न घुम्ती हाटबजारमा खसी बोका विक्रिको  लागि आउने गरेको जनाकारी दिदै यस बर्ष पनि व्यापार सुरु गरेको जानकारी गराए । 
चन्द्रौटाबाट व्यापारीहरुको समुह नै यसरी प्रत्येक बर्ष खसी बोका विक्रिका लागि आउने गरेको उनले जानकारी  दिए । उनले भने–‘१२ वटा खसी लिएर आएको थिए, अहिले ४ वटा विक्रि भैसक्यो ।’ अघिल्लो बर्षमा करिव ५०–५५ वटा खसी विक्री गरेको बताउँदै उनले यस बर्ष पनि सोही अनुपातमा विक्री गर्ने लक्ष्य लिएको जानकारी दिए । उक्त बजारमा चन्द्रौटाबाट नै अधिकांस व्यापारीहरु खसी बोका विक्रीका लागि आएका थिए । यस बर्षको सुरुवाती सिजन भएकोले खासै विक्री नभएको बताउदै व्यापारीहरुले दशै नजिकीदै जाँदा अझ व्यापार बढ्ने अपेक्षा लिएका छन् ।
 दशैँमा खसीको मासुको मूल्य बढ्न सक्ने
गत वैशाख १२ गते आएको भूकम्पका कारण बजार यस बर्ष  खसी बोकाको मुल्य बढ्न सक्ने अनुमान गरिएको छ ।  चौपाया खरिद बिक्री सेवा संघका प्रमुख जिवन खतिवडाका अनुसार खसी बोकाको कम उत्पादन भएकोले पनि  अभावमा मुल्य बढ्न सक्ने अनुमान गरिएको हो । काठमाडौँको खसी व्यापारमा ८० प्रतिशत कारोवार ‘काठमाडौँ चौपाया खरिद बिक्री प्रा.लि.’ अन्तर्गत रहेको र बाँकी २० प्रतिशत अन्य नाका जस्तै कोटेश्वर, बालाजुबाट हुने गरेको खतिवडाले जानकारी दिएका छन् । 
खसीबजारबाट मासिक लगभग १ करोड रुपैयाँ बराबरको व्यापार हुने गरेको छ। यस खरिद बिक्री केन्द्रमा जिउँदो खसीहरुको मात्र व्यापार गरिन्छ ।  संघमा अहिले ३०० व्यापारी दर्ता भएर व्यापार गरिरहेका छन् र यहाँका व्यापारीहरुले भारत र नेपालका विभिन्न ठाउँबाट खसीहरु आयात गर्ने गर्छन् । नेपाली खसी भन्दा भारतीय खसी महङ्गो हुने र यी खसीहरु ग्राहकको मागअनुसार मात्र आयात गर्ने खतिवडाले बताए ।  यहाँ विशेष गरी भारतीय खसी भन्दा  नेपाली खसीहरुको माग बढी हुने पनि उनले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष दशैंमा व्यापारमा केही कमी आउने अनुमान संघले गरेको छ । भूकम्पका कारण उपत्यका छाडेका मानिसहरु अहिलेसम्म पनि नफर्केका कारण व्यापारमा कमी आउने सम्भावना रहेको छ। बजारमा माग कम भए मूल्य पनि कम हुने भएपनि अहिले खसीको व्यापारमा ठीक उल्टो हुने सम्भावना रहेको खतिवडा बताउँछन् । 
खसीबजारका खसी व्यापारी राम थापा दशैंमा व्यापार कम भएता पनि खसीको मूल्य बढ्न सक्ने बताउँछन ्। भूकम्पले गर्दा धेरै जसो घर पालुवा पशु मरेका कारणले खसीहरुको कमी भएको र बजारमा खसीको अभाव भएको उनले बताए । यस्तो अवस्थामा खसीको मूल्य झन् बढ्ने उनी बताउँछन् । यसपाली दशैंमा मासुको मूल्य १ हजार रुपैंया प्रतिकिलोसम्म पुग्नसक्ने थापाले बताए ।  खसी बजारमा कुनै किसिमको रोग नभएका खसीहरु मात्र आयात गरिने खतिवडा र थापाले बताएका छन ्। यहाँका व्यापारीहरुले व्यापारका साथै ग्राहकको स्वास्थ्यमा पनि निकै ध्यान पु¥याउने गरेका उनीहरुले बताए । यदि कुनै खसीमा खरीद गरे पश्चात रोग देखिएमा उक्त खसीलाई औषधी उपचार गरी निको भए पछि मात्र बिक्री गर्ने गरेको पनि उनीहरुले बताएका छन्।  भूकम्पको असर कम हुँदै गएपनि त्यसले अन्य कुरामा पारेको प्रभावले गर्दा मानिसहरुले थप समस्या भोग्नुपर्ने अवस्था छ। दशैँ

नजिक आउँदै जाने र मासुको मूल्यमा वृद्धि हुँदै जाँदा व्यापारी र ग्राहक दुवैलाई मर्का पर्ने अवस्था देखिएको छ ।
मासु दशैबजार नहुने
विगतका बर्षमा नेपाल मासु व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुदै आएको मासु बजार यस बर्ष नहुने भएको छ । संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले देशमा आएको विषम परिस्थीतिको कारण यस बर्ष मासु बजार सञ्चालन नहुने जानकारी दिए । विगतका बर्षहरुमा मासु बजारबाट उपभोक्ताहरुको राम्रै प्रतिक्रिया पाएपनि यस बर्ष भने लगातार भैरहेको बन्दको कारणले गर्दा   मासु बजार सञ्चाल गर्न नसकिने जानकारी दिए । उनले भने–‘यस बर्ष विषम परिस्थीतिको कारण मासु बजार सञ्चालन गर्न नसकिने संघको निर्णय भएको छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै