चौध प्रतिशत महिलाले असुरक्षित स्थानबाट गर्भपतन

कृष्ण खनाल
बुटवल, २६ भदौ । 
नेपाल सरकारले देशभरमा ७ सय ७६ वटा संस्थाबाट मात्र सुरक्षित गर्भवतन गर्न सकिने गरी स्वीकृत प्रदान गरेको भएपनि अझै करिव १४ प्रतिशत महिलाहरुले अुरक्षित स्वीकृत प्राप्त नगरेका  स्थानबाट गर्भपतन गराउने गरेको पाइएको छ । 
सन् १९९४ देखि विश्वका विभिन्न देशमा परिवार नियोजना र प्रजन्न स्वाथ्यका विषयमा काम गर्दे आएको सुनौलो परिवार नेपाल÷मेरीस्टोप्स सेन्टरले अ
झै १४ प्रतिशत महिलाले असुरक्षित तवरले गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरेको हो । मेरी स्टोप्स ईन्टरनेशन नेपालका डिमाण्ड जेनेरेसन को अडीनेटर सुदनकुमार खत्रीले नेपालमा आ.व. २०१३–२०१४ मा नेपालमा जम्मा ९० हजार ४ सय ६८ गर्भपतन सेवा प्रदान गरिएको तथ्याङ्क रहेकामा सो मध्ये ७८ हजार १ सय १ जना महिलाले ले सुचिकृत संस्थाबाट गर्भपतन सेवा लिएका थिए भने कुल १२ हजार ३ सय ६७ जनाले असुरक्षित तरिकाले गर्भपतन सेवा लिएको पाइएको छ । ’ उनी भन्छन्–‘लाज र साजमा आफ्नो बेईज्यती हुने कारणले पनि कतीपय महिलाहरुले सरकारले मान्यता नदिएको नजिकको स्थानमा गएर असुरक्षित तवरले गर्भपन गराउने गरेका छन् ।’
नेपाल बाहेक विभिन्न ३६ वटा देशमा समेत शाखा रहेको मेरिस्टोप्सले नेपाल परिवार स्वास्थ्य सर्वेक्षण १९९६ तथा नेपाल जनसांख्यिक एंव स्वास्थ्य सर्वेक्षण २००१, २००६, २०११ मा आधारित रहेर उक्त तथ्यांक सार्वजनिक गरेको हो । 
गाउँघर क्लिनिक सेवा ः– सामान्य जाँच सेवा,  घुम्ती बन्ध्याकरण शिविर,  मेरी दिदी घुम्ति शिविर , युवा मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा र जनचेतना कार्यक्रम, गर्भनिरोधक साधनहरुको सामाजिक बजारीकरण, मेरी स्टोप्स् प्रजनन् स्वास्थ्य तालिम केन्द्र लगायतका कार्यक्रम गर्दै आएको मेरिस्टोप सेन्टरले नेपालका कुल ३२ जिल्लामा ३६ वटा शाखा मार्फत काम गर्दे आएको छ  ।  सुनौलो परिवार नेपालको सन २००५  देखि  २०१५ जुन महिना सम्म २० लाख ५५ हजार २ सय १५ जना विभिन्न व्याक्तिहरुलाई आफ्नो सेवा प्रदान गरेको छ । संस्थाले गरेको कार्यप्रतीको बारेमा जानकारी दिन  शनिवार आयोजना गरिएको कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।  संस्थाले ५ लाख  ५८ हजार ४ सय १९ जनाले सुरक्षित गर्भवतनको सेवा लिएका छन् भने औषधीद्धारा ७७  हजार ५ सय ९० जनाले गर्भपतन गराएका छन् ।   संस्थाले गर्वपनको अववा परिवार नियोजन सेवा समेत सञ्चालन गर्ने भएको हुँदा कुल ५५ हजार  ४ सय ८४ जनाले  भ्यासेटोमी सेवा र २ लाख ८५ हजार ६ सय २२ जानाले मिनिल्याप सेवा लिएका छन् । त्यस्तै सोही अवधीमा ईम्पलान्ट सेवा ५३६४९ जना र आई युडी २४ हजार २२ जना र डिपो १ लाख ५९ हजार ६ सय ०४ ले सेवा लिएका छन् ।  एक तथ्यांक अनुसार नेपाल क्रमसः बाल मृत्युदरमा कमी आउदै गरेको पाईएको छ । सुन् १९९६ मा कुल १ हजार बालबालिकाहरुमा  १ सय १८ जनाको मृत्यु भएकोमा स्न २००१ मा  ९१ जना, सन् २०११ मा ६१ को मृत्यु भएको पाइएको छ । सन् २०१५ को सहस्रब्दी विकास लक्ष्य अनुसार ३४ जनामा झारिने लक्ष्य लिएको छ । 
त्यस्तै सोही बर्षहरुमा शिसु मृत्यु दरमा पनि क्रमसः कमी आएको नेपाल सरकारको तथ्यांक छ । १९९६ मा १ हजार बालबालिकाहरुमा ७९ जना, २००१ मा ६४ जना ००६ मा ४६ जना र १५ को अन्त्य सम्म १६ जना बालबालिकाहरुको मृत्यु हुने सरकारी तथ्यांकले अनुमान गरेको छ ।  
मातृ मृत्युदरमा सन् १९९६ मा ५ सय ३९ जना, सन् २००६ मा ४ सय १५ जना, सन् २००११ मा २ सय २९ जनाको मृत्यु भएको छ । सरकारले स्न २०१५ मा मातृ मृत्युदरलाई १ सय ३४ मा झार्ने लक्ष्य लिएको छ । परिवार नियोजनका साधन प्रयोग गर्ने दरमा पनि क्रमस वृद्धि हुदै गएको सरकारले जनाएको छ ।
 अहिले ४३ प्रशित मानिसले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेकोमा  यो आर्थिक बर्षको अन्तय सम्म प्रयोग दर ६७ प्रतिशतमा पुग्ने लक्ष्य लिएको छ । भने कुल प्रजन्न दरलाई पनि २.५ मा झारिने जनाईएको छ । जुन तत्यांक नेपाल परिवार स्वास्थ्य सर्वेक्षण १९९६ तथा नेपाल जनसांख्यिक एंव स्वास्थ्य सर्वेक्षण सन् २००१, २००६, २०११ मा आधारित हो । 
स्मरण रहोसः मेरीस्टोप्स सेन्टर बुटवलको मिलचोक त्रिवेणी विकास बैंकको नजिकै रहेकोमा अहिले राजमार्ग चौराह केसि टिभिएस भएको घरमा स्तानान्तरण भएको छ । तर पुरानो स्थानमा अहिले मेरी स्टोप्स जस्तै सेवा प्रदान गर्नको लागि भन्दै ‘मेरी सुरक्षित गर्भपन केन्द्र’  को नाम बाट  नयाँ सस्था खोलिएको छ । मेरी स्टोप जस्तै झुक्याउनको लागि उक्त संस्था खोलिएको बताईएको छ ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै