नयाँ संविधान पछि ‘उद्योग मैत्री वातारण बन्ने आशा’

कृष्ण खनाल
बुटवल, २ असोज । 
पहिलो संविधान सभाबाट संविधान प्राप्तीको आशा गरेका आम  नेपालीहरुमा दोस्रो संविधान सभाबाट संविधान पाउने निश्चि भएको छ । देशमा एक प्रकारको उल्लासमय वातावरण भैरहदा उद्योगी व्यवसायीहरुले नयाँ संविधान पछि ‘औद्योगीक मैत्री वातावरण’सृजना हुने आशा गरेका छन् । संविधान सभाबाट अनुमोदन भएको नेपालको संविधान २०७२ को आज विशेष राष्ट्रिय समरोह आयोजना गरी राष्ट्रपतीले घोषणा गर्दछैन्। उद्योगी व्यवसायीहरुले समेत नयाँ संविधानको स्वागत गरेका छन् । 
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष महेशमान सिंहले नयाँ  जारी हुन लागेको संविधान नेपाल उद्योग बाणिज्य महासंघले समेत स्वागत गरेको परिपेक्ष्यमा बुटवल उद्योग बाणिज्य संघले पनि स्वागत गरेको जानकारी दिए ।  
नयाँ  घोषणा हुन लागेको संविधान पश्चात देशमा अमनचयन कायम हुने अपेक्षा आफुहरुलेलिएको भन्दै अध्यक्ष सिंहले भने–‘अव आगामी दिनमा बन्द हड्ताल, तोडफोड तथा चक्काजाम हुने छैनन्,  जुन वातावरण निर्माण हुन सक्यो भने उद्योगीहरुलाई राहत हुन्छ ।’ अहिले  देशमा भइरहेको परिर्वतन भन्दा बाहिर रहेर आन्दोलनमा रहेका विभिन्न दलहरुलाई समेत मिलाएर अगाडी बढेका साच्चै नै देशमा  उद्योग मैत्री वातावरण सृजना हुने भन्दै उनले यसको लागि ढिला गर्न नहुने समेत बताए ।
यता, रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले पनि नयाँ संविधान जारी हुनु स्वागत योग्य कुरा भएको  प्रतिक्रिया दिएका छन् ।  संविधान जारी भएपछि देशमा शान्तीको वातावरण सृजना हुने संगै उद्योगी व्यापारीहरुको लागनी संस्थागत हुने किसीमको ‘लगानी मैत्री’ वातावरण सृजना हुनेमा आफु ढुक्क रहेको भन्दै अध्इक्ष पियाले संविधान जारी भएपछि बन्द हडतालको बन्द हुने र उद्योग मैत्री वातावरण सृजना हुनेमा आशावादी भएको बताए । 
बाेनीन पीया 
उनले भने–‘हामी नेपालीहरुले कल्पना भन्दा बाहिरको कुरा दोस्रो संविधान सभाबाट समयमा नै संविधान पाएका छौ , ७ बर्षको अथक प्रयासपछी संविधान पाउने पक्का भएको छ , जुन स्वागत योग्य कुरा रहेको छ ।’ रुपन्देही उद्योग संघको आयोजनामा असोज ५ गते कार्यालय परिषरमा दिपावली  गर्ने तथा संविधानको स्वागतमा विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष पियाले जानकारी दिए । 
महेशमान सी‌ह 
यता,  रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल ले  नयाँ घोष्णा हुन लागेको संविधान स्ववागत योग्य भएको भन्दै संविधान जारी पश्चात अव देशले आर्थिक पाटोमा एउटा मार्ग कोर्ने विश्वास व्यक्त गरे । ६०–७० बर्षको  लामो  समय पश्चात जनताले संविधान सभाबाट संविधान पाउने अवस्था सृजना हुनु आफैमा गौरवको विषय भएको भन्दै अध्इक्ष पोखरेलले अहिले सरकार भन्दा बाहिर भिन्दै मागमा रहेका विभिन्न दलहरुलाई संविधान जारी गरेपश्चात सम्बोधन गर्न समेत आग्रह गरे । उनले भने–‘संविधान जारी हुनु आफैमा गौरवको विषय हो, अव संविधान जारी भएपछि देशले एउटा आर्थिक पाटोमा आर्थिम मार्ग कोर्न सक्ने छ, आम उद्योगी व्यवसायी र नेपालीहरुमा आर्थिक उचाई निर्धारण गरेको आभास पैदा गर्नेछ भन्ने विश्वास लिएका छौ ।’
श्रीकृष्ण पाेखरेल 
अहिले तालमेल नमिलेका कुराहरुलाई संविधा घोषणा पश्चात सम्बोधन गरी मिलाएर लैजानु पर्ने भन्दै अध्इक्ष पोखरेलले भने–‘नीजी क्षेत्रलाई अmझ समेट्र अगाडी बढ्ने र देशलाई आर्थिक संकटबाट जोगाउने बाटो तर्फ उन्मुख हुनेछ भन्ने अपेक्षा लिएका छौैं ।’ उनले नेपाल सरकारले २०२२ मा ल्यालएको आर्थिक नीतीलाई विशेष प्राथमिकताको साथ कार्यान्यन  गर्ने समेत अपेक्षा गरे । 
यस्तै उद्योग व्यापार संगठन रुपन्देहीले लामो प्रतीक्षापछि संविधानसभाबाट  संविधान जारी हुन लागेकोमा स्वागत गरेको छ । संगठनका अध्यक्ष खिमबहादुर खत्री र महासचिव नारायणप्रसाद भण्डारीले शनिबार एक विज्ञप्ति जारी गरी  २००७ सालदेखिको नेपाली जनताको सपना, १० वर्षे माओवादी जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप  प्राप्त संविधानसभाबाट संविधान जारी हुनु उद्योगी व्यवसायी र आम नेपाली नागरिकका लागि खुशीको विषय भएको उल्लेख गरेका छन् ।  
संविधान जारी भएपछि त्यसलाई सबै मिलेर कार्यान्वयन गर्दै त्यसपछि मुलुकको ध्यान औद्योकिरण तथा  स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रसहितको आर्थिक क्रान्तिमा केन्द्रीत हुन पनि संगठनले सरकार र दलहरुलाई अपील गरेको छ । संविधानमा अझै पनि केही पक्ष असन्तुष्ट रहेकाले उनीहरुका जायज मागलाई संविधान बनेपछि  राजनीतिकरुपमा  सम्बोधन गरी देशमा औद्योगिक विकास र लगानीमैत्री वातावरण निर्माण गर्न पनि संगठनले दलहरुलाई आग्रह गरेको छ । लामो समयसम्मको संक्रमणकाल र तराईका जिल्लाहरुमा पछिल्लो ३६ दिनदेखि जारी बन्द हड्तालका कारण उद्योगी व्यवसायीहरु मारमा परेका र जनजीवन प्रभावित भएकाले बन्द हड्ताल फिर्ता लिई वार्ता र संवादको माध्यमबाट अघि बढ्न पनि संगठनले आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै