सन्र्दभः राष्ट्रिय पुस्तकालय दिवस: पाठक छनः पुस्तक छैनन् ।

कृष्ण खनाल


बुटवल, १४ भदौ ।  
पछिल्लो समयमा पुस्तक पढ्ने पाठकको बानीमा परिर्वतन आएको छ । बदलिदो आधुनिक प्राविधिको कारणले समेत पुस्तक पढ्ने बानीमा ह्रास आउदैगएको छ । 
नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो । आज ७ औं राष्ट्रिय पुस्तकालय दिवस हो । देशभर पुस्तकालय दिवस मनाईरहदा यस क्षेत्रका पुस्तकालयमा  पाठकहरुको संख्या भने अत्यान्तै न्युन रहेको छ । बुटवल र यस आसपासमा स्थापना भएका विभिन्न पुस्तकालयहरुमा पुस्तक पढ्ने पाठकहरुको  एक प्रकारको ‘खडेरी नै लागेको ’ छ । 
बुवलमा महाविर पुस्तकालय, जनज्वोति पुस्तकालय, जानजागृती पुस्तकालय लगायतका पुराना पुस्तकालयहरु रहेका छन् । तर ति पुस्तकालयहरुमा पुस्तक पढ्ने पाठको संख्या अत्यान्तै न्युन रहेको पाईन्छ । 
रुपन्देहीमा केही पुस्तकालयहरुले नमुना पुस्तकालयको काम समेत गरेका छन् । सामुदायिक रुपमा स्थापना भएका पुस्तकालहरु रुपन्देहीको सैनामैना–१० बासगढीमा अवस्थित  लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र पनि एक हो । 
शिक्षाको अवसरबाट वञ्चित भएका समिाजिक आर्थिक तथा व्यवहारिक रुपल सक्षम बनाउनको लागि विभिन्न सिपमुलक तलिमको माध्यमबाट ग्रामिण महिला दिदिबहिनिलाई सीप प्रदान गरी स्वरोजगारको प्रदान गरी उनिहरुको पहुँचमा बृदि गर्ने उदेश्यले रीड नेपाल र स्थानिय समुदायको संयुक्त प्रयासमा मिति २०६९ साउन २१ ग्ते स्थापना भएको हो उक्त पस्तकालय । 
उक्त पुस्तकालयले ई लाईब्रेरीको  व्यवस्था गरेको छ ।  जसमा सामान्य ज्ञानदेखि लिएर कला ,धर्म साहित्य, राजनिती ,बिज्ञान  दर्शन आदिका किताबहरु रहेका छन । साथै साना डिस्प्ले दराजमा मासिक पत्रिकाहरु ,मानव अधिकारका किताबहरु,द्धन्द्घबाट पिडीत काहालीलाग्दा घटनाहरु समेत अध्ययन गर्न पाउने गरी पुस्तकाहरु राखिएको छ । 
२ दुधे बच्चापनि पुस्तकालयमा आएपछि घर फर्काउनलाई रुवाउनै पर्छ जाहाँ गरिब, दलित अपाँंग आदी समुदायका व्यक्तिहरु अध्ययन गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै जिल्ला शिक्षा कार्यालयबाट प्राप्त बाल कोटा को कक्षामा २० देखी ४०  जना बिधार्थी लाई जम्मा गरी बाल कक्षा सञ्चालन गर्दैं आाएका छौ उक्त कक्षा पुस्तकालयको बिदाको दिनमा बाहेक बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्दै आईरहेका छ । 

ग्रामिण  महिला वर्ग शिक्षाको पहुँचमा बृद्धि ल्याउने उद्देश्यले एउटा महिला कक्षको छुट्ै व्यवस्था,  एउटा संगित कक्ष मार्फत हार्र्मोनियन तथा गितारको साथमा बिभिन्न बाजाहरु राखिएका छन भने  युवाहरुको चाहनालाई ध्यानमा राख्दै खेलकुद कक्षको निर्माण गरिएको छ जाँहा जिम ,क्रिकेट ,बल आदी खेलकुदका सामानहरु राखिएका छन ।
   श्रव्यदृश्य कक्ष, कम्प्युटर कक्ष, समेत राखिएको छ । जसमा विभिन्न खाले कोर्सहरु समेत अध्यायपन गराउदै आएको छ ।  पुस्तकालयका सह सचिव तथा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख दिने पन्थीका अनुसार  उक्त पूस्तकालयले आर्थिक अभाव,,  पाठकको माग अनुसारका पुस्तकहरु उपलब्ध गराउन नसक्नुु, भौतिक सामग्रीहरु पुरा गर्न नसक्नु, सभाहलको अभाव, लोडसेडिगको  अवस्थामा वैकल्पिक साधनको अभाव हुनु लगातका अभावहरु झेल्दै  आएको छ । निकट भविश्यमा बौद्ध, मगर,थारु ,संस्कृत भाषा र  ब्रेललिपि सम्बन्धी कक्षाहरु संचालन गर्ने योजना बनाएको सह सचिव पन्थीको भनाई रहेको छ ।   उनले भने–‘यो पुस्तकालयालाई बौद्धिक संग्राहालयको स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढेका छौ ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

                                                   
                      
                                           
                                   
                                                                     
    

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै