रुपन्देहीकी महिलालाई १ लाखको अन्तरष्ट्रिय पुरस्कार


कृष्ण खनाल
बुटवल, असोज ।
१२ बर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाधिँएकी  रुपन्देहीको साविक केरवानी गाविस–९ हाल देवदह–५ केरवानीकी निर्मला थारु (चौधरी)ले अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् ।
ग्रामिण भेगमा काम गर्ने महिलाहरु मध्ये ‘एशियाका उत्कृष्ट ग्रामिण १ सय जना महिला’ मध्ये एकमा परेकी चौधरीलाई स्विटजरल्यान्डका ओमन्स वर्ल्ड समिट फाउन्डेसनले जनही एक हजार डलर अर्थात् झन्डै एक लाख छ हजार राशिको पुरस्कार प्रदान गर्न लागेको हो ।
 उक्त पुरस्कार अन्तर्रा्ष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते प्रदान गर्ने कार्यक्रम  तय गरिएको जनाइएको छ । केही समय पहिला ‘एसियन् रुलर वुमन कलेक्सन’ नाम अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले एशियाका १०० जना उत्कृष्ट महिलाको रुपमा सम्मान समेत गरेको छ । निर्मला चौधरी अहिले परिर्वतनका लागि कार्यरत महिला समुह(वाच)को अध्यक्ष, महिला जागरण समुहकी अध्यक्ष आदिवासी जनजाती महासंघ जिल्ला संमन्वय समितिको कोषाध्यक्ष,  नगरसंमन्वय समितिको अध्यक्ष लगायत एक दर्जन भन्दा बढि संघ संस्थामा आवद्व भएकी छिन् ।
Nirmala chaudhari 
आफ्नो विगत सम्झीदै बुटवल टुडे संगको कुराकानीमा निर्मला चौधरी भन्छीन्–‘वि.स.२०५२ सालमा गाउँमा समुह र एकता भनेको के थियो कसैलाई थाहा थिएन् ।’ परिर्वतनको लागि कार्यरत महिला समुह  वाचले गरिवी निवरण तथा स्थानिय महिलाहरुको जिविको पार्जनको लागि केरवानी गाविसमा जाँदा सुरुका दिनहरुमा चौधरी समुदायका पुरुषहरुले नै असहयोग गर्ने गरेको चौधरीको स्मरण रहेको छ । ‘पुरुषहरुको असहयोगको कारण महिलाहरु घरबाहिर निस्कने समेत डराउथे’–उनीले सम्झीन् । ‘त्यतिबेलाको समजमा  मुकविला गर्दै समुदायमा महिलाहरु भेला पार्ने काम गरिकी थिए ।’

महिलाहरुलाई साइकल चलाउन पनि दिईदैनथे, कुनै काम पर्दा कसैको साईकलमा चढेर गयो भने फल्नाको बुहारी फल्नासंग साइकलमा गई अब त्यहिसंग पोइला जान्छ पनि भनेर आरोप लगाए लगाएको उनको भनाई रहेको छ  ।  वि.स. २०५२ सालबाट सामाजिक र राजनितिक क्षेत्रमा उनी सक्रिय छिन् । पुरस्कार प्राप्त गर्ने खबरले आफुलाई खुसी लागेको  प्रतिक्रिया दिईन् । उनले भनिन्–‘धेरै खुसी लागेको छ, स्थानिय ग्रामिण भेगमा काम गरिरहेको मलाई अन्तारष्ट्रिय पुरस्कार पाउनु गौरवको विषय हो ।’
निर्मला चौधरी संगै चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवालीलाई पनि सोही पुरस्कार प्रदान गर्न लागिएको हो । नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने छ । नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ । सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै