दसैं बसलाई ५० लिटर तेल


कृष्ण खनाल
बुटवल, असोज ।
नेपालकै सबैभन्दा धेरै यातायात व्यवसयायीहरु

आवद्व रहेको पश्चिम नेपाल बस व्यवसायीहरुले आफु मातहतका सवारीसाधनहरु राहत दिने भएको छ । दसैंका लािग काठमाण्डौबाट लामो रुटमा यात्रु ओर्साने यातायातका साधनहरुलाई  लक्षित गरी प्रति बस ५०÷५० लिटर तेल प्रदान गर्न लागेको पश्चिम नेपा बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । उनका अनुुसार काठमाण्डौबाट लामो रुटका लागि लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा र अर्घाखाँचीका लागि राहत सहित तेल उपलब्ध गराउने निर्णय गरेको हो । 

संघले १९ गते देखि २५ गते सम्म चल्ने रुटमा चल्ने आफु मातहातका सावारीसाधनको लागि ५०÷५० लिटर डिजल उपलब्ध गराउने गरी निर्याण गरेको हो ।   खासगरी काठमाण्डौंबाट लुम्बिनी अञ्चल पहाडी जिल्लाहरु, पाल्पाको रामपुर, गुल्मी, अर्घाखाँचीको सन्धीखर्क लगायतका स्थानमा सञ्चालन  हुने बसलाई ५०÷५० लिटर तेल उपलब्ध गराउने निर्णय गरिएको हो । 
 संघका पदाधिकारीहरुको आईतबार साँझ बसेको बैंकले एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने भएको कारण यस्तो निर्णय गरिएको अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।  संघका महासचिव जीवन कुमार  बन्जाडेका अनुसार लामो रुटक सञ्चालन हुने बसले एक तर्फी रुपमा मात्र यात्रु ओसार्ने भएको कारण राहात प्रदान गर्न लागिएको उनको भनाई रहेको छ । 
अग्रीम टिकट बुकिङ्ग ३ दिन पहिला मात्र !
यस क्षेत्रबाट विभिन्न स्थानमा जाने यात्रुहरुलाई लक्षित गरी अग्रीम बुकिङ्ग टिकट खुल्ला गरेको भनिएपनि लामो सो अनुसार नभएको पाइएको छ । तिन दिन पछिको मात्र टिकट दिने गरी पश्चिम नेपाल बस व्यवसायी संघले व्यवस्थापन मिलाएको पाइएको छ भने बुटवल बाट अन्य स्थानमा छुट्ने अर्घाखाँचीको देउराली यातायात व्यवसायी समितिबाट सञ्चालित जीप तथा हाईसमा अग्रीम टिकट बुकिङ्ग यसपटक नखुल्ने निश्चित भएको पदाधिकारीहरुले जानकारी दिएका छन् । 
 यस्तै बुटवलबाट गुल्मीको लागि रेसुङ्गा यातायात, गुल्मी जीप व्यवसायी समितिले पनि अग्रीम टिकट बुकिङ्ग खोलका छैनन् । यस्तै पाल्पाको लागि श्रीनगर यातायात  व्यवसायी समितिले अग्रमीम टिकट बुकिङ्ग खोलेको  छैन ।

 पश्चिम नेपाल वस व्यवसायी संघ बुटवलका अध्यक्ष खरेलले गाडीमा बढि भिडबाड हुने हिसाबले ३ दिन को  समयअवधि राखिएको जानकारी दिए । उनका अनुसार तिन दिन पहिला मात्र आएर यात्रुले टिकट काट्दा सेवाग्राहीको भिडभाड कम हुने, डबल टिकट पर्नबाट जोगिने भएको कारण तिन दिन पछिको लागि मात्र अग्रीम टिकट बुकिङ्ग खुल्ला गरिएको  हो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै