महिनाभर पढाएको तलब २४ सय मात्र



कृष्ण खनाल
बुटवल, २१ जेठ ।

एउटा प्रथमिक तह अध्यापन गराउने शिक्षकको तलब कति हुन्छ ? पछिल्लो समयमा नेपाल सरकारले तोकेको वेशिक तलव १३ हजार भन्दा बढि छ । तर रुपन्देहीको बुटवल नगरपालिका भित्रको एक विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विगत ५ बर्ष देखि २ हजार ४ सय रुपँैया पाउदै आएका छन् ।
बुटवल–४ मैनाबगरको श्रीरामनगर टोलमा स्थानियको सक्रियतामा वि.स.२०६६ सालमा स्थापना भएका े‘मैनाबगर प्रथमिक विद्यालयका’ दुई वटा शिक्षीकाहरुले मासिक २ हजार ४ सय रुपैया र प्रध्यानाध्यपक ले २ हजार ८ सय  रुपैया तलब खादैँ आएका छन् । 
 विद्यलय परिषरमा अस्तव्यत्त रुपमा छरिएका निर्माण सामग्री ६ कोठाको एक एनजिओले निर्माण गरिदिएको भवन विद्यालयको सम्पत्ती यति हो । विभिन्न क्लवको सहयोगमा डेक्स र बेन्च समेत  व्यवस्था गरिएको छ ।  एक कक्षा देखि तिन कक्षा सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ४४ जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधानले विद्यालय सञ्चालनको लागि समस्यै समस्या रहेको बताए । उनले भने–‘तीन जना शिक्षीकाले ४४ जना विद्यार्थीहरु अध्यापन गराउदै आउनु भएको छ । ’ उनले थपे–‘जिल्ला शिक्षा कार्यालयले छात्र वृती र कितावका लागि दिने बार्षिक ४० हजार बाहेक विद्यालय सञ्चालनका लागि अन्य आयस्रोत छैन ।’
पि.सि.एफ. कोटाबाट आएको प्रति विद्यार्थी बार्षिक १६ सय रुपैँया र स्थानिय जनश्रमदान बाट उठेको रकमले शिक्षिकाहरुलाई तलव दिदै आएको अध्यक्ष प्रधानको भनाई  रहेको छ ।
विद्यालयमा पुर्वधार निर्माणको कसैले पनि चासो नदेखाको कारण शैक्षिक प्रगती समेत हुन नसकेको विद्यालयको भनाई रहेको छ ।
वि.स. २०६६ सालमा स्थानिय बासिन्दाहरुको सक्रियतामा स्थापना भएको विद्यालयको भवन सि.सि.सि नामको गैर संरकारी संस्थाले निर्माण गरिदिएको हो ।
विद्यालयमा एउटा मात्र सौचालय रहेको छ ।  जसको कारण शिक्षिका तथा छात्रा विद्यार्थीहरुलाई समस्या रहेको छ । जिल्ला शिक्षा कार्यालयले अहिले सम्म विद्यालयमा शिक्षक दरबन्दी समेत दिएको छैन् । सामान्य मजदुरी गरी जिविका चलाउनेका बच्चाहरु अध्ययन गर्ने विद्यालयमा खानेपानीको प्रयाप्त सुविधा समेत नभएको स्थानियहरु बताउँछन् ।
उता, बुटवल नगरपालिका भित्रै छात्रा शौचालयको व्यवस्था नभएको भन्ने कुरा अस्वभनिय भएको भन्दै बुटवल नगरपालिकका कार्यकारी अधिकृत बाबुराम गौतमले विद्यालयले नगरपालिकासंग पहल गरेरमा आफुले सहयोग गरिदिने बताए  । उनले भने–‘छात्रा सौचालय आवश्यक  रहेको छ,  निर्माणको लागि पहल  गरिदिनु छु ।’ जसको लागि स्थानिय तथा विद्यालयका सम्बन्धी व्याक्तिहरुले निवेदन लिएर बुटवल नगरपालिकामा आउनु पर्ने बताए ।
तस्वीर : बुटवल–४  मैनाबगरमा रहेको मैनाबगर प्राथमिक विद्यालय जहा अध्यापन गराउने शिक्षिकहरुले मात्र २४ सय तलब पाउछन् ।  तस्वीरः कृष्ण खनाल/ बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती