उप–महानगरपालिकाको बाटोमा बुटवल

कृष्ण खनाल
बुटवल, २४ जेठ ।
जनसंख्याको वितरण र आर्थिक स्रोतको कारण उप–महानगरपालिकाको मापदण्डमा पुरा नभएको बटवल नगरपालिका मा  अव उपमहानगर पालिका बन्ने आधारहरु पुरा भएका छन ।
 उपमहानगर पालिका भित्र हुनुपर्ने आवश्यक वडाको संख्या,  आवश्यक जनसंख्या र उपमहानगर पालिका भित्र हुनुपर्ने आर्थिक आम्दानीको आयस्रोत पुरा भएको बुटवल नगरपालिकाले जनाएको छ । शुक्रवार रुपन्देहीका दुई वटा गाविसहरु गाविएपछि उपमहानगर पालिका बन्ने मार्ग प्रसस्त्र भएको हो ।
बुटवल पश्चिमको छिमेकी गाविस सेमलार र मोतिपुर गाविस बुटवल नगरपालिका भित्र गाभिने सहमती राजनीतिक दलहरुको विचमा भएको छ ।
स्थानिय स्तरबाट जनमानिसहरुले पटक÷पटक  बुटवल नगरपालिका भित्र गाभिनु पर्ने आवाज उठेको थियो भने बुटवल नगरपालिका राजनीतिक दलहरुले पनि  मोतिपुर र सेमलार गाविसलाई बुटवल नगरपालिकमा गाभ्न आतुर थिए ।
बुटवल नगरपालिकामा बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालका अनुसार शुक्रवार बुटवल नगरापलिकामा विभिन्न राजनीतिक दलहरुको विचमा सर्वपक्षिय सहमती भएपछि सेमलार र मोतिपुर गाविस गाभिने पक्का भएको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘उताबाट पनि कुरा उठेको थियो अनि हामीले पनि यताबाट गाभ्नु पर्ने कुरा उठाएका थियौं जसबाट आज नगरपालिकामा गाभ्ने सहमती भएको छ ।’
उता, नेकपा एमाले क्षेत्र नम्बर ४ रुपन्देहीका क्षेत्रीय अध्यक्ष  रमेश नेपालले मोतिपुर र समेलार  गाविस नगरपालिकामा गाभ्ने कुरा स्वागत  योग्य भएको बताए । उनले भने–‘हिजोको दिनमा संकरनगर गाविसलाई यता बुटवल नगरपालिकामा गाभ्ने कुरा आएको थियो तर उता तिलोत्तमा नगरपालिका बनेपछि मोतिपुर र सेमलारलाई यता गाभ्नुको विकल्प थिएन ।’
बुटवल पश्चिममा सैनामैना  नगरपालिका  र पुर्वमा बुटवल नगरपालिकाको विचमा रहेका सेमलार र मोतिपुर गाविस कुनै एकमा गाभिनुको विकल्प नभएको कारण बुटवल नगरतर्फ गाभिएको उनको तर्क थियो ।
निकट भविश्यमा  नै उपमहानगर पालिकाको अवधारण अनुसार पनि बुटवल नगरपालिकामा यि दुईवटा गाविस गाभ्नु पर्ने आवश्यकता समेत रहेको थियो । निकट भविश्यमा नै सञ्चालनमा आउन थालेको मोतिपुर औद्योगीक क्षेत्र र तिनाउ औद्योगीक करिडोरको समेत संभावनाले उपमहानगरपालिकामा थप आर्थिक आय स्रोत जुटाउनको लागि सहयोग बन्न सक्ने संभावना समेत रहेको  छ ।
उता, नेपाली कांग्रेस नगरसभापती खेलराज पाण्डेले आफ्नो पार्टी सरकारमा रहेको कारण पनि आफ्नो क्षेत्रबाट बुटवल नगरपालिकालाई उपमहानगर पालिका बनाउनको लागि पहल गरिने बताए । बुटवल टुडे संगको कुराकानीमा उनले मोतिपर र सेमलार गाविस बुटवल नगरमा गाभिनुको कुनै विकल्प नभएको भन्दै यसले यस क्षेत्रमा उपमहानगरपालिका निर्माणको लागि थप सहयोग पुग्ने बताए
। उनले भने–‘उपमहानगर पालिका निर्माणको लागि केही थप वडा हरु थप्नु पर्ने आवश्यकता थियो दुई गाविस थपिएपछि झनै सहज भएको छ । ’
त्यस्तै, एकिकृत नेकपा माओवादीका क्षेत्रीय ईन्चार्ज कृष्ण पौडेलले बुटवल पुर्व देववह नगरपालिका पश्चिमा सैनामैना नगरपालिका र दक्षिणमा तिलोत्तमा नगरपालिका भएपछि विचको  यो क्षेत्र उपमहानगरपालिका बन्नुको विकल्प नभएको बताए । उनले राज्यसंग उपमहानगर पालिका निर्माणको लागि पहल गरिने भन्दै यसको लागि सबैको सहकार्य आवश्यक रहेको समेत बताएका थिए ।  उनले भने–‘यो क्षेत्रमा विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गरेर विभिन्न मापदण्ड पुरा गरेपछि उपमहानगर पालिका बनाउनको लागि कुनै अफ्ठारो छैन ।’
अहिले गाभिएको मोतिपुरमा नेपालको जनगणन  २०६८ अनुसार कुल घर धुरीको संख्या २ हजार २ सय ५९रहेको छ । कुल जनसंख्या १० हजार १ सय ९८ जना रहेका छन ।  जसमा पुरुषको संख्या  ५ हजार ८ सय २३ जना र महिलाको संख्या  ५ हजार ३ सय ७५  जना रहेका छ ।
त्यस्तै अर्को गाविस समेलारमा कुल घरधुरी संख्या  २ हजार १ सय ७६  रहेको छ । कुल जनसंख्या १० हजार ८२ रहेकोमा पुरुषको जनसंख्या ४ हजार ६ सय ५७ जना र महिलाको जनसंख्या ५ हजार ४ सय २५ रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती