ओभरहेड ट्याङ्गी निर्माणपछि खानेपानीको आशा

कृष्ण खनाल
बुटवल, १९ जेठ । 
आज भन्दा करिव ७ बर्ष अगाडी बुटवल नगरपालिका–४ श्रीरामनगर टोलकी लिलादेवी पुनको दैनिकी एक गाग्रो खानेपानीको लागि करिव एक घण्टामा पाखापानी धाउनु पर्दथ्यो । नजिकै तिनाउ खोला भएपनि  नुहाउन र धुनको लागि खोलको पानी  प्रयोग गर्ने उनी खानेपानीको लागि भने पाखापानी धाउनुको विकल्प थिएन् ।

त्यसको ठिक  २ बर्ष  उनको दैनिकीमा  केही परिर्वतन आयो । उनी एक गाग्रो पानीको लागि पाखापानी धाउने दिन गए । कारण थियो स्थानियको सक्रियातामा बुटवल–४ मैनावगरको श्रीरामनगर टोल ‘श्री मैनावगर प्रथमिक विद्यालय’को परिषरमा बोरिङ्ग गाडियो । खानेपानीको समस्या त सामाधान भयो तर बाधक बन्योःलोडसेर्डिङ्ग । लाईन (विद्युत) आएको बेलामा मात्र  पानी  आउने र लाईन नआएको बेलामा पानी नआउने समस्याको कारण विगत ५ बर्ष देखि स्थानियहरु आजित भएका थिए ।

स्थानिय ६४ बर्षिय लिला देवी पुनले आफ्नो विगत सम्झीदै खानेपानीको लागि कहिलेकाही पाखापानीमा  पानी नआउदा तिनाउ खोलाको  पानी खानुपर्ने बाध्यता रहेको बताईन् ।

उनले भनिन्–‘खाने पानीको लागि कि त पाखापानी नै जानुपर्दथ्यो की त तिनाउखोलाको पानी नै खानु पर्दथ्यो ।’ उनले  कयौं पटक पाखापानीमा पानी नभएको कारण तिनाउ खोलाको पानि खानु परेको समेत विगत सम्झीईन् ।

अहिले बोरिङ्ग गाडेपछि खानेपानी सहज भएको भएपनि लोडसेर्डिङ्गको कारणले खानेपानीमा समस्या भएको उनको भनाई रहेको छ ।  बोरिङ्गबाट तानिएको  पानी स्टोर गर्ने ट्याङकी निर्माण नभएको कारणले गर्दा  लाईन आउँदाको समयमामात्र पानी आउने र लाईन जाँदा पानी नआउने अवस्था रहेको छ ।

वि.स. २०६६  सालमा स्थानियको पहलमा बोरिङ्ग गाडेपछि खानेपानीमा केही सहज भएपनि  स्थानियले लाईन आएको बेलामा मात्र खानेपानी पाउने गर्दछन् । २ सय ७५ घरधुरी रहेको बुटवल–४ श्रीरामनगर टोलका स्थानियहरुले आगामी दिनमा भने खानेपानीको सास्ती खेप्नु पर्ने छैन । 

बुटवल नगरपालिकाद्वारा सञ्चालित सुसासन परियोजन(सुप) अन्र्तगत ओभरह्ण्ड खानेपानी ट्याङ्की निर्माण हुने भएपछि स्थानियले सुविधा पाउने छन्  ।  प्रति महिना मात्र ५० रुपैयामा तिर्दै आएका स्थानियले खाने पानी उपभोग गरिरहेका उनीहरुले सोही दरमा २४ सै घण्टा खानेपानी पाउनेछन् ।

 खानेपानीको आभेरह्याड टंकी निर्माणको लागि सोमबार  शिलन्यास गरिएको छ । उक्त पानी ट्याङ्कीको बुटवल नगरपालिकका कार्यकारी अधिकृत बाबुराम गौतमले शिलन्यास गरेका हुन ।

 युरोपियन युनियन, लुमन्ती, प्राटिकल एक्सन र बुटवल नगरपालिकाको संयुक्त शुसासन  परियोजना (सुप) अन्र्तगत खानेपानीको आभेरह्याड टंकी निर्माण परियोजनको कार्यक्रम संयोजक मोहन थापा बताउँदछन् ।  १ सय २० दिनमा पुरा गर्ने योजनाको साथ कार्य शुभारम्भ गर्ने जानकारी दिदै उनले करिव ३२ लाख ४० हजार रुपँैया लागतमा खानेपानी को ओभरह्णड टंकी निर्माण गर्न लागिएको बताए । उनले भने–‘शुसासन परियोजना अन्र्तगत यस क्षेत्रमा खानेपानीको समस्या भएको कारण हामीहरुले यो स्थान छनोटगरी खानेपानीको टंकी निर्माणको लागि सहयोग गरेका हौ ।’

उता, सुसासन परियोजनाकी फिल्ड सुपरभाईजर यशोदा थापाले सुसासन परियोजना अन्र्तगत अहिले ३८ वटा विभिन्न टोलहरुमा विभिन्न कार्य गर्दै आएकोमा बुनपा–४ श्रीरामनगर टोलमा खानेपानीको टंकी निर्माण गर्न लागिएको बताईन् । 

श्रीरामनगर टोल विकास संस्थाका अध्यक्ष प्रदिप प्रधानले  स्थानियको पहलमा  खानेपानीको लागि बोरिङ्ग गाडिएको भएपनि लोडसेर्डिङ्गको कारण खानेपानीमा समस्या आउने गरेकोमा आगामी दिनमा खानेपानी टंकी निर्माण भएमा सहजता आउने अपेक्षा लिएको बताए ।

बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले सब ैस्थानमा एकैपटक विकास संभव नभएको भन्दै  भिन्न भिन्न क्षेत्रमा विकास गर्दै जानु पर्ने बताए । उनले भने–‘विकास भनेको एकै पटक हुने होईन, यो विस्तारै हुदै जान्छ  हामी नगरबासी भएको कारण बुटवल नगरलाई नमुना नगरबनाउनको लागि विकास गर्नु आवश्यक रहेको छ ।’

 उनले स्थानिय जनताहरुलाई आ आफ्नो क्षेत्रमा नभएका विकास निर्माणको लागि आवज लिएर नगरपालिकामा आउन आग्रह गरे । उनले भने–‘कुनै विद्यालयमा छात्रा शौचालय छैन भने हामीकहा आउनुहोस् हामी केही रुपमा भएपनि सहयोग गछौ तर तपाईहरुको पनि जनश्रमदान र सक्रियता आवश्यक रहेको छ ।’

((((((((((((((((((((((((



 खानेपानीको ओभरहेड टंकी शिल्न्यास
बुटवल, १९ जेठ ।
बुटवल–४ मैनावगर श्रीरामनगर टोलमा शुसासन परियोजनाको अन्र्तगत खानेपानीको ओभरहेड ट्याकी निर्माण हुने भएको छ ।

वि.स.२०६६ सालमा स्थानियको पहलमा  बोरिङ्ग गाडीएको भएपनि लोड सेडिङ्गको समयमा खानेपानीबाट स्थानियहरु बञ्चित हुने गरेका थिए । युरिपियन युनियन, बुटवल नगरपालिका र लुमन्ती परियोजनाको संयुक्त लागतमा करिव ३० लाखको लागतमा ओरहेड खानेपानी ट्याकी निर्माण गर्न लागि एको हो ।

उक्त खानेपानी ट्याकीको सोमबार बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले शलन्यास गरे । कार्यक्रममा  श्रीराम टोल विकास समितिका अध्यक्ष देवु थापा,  सुसासन परियोजनामा  प्रमुख मोहन थापा, बुटवल नगरपालिकका  बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, स्थानि मैनावगर प्राथमिक विद्यालय व्यस्थापन समितिका अध्यक्ष प्रदिप महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती