जग्गा कब्जा गर्ने तर भवन नबनाउने

कृष्ण खनाल
बुटवल, ३ असार  । 
‘लायन्स क्लव ईन्टर नेशनल डिष्ट्रीक ३२५ बि २’ ‘ तिलोत्तमा लायन्स तथा लाईनेश क्लव अपाङ्ग सेवा केन्द्र निर्माणाधिन भवन निर्माण स्थल’ बुटवल–६ नेपाल खानेपानी संस्थान नजिक यस्तो प्रकारको होर्डिङ्ग बोर्ड टाँसीएको करिव ४ बर्ष  भन्दा बढि भएको छ ।  
होर्डिङ्ग बोर्डमा भवन निर्माण स्थल लेखिएको भएपनि  भवन निर्माणको कुनै पनि सुरसार तथा अत्तो पत्तो छैन ।   होर्डिङ्ग बोर्ड टाँसेर सार्वजनिक ‘जग्गा कब्जा’ गरेको तिलोत्तमा लायन्स तथा लाईनेश क्लवले अहिले सम्म भावन निर्माणको गरेको छैन ।  

यो एउटा उदाहरण मात्र हो । बुटवल नगरपालिकामा विभिन्न सामाजिक उदेश्यको लागि भनेर विभिन्न संघ सस्थाले सार्वजनिक जग्गामा कब्जा गर्ने गरेको भएपनि भवन निर्माण गर्ने तर्फ कुनै  पनि ध्यान दिएको पाईदैन । बर्षौ सम्म  ‘भवन निर्माण स्थल’ तथा ‘भवन निर्माणाधिन स्थान’  लेखेर बोर्ड टास्ने गरेपनि   कयौ संघ सस्थाहरुले भवन निर्माण गर्ने गर्दन्न । विभिन्न आर्थिक पाटोलाई देखाउदै  उनीहरुले भवन निर्माण गर्न नसकेको र  निर्माण प्रक्रियामा रहेको भनेर उम्कीन्छन् । 

जसको कारण  बास्तविक समाज सेवाको काम गर्ने भनेर भवन निर्माण गर्नको लागि बुटवल नगरपालिकामा धाउने संस्थाहरु पनि धेरै छन् । तर उनीहरुले जग्गा पाउदैन्न । कारण पहिला नै विभिन्न संघ संस्थाहरुले ‘ फलानोको संस्थाको भवन निर्माण स्थल’  भनेर  पहिलानौ बोर्ड टाँस्ने  गर्दछन् । 

लायन्स क्लव तिलोत्तमाका वर्तमान अध्यक्ष  प्रमोद कुमार कसजुका अनुसार बुटवल नगरपालिका संग जग्गा माग गरिएको र स्वीकृती नै प्रदान नगरेको कारण आफुहरुले भवन निर्माण गर्न नसकेको बताए ।   उनले नगरपालिकामा निश्चित प्रक्रिया नमिलेको  कारण आफुहरुले ‘अपाङ्ग सेवा केन्द्र’  को भवन निर्माण हुन नसकेको बताए ।  बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘भवन निर्माणको लागि बुटवल नगरपालिका संघ कुरा भएको हो तर स्वीकृत पाएका छैनौं पाएपछि भवन निर्माण गछौं ।’ उनले बुटवल नगपालिकाले स्वीकृती नै प्रदान नगरि आफुहरुले बोर्ड  राखेको समेत बताए । 

बुटवल नगपालिका संगको स्वीकृती विना राख्न मिल्छ? भन्ने संवादाताको जिज्ञासमा उनले भने–‘अन्य संस्थाहरुले पाएको पाएै छन हाम्ले किन नपाउनु ।’
अपाङ्ग सेवा केन्द्र को  रुपमा भवन निर्माण गरी विभिन्न दाताहरुबाट सहयोग ल्याएर खासगरी कृत्रिम अङ्गको सहयाताबाट हिड डुल गर्न सक्ने अपाङ्गता भएका व्याक्तिहरुलाई सेवा प्रदान गर्ने अध्यक्ष कसजुको भनाई रहेको छ । ‘दाताबाट भवन नभएपछि सहयोग पनि आएको छैन, भवन भएपनि अपाङ्गता भएका व्इाक्तिहरुलाई कृत्रिम अंगहरु सहयोग गर्ने हाम्रो लक्ष्य हो ।’

उता, बुटवल नगरपालिकका कार्यकारी अधिकृत बाबुराम गौतमले अहिले कुनै पनि संस्थालाई सार्वजनिक जग्गा दिने नीति नै अख्तियारले बन्द गरेको बताए । उनले अघिल्लो  सरकारको पाला देखि नै कुनै पनि संघ सस्थालाई कुनै पनि  सार्वजनिक जग्गा दिन नपाउने अख्तिीयार आएको समेत बताए । उनले भने–‘नगरपालिकाले कुनै पनि जग्गा दिएको छैन वहाहरु आफैले  बोर्ड टास्नु भा होला ।’ 
बुटवल नगरपालिकामा कुनै पनि सरकारी कार्यालय स्थानना गर्नको लागि  सरकारी जग्गा अभाव रहेको  छ । तर केही बर्ष  पहिला बुटवल नगरपालिका संघ स्वीकृती लिएर विभिन्न भवनहरु निर्माण गरेका संघ संस्थाहरुले सामाजिक कार्यको लागि भन्दा पनि व्यापार गर्ने थलोको रुपमा विकास गरेका छन् । 
जग्गा स्वीकृत लिँदा सामाजिक कार्यको लागि भनेर
लिने र पछि भवन निर्माण गरेपपिछ भाडामा दिई नाफा कमाउने काम गरेका छन् ।

  तस्वीर :::::::::बुटवल–६ नेपाल खानेपानी संस्थान कार्यालय अगाडी  नगरपालिकाको स्वीकृती विना तिलोत्तमा लायन्स र लायनेश क्लवले ४ बर्ष पहिला भवन निर्माणधिन स्थल भन्दै गाडेको होडिङ्ग बोर्ड । तस्वीरः कृष्ण खनाल/ बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती