कसरी पुगिन नेपाली छोरी तेरिया टप ५ मा ?

कृष्ण खनाल 
बुटवल, २४ जेठ । 
पुस महिनाको सिरेटोमा एका विहानै रुपन्देहीको रुद्रपुरबाट मोटरसाईकलमा नातिनी तेरिया मगरलाई लिएर बुटवलको बागेश्वरी संगितालयमा नृत्य सिकाउन आउँदा ६२ बर्षिय कृष्ण बहादुर फौजामगरको सरिर हुस्सुले पुरै सेताम्मै हुन्थ्यो । 
जाडोको कुनै प्रवाह नगरी आफ्नी  नातिनीको नृत्य प्रतिको सौखलाई हजुरबुबा कृष्ण बहादुरले कहिल्यै मर्न दिएन्न । विहानको चिसो सिरेटोमा रुद्रपुर गाविस–३ सुनगावाचोकबाट बोकेर उनले बुटवल–११ मिलनचोकमा रहेको बागेश्वरी संगीतालयमा ल्याउथे, अनि नृत्य सिकाएपछि घरमा लैजान्थे ।
तिनै तेरिरया फौजा मगर अहिले भारतिय चर्चित टेलिभिजन ‘जि टि भी’ ‘डान्स ईन्डीया डान्स(डिआईडी–लिटील मास्टर सिजन–३) को टप ५ मा पर्न सफलभएकि छिन् । सानै देखि नृत्यमा औधी रुचीराख्ने  तेरियाकी आमा अनिता फौजामगर पनि राम्रो नृत्यंगना हुन् । 

धेरै जसो जीटिभी हेर्ने र ‘एक दिन म पनि जि टिभिमा जान्छु रु अरु जस्तै नाच्छु’ भन्ने  संकल्प लिएकी  तेरियालाई  यहासम्म ल्याउनको लागि उनका हजुरबुबा कृष्ण बहादुर फौजा मगरको ठुलै योगदान   गरेका छन् । 
वि.स. २०६७ सालमा ईको जापानिज कम्पनीले रुपन्देहीको लुम्बिनीमा आयोजना गरिको  डान्सीङ्ग अडिसनमा तेरिया ५ नम्बरमा परेकी थिईन् । लुम्बिनीबाट ५ जना सहभागी भएकोमा उनीलाई काठमाण्डौमा अडिसनको लागि बोलाइयो त्यहा उनी प्रथम भईन् १ लाख रुपैँया नगद पनि जित्न सफल भईन् । यसरी उनको नृत्यमा प्रतिपर्धा त्यहाबाट सुरु भएको थियो । 
तेरियाले हजुरबुबालाई डिआईडीमा जान्छु भनेकी भएपनि उपयुक्त  समय नमिलेको कारण जान पाएकी थिईन्न । १ लाख रुपैया काठमाण्डौंमा जितेपछि उनका हजुरबुबाले  डिआईडीमा जाने हिम्ममत गरे । भारतको बम्बईमा रहेका आफ्ना भतीजा तेज बहादुर फौजामगरसंग सम्पर्क गरी डिआईडीमा ‘हामी जान सकिन्छ की सकिदैन सोधे’ ।

 डिआईडीले एउटा हिन्दी गीतमा डान्स गरेको भिडीयो पठाउन भन्यो ।  बागेश्वरी संगीतालायमा तेरियाको गुरु मुकेस गुरुङ्ग र ओम पुनको सहयातमा भिडियो पनि तयार भयो । बम्बाई पठाइएयो अनि भिडियो ‘ओके’ भयो । 
उनलाई ‘डिआडी’बाट बम्बाई आउन सक्छौ  भनेर अनुमति दियो । त्यपछि कोरियो ग्राफरको खोजी भयो । उनका गुरु मुकेश गुरुङ्गलाई कोरिग्राफको लागि जान उनका हजुर बुबालेआग्रह गरे तर उनी विशेष कारणले जान पाएन्न । 
त्यसपछि  कोरियोग्राफर ईन्टरनेटमा खोज्ने काम भयो  । सार्थक मिश्र नामको कोरियो ग्राफर भेटिए । उनले तेरियालाई उनले भेट्न खोजे । पछि मुम्बई गएपछि उनलाई तेरिया लाई सार्थक मिश्र संग भेट भयो । हिन्दी राम्रो सं्रग बोल्न नआउने तेरियालाई कोरिया ग्राफरले अंग्रेजीमा कुरा गरे । तर उनले हिन्दीमा जवाफ दिईन् । कोरियो ग्राभरले‘ओ के बेटी हाम तुमारे पास काम गरेङ्गे( हुन्छ म तिम्रो साथमा काम गर्छु)’ भने । 
जनवरीको १९  तारिकमा अडिसन पहिलो थियो । 
जनवरी १३ तारिकममा तेरिया सहित उनका हजुर बुबा नेपालबाट बम्बइको लागि गएका थिए । कोरियो ग्राभरले एउटा गीतमा कोरियो ग्राफि गरेको २२ हजार भारतिय रुपैया लिए अनि  छुट्टै ड्रेसको १५ सय भारतिय रुपैया । त्यसपछि उनीलाई अडिसनमा लगियो । ३ वटा अडिसन पास गरेपछि मात्र टिभी च्यानलमा  लैजाने काम हुन्थो । अनि हजुरबुबालाई जि टिभीले त्यहाबाट दिल्ली बाट अडिसन दिन भन्यो । टिकट काटिदियो अनि नातिनी टेरिया लिएर हजुरबुबा कृष्ण बहादुर फौजा दिल्ली गए । 
बम्बईमा धेरै कलाकार भएको कारण प्रतिष्पर्धा धेरै नहोस भन्नको लागि दिल्ली पठाइएको थियो । दिल्ली गएपछि उनी सेलेक्ट भईन् । अनि पुनः उनलाई बम्बई आउन भनियो ।

फेबु्रअरिमहिनाको–८ तारिकदेखि ‘मेघा अडिसन’ भयो ।  अनि मेघा अडिसनमा पास भएमा सबै खर्च र व्यवस्था डिआइडीले नै गर्ने सम्झौता भयो । मेघा अडिसनमा पास भईन् तेरिया । डेढ महिना भारतमा बस्दा उनका हजुर बुबाले १ लाख  भारतिय रुपैयाँ खर्च गरेका थिए तेरियाको लागि । भारतमा सबैभन्दा बढि सहयेग तेज बहादुर फौजाको रहेको छ । तेरियाका हजुरबा कृष्ण बहादुर फौजा मगरले आफ्नी नातिनीलाई अवसर नदिएको भए  अहिलेको स्थानमा आउन नसक्ने बताउँदछन् । अहिले आफ्नी नातिनी ४ लाख प्रतिपष्र्धीहरुलाई पाखा लगाउदै टप ५ मा पर्न सक्नु एउटा गौरवको विषय भएको बताउँदछन् । उनले भने–‘अहिले टप फाईभमा पुगेकी छिन् नम्बर वान हुन्छीन् भन्ने आशा  मलाई छ ।’ रुपन्देहीको रुद्रपुरको मात्र नभई सिंगो नेपालको समेत नाम राख्न सकेको खुसी लागेको उनको प्रतिक्रिया रहेको छ । 
 वि.स.२०५९ साल साउनमा जन्मीएकी तेरीया रुद्रपुरमा रहेको ‘रुद्रपुर पिसल्याड भुपु शैनिक विद्यालयकी कक्षा–६ मा अध्यनरत विद्यार्थी हुन् । कक्षामा सधै प्रथम हुने उनी त्रैमासिक परिक्षामा कहिले काही दोस्रो स्थानमा आउँदा आशु झार्ने गरेको उनका हजुरबुबाको भनाई रहेको छ ।
  
उता, तेरियाकी दिदी रिज्मा फौजामगरले  सानो उमेरमानै बहिनी तेरियाले विश्वसामु नै नाम राख्न सकेकोमा गौरवको विषय भएको बताईन् । उनले भनिन्–‘मैले यस्तो बहिनी पाउनुमा गौरवाम्वीत भएकी छु ।’
 विहिवार साँझ रुद्रपुरमा रहेको तेरिया फैजामगरको घरमा भेटिएका नृत्य निर्देशक तथा संगीतकार ओम पुनले तेरियाको आखाले गितका भाव बाताउने गरेको बताए । उनले भने–‘उनलाई लेडिज गोविन्दाको रुपमा लिन सकिने सकिन्छ ।’
तरियाकी आमा अनिता  फौजा मगरले छोरीले सानो उमेरमा नै सिंङ्गो रुपन्देही वासीहरुको  मात्र नभई नेपालकै नाम राख्न सफल भएकोमा धेरै खुसी लागेको बताईन्  । उनले भनिन्–‘हाम्रो लागि यो गौरवको विषय हो, उनी टप ५ मात्र होइन् टप १ मा नै पर्न सक्छिन भन्ने  हाम्रो कामना रहेको छ ।’ 

विहिवार जि टिभीको टोलि सहित नेपाल आएकी तेरियालाई विहिवार भैरहवा विमानस्थल बा स्वागत गर्नेहरुको लर्को लागेको थियो  । भैरहवा देखि उनको घर रुद्रपुर सम्म ठाउ ठाउमा हजारौ मानिसहरुले स्वागत तथा सम्मान गरेका थिए । ठाउ ठाउमा उनको स्वागतको लागि हजारौ मानिसहरु लामबद्व थिए । उनको सम्मानमा रुद्रपुरमा आयोजना गरिएको कार्यक्रममा हजारौ मानिसह

रु सहभागी थिए । उनलाई रातीको करिव २ बजे सम्म पनि स्वागत र सम्मान गर्ने क्रम जारी रहेको थियो । 
यसैविच, तेरियालाई उनी नृत्य सिकेको बागेश्वरी संगीतालयले समेत भव्य स्वागत तथा सम्मान गरेको छ । उनका गुरु तथा बागेश्वरी संगीतालयका प्रमुख सुरेश सेन्चुरी लगायतले उनको सम्मान गरेका हुन । त्यस्तै नेपाल मगर संघ र नेपाल मगर महिला संघले बुटवल नगरकमिटिले पनि सम्मान गरेको  छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती