कार्यान्वयन भएन अपाङ्गता सम्बन्धी महासन्धी

कृष्ण  खनाल
बुटवल, १७ जेठ । 
नेपाल सरकारले अपाङ्गता भएका व्याक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिलाई अनुमोदन गरेको करिव ६ बर्ष पुरा भएको छ । महासन्धी सन् २००६ पारित भएपनि नेपाल सरकारले  सन् २००८   सालमा  अनुमोदन गरेको हो ।   
अनुमोदन गरिएको आधा दशक समेत भएको छ  तर यसको व्यवहारिक कार्यान्वय  हुन सकेको छैन । संयुक्त राष्ट्र संघले पारित गरेको उक्त महासन्धीमा अपाङ्गता भएका व्याक्तिहरुले पाउनुपर्ने हक तथा अधिकारी, अपाङ्गमैत्री भौतिक संरचना, निःशुल्क शिक्षा तथा अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरुको क्षमता अनुसारको रोजगारीको सृजना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । तर यि कुराहरु अहिले सम्म कागजमा मात्रै सिमित रहेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ  केन्द्रीय सदस्य तथा  नेपाल नेत्रहिन संघका केन्द्रीय महासचिव शिसिर खनाले अपाङ्गता भएका व्याक्तिहरुको लागि संयुक्त राष्ट्रसंघको ‘अपाङ्गता भएका व्याक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा अपाङ्गता भएका व्यायिक्तहरुलाई  विकास निर्माण होस या कुनै  पनि विषयको निर्णयक प्रक्रियामा सहभागी  गराउनु पर्ने भएपनि अहिले त्यस्तो हुन नसकेको बताउँदछन् । उनले भने–‘अपाङ्गमैत्री  विकास निर्माण तथा  कुनै पनि प्रकारका भौतिक संरचना  निर्माणको  निर्णयक प्रक्रियामा अपाङ्गता भएका व्याक्तिहरुलाई सहभागीता गराईनु पर्दछ तर यहा त्यस्तो भएको छैन ।’
 त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेलले पनि नेपाल सरकारले अपाङ्गता अधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेको आधा दशक पुरा भईसके पनि  यसको पुर्णरुपमा कार्यान्वन्यन नभएको बताउदछन् । उनले भने–‘महासंन्धीमा सरकारले हस्ताक्षर गरी अनुमोदन गरेको छ र तर यसको पूर्णरुपमा कार्यान्वयन अहिले सम्म पनि हुन सकेको छैन ।’

उता, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल सदस्य खुम शर्माको पनि पनि गुनासो एउटै रहेको छ । ‘सरकारले महासन्धीमा हस्ताक्षर गर्छ तर कार्यान्वयन गदैन । उनले अपाङ्गता भएका व्याक्तिहरुको सूचनाको हक तथा पुर्णरुपमा मानवअधिकारको प्रत्याभुतिको ग्यारेन्टी महासन्धीमा गरेको भएपनि यसको व्यवहारिकतामा कठिनाई भएको  बताए । उनले भने–‘आधारभुत मानवअधिकारको कुरा पनि यसमा उठाएको छ तर सम्बन्धीत सरोकारवाले कुनै ध्यान दिएको छैन ।’
उता, राष्ट्रिय अपाङ्गमहासंघ पश्चिमाञ्चल क्षेत्रीय कोषाध्यक्ष तथा  अपाङ्गता जिल्ला संमन्वय समिति रुपन्देहीका उपाध्यक्ष हुमनाथ अधिकारीले महासन्धीको अनुमोदन भएपछि केही कुराहरुमा परिर्वतन आएको भएपनि पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने–‘कामै नभएको भन्ने होईन विस्तारै भौतिक पुर्वाधारहरु अपाङ्गमैत्री बन्दै गएका छन् तर त्यति प्रायाप्त छैन ।

संयुक्त राष्ट्रिसंघले अपाङ्गता अधिकारसम्बन्धी महान्धलाई राष्ट्रसङघीय महासभाले सन् २००६ को डिसेम्बर १३ तारिखका दिन जारी गरेको थियो । यस महासन्धिको बीसौं अनुमोदन प्राप्त भएपछि सन् २००८ को मे १२ तारिखदेखि यो महन्धि लागू भएको छ । त्यसमा अपाङ्गता भएको व्याक्तिहरुको अधिकारसम्बन्धी ५० धारा रहेका छन ्। जसको उदेश्य अपाङ्गता  भएका सम्पूर्ण व्याक्तिहरुको अधिकारसम्बन्धी सब मानवअधिकारको संरक्षण, सम्बर्धान् र पुर्ण तथा समान उपभोग गराउनु र त्यस्ता व्याक्तिहरुप्रति सम्मानलाई प्रवद्र्धन गर्नु महासन्धिको उदेश्य रहेको छ ।

संयुक्त राष्ट्रसङघीय महासभाले सन् २००६ को डिसेम्बर १३ तारिकका दिन जारी गरेको महासन्धिलाई हालसम्म १३६ देशले हस्ताÔर र ४१ वटा देशले अनुमोदन गरेका छन् ।
यो महासन्धिका सिद्धान्तहरुमा अपाङगतालाई परिवर्तनशील अवधारणको रुपमा लिइनु, पहु“चयुक्तता, अधिकारको अविभाज्य र बहुआयामिक भेदभाव, सहभागिता र समावेशीकरण अन्तराष्ट्रिय सहयोग, अन्य अन्तरसम्बन्धित सिद्धान्तहरु, व्यक्तिगत गतिशीलता, घर तथा परिवारको सम्मान आदि महासन्धिका सिद्धान्त रहेका छन ्।

उता, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले अपाङ्गताको क्षेत्रमा काम नै  नभएको अवस्था नरहेको भन्दै अपाङ्गता भएका व्याक्तिहरु,  सम्बन्धीत संघ संस्थाहरु सक्रिय भएमा जिविसले पनि विभिन्न कार्यक्रममा सहयोग गर्न सक्ने बताए । उनले  जिल्ला परिषद् बाट कुल बजेटको निश्चित प्रतिशत अपाङ्गता भएका व्याक्तिहरुको सिपमुलक, आयमुलक र चेतनामुलक क्षेत्रमा खर्च गरिने उल्लेख भए अनुसार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको बताए । भौतिक पुर्वाधारहरु निर्माणको लागि भन्दा पनि अपाङ्गता भएका व्याक्तिहरु कसरी आत्मनिर्भर हुन सक्दछन् भन्ने विषयमा केन्द्रीत रहेर कार्यक्रम गर्नु आजको अवश्यकता रहेको उनको भनाई रहेको छ । उनले भने–‘कार्यक्रमहरु लिएर आउनुहोस विगतका दिनहरुमा पनि जिविसले सहयोग गर्ने गरेको थियो आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहनेछ ।’
बुटवल नगरपालिकका सामाजिक विकास अधित दामोदर ज्ञवालीले पनि अपाङ्गता क्षेत्र अलि बढि संम्बेदनशिल क्षेत्र भएको कारण आफुहरुले जहिले सहकार्य जहिले पनि अगाडी बढाईरहने बताए । उनले भने–‘हामीले राष्ट्रिय अपाङ्ग महासंघ संग संमन्वय गरेर काम गरिरहेका छौ आगामी दिनमा पनि   सहकार्य जारी रहने छ ।’
((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((

अपाङ्गता सम्बन्धी कर्याशाला गोष्ठी 
बुटवल संवाददाता
बुटवल, १६ जेठ । 
‘अवारोधहरु  हटाउँदै सबैका लागि समावेशी र पहुँच  युक्त समाज को सृजना गरौ’ भन्ने मुल नाराका साथ ‘अपाङ्गता भएका व्याक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६ को अभिमुखीकरण  तथा यसको कायान्वयनमा सरोकारवालाको भुमिका विययक कर्याशाला गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल समिति बुटवलको आयोजना र बुटवल नगरपालिकाको सहयोगमा  शुक्रवार भएको कार्यक्रममा यस क्षेत्रका विभिन्न सरकारी  तथा गैरसरकारी संघ संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवि बहादुर पोख्रेलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, बुटवल नगरपालिकाका सामाजिक विकास अधिकृत दामोदर ज्ञवाली, नायव सुब्बा रोमकान्त अचार्य, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल सदस्य खुम शर्मा, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष मोतिलाल पाण्डे, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य तथा नेत्रहिन संघका केन्द्रीय महासचिव शिसिर खनाल, पत्रकार ईन्दिरा अर्याल, वल्ड भिजन नेपाल बुटवल क्षेत्रविकास कार्यक्रम प्रमुख प्रेम घिताल लगायतले बोल्दै अपाङ्गताहक अधिकारको बारेमा सरकार गम्भिर हुनुपर्ने बताएका थिए । 
कार्यक्रमको स्वागत अपाङ्गता जिल्ला संमन्वय समितिका उपाध्यक्ष हुमनाथ अधिकारीको स्वागत तथा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिाञ्चल कार्यक्रम संयोजक सावित्रा घिमिरेको सञ्चालनमा भएको थियो । 
तस्वीर पनि संलग्न छ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती