रुपन्देहीमा सभ्यताका सुुचाकांङ्क थपिदै

कृष्ण खनाल 
बुटवल, ४ असार  ।
 चार बर्ष पहिले रुपन्देही जिल्लाको सभ्यता र मानव सुचाकांक १ मात्र थियो । रुपन्देही जिल्लाको पहिलो खुला दिशा  मुक्त गाविसको रुपमा घोषणा भएको शंकरनगर गाँउ विकास समितिले वि.स.२०६७ सालमा जिल्लालाई मानव विकासको पहिलो सुचाकांक प्रदान गर्नमा  सहयोग गरेको थियो ।  चार बर्ष पछि उक्त गाविसले तिन वटा सुचांकाक प्राप्त गरि सकेको छ । पुर्ण साक्षर गाविस, पुर्ण खोप युक्त गाविस र खुला दिशा मुक्त गाविस  घोषणा भएको एक मात्र गाविस शंकरनगर गाविस हो । 
यसको अलवा जिल्लामा अहिले एक वा दुई भन्दा बढि शुचकांक  हासिल गरिरहेका छन्  भने अझै ६० वटा गाविस  खुला दिशा मुक्त गाविस घोषणा हुन सकेका छैन्न । तर यि गाविसहरुमा अहिले  शौचालय निर्माणको कामहरु धमाधम भैरहेको जिल्ला खानेपानी तथा सरसफाई स्वाच्छा संमन्वय समितिका अध्यक्ष तथा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले  बताउँछन् । 
सन् २०१७ (वि.स.२०४२ साल) सम्म नेपाललाई खुला  दिशा मुक्त गर्ने अभियान नेपालभर चलेको छ । सोही अनुसार  रुपन्देही जिल्लामा पनि  खुल्ला दिशा मुक्त जिल्ला बनाउने अभियानमा ‘हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्भ छ ।’ भन्ने नाराका साथमा धमाधम खुला दिशा  मुक्त गाविस बनाउने अभियान जारी रहेको छ ।  यसको अलवा आधारभुत शैक्षिक शिक्षा प्राप्त गाविस, पुर्ण सरसफाई गाविस तथा पुर्ण साक्षर गाविस  समेत घोषणा हुने क्रम समेत पढेको छ ।

 रुपन्देही जिल्लाका शंकरनगर, मोतिपूर, पश्चिम अमुवा, मानपकडी, मधौलिया, गंगोलिया, करहिया, मानमटेरीया, आनन्दवन र चिल्हीया पूर्ण खोप गाबिस घोषणा भईसकेका छन । 
त्यस्तै वेदकुईया, टिकुलीगढ, सेमलार, असुरैना, केरवानी, धमौली गाबिसलाई पूर्ण खोप गाबिस घोषणाका लागि जिल्ला खोप समन्वय समितीले अनुमति प्रदान गरिसकेको छ ।  त्यस्तै शकरनगर, तिलोत्तमा नगरपालिकाको मक्रहर बाहेक ५ गाविस, सैनामैना नगरपालिकाका सबै गाविसहरु, मोतिपर, सेमलार, प.अमुवा, फर्साटिकर, हर्नैया, बुटवल नगरपालिकाको वडा नमबर १५ र  १४, रोहिनिया, देवदह गाविस, चिल्हिया गाविस  खुला दिशा मुक्त गाविस घोषणा भैईसकेका छन् । 
खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय योगीकुटी रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीका अनुसार  रुपन्देही जिल्ला सन् २०१७  सम्म  खुला दिशा मुक्त  जिल्ला घोषणा हुनेछ ।  जुन सफलताको लागि नजिक नजिक पुगेको उनको तर्क रहेको छ ।  

रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी  विश्व प्रकाश अर्यालले खुदा दिशा मुक्त क्षेत्र घोषणा गर्नुको कारण अन्य विकासका चुचाकांकहरुको सूची जिल्लामा विस्तारै थपिँदै गएको बताए । उनले अहिले जिल्लामा रहेका विभिन्न गाविस तथा टोलहरु पूर्ण साक्षर, पुर्ण खोपयुक्त र खुला दिशा मुक्त हुने क्रम बढेको  समेत बताउदछन् । उनले भने–‘यो रुपन्देही वासीहरुको गौरवको कुरा हो, हामी सन् २०१७ सम्ममा  खुला दिशा मुक्त जिल्ला घोषणा गरेर छोड्छौ ।’

उता, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले  सरसफाईको थालनी आफैबाट सुरु गर्नुपर्ने भन्दै सम्पूर्ण सरकारी कार्यालयहरुले एक दिन विदाको समय मिलाएर स्वयमसेवि रुपमा कार्यालय, कार्यालय परिषर र आफ्नो वरपर सरसफाई गर्नु पर्ने बताउदछन् । मानव विकास सभ्यताको रुपमा आफ्नो स्थान स्वच्छ र सफा भएमा  अन्य क्षेत्र पनि राम्रो हुने भन्दै मुख्य सचिव पौडेलले भने–‘हामीले जस्तो खालको वातावरण पाएका थियौ त्यस्तै प्रकारको वातावरण आगामी पुस्तालाई हस्तानान्तरण गर्न अभियानमा लागौ ।’ उनले घरले काम कार्य र सरसफाईको क्षेत्रमा महिलाहरुको सहभागीता बढि हुने भएको कारण महिलाहरुलाई बढि भन्दा बढि सरसफाईको क्षेत्रमा जागरण फैलाउने कार्यमा लगाउनको लागि अग्रह  समेत गरे ।  ‘जस्ले राम्रो काम गर्छ त्यस्तो व्याक्ति लाई प्रोत्साहन गरी अगाडी बढाउने  उनको तर्क थियो । स्थानिय स्तरमा हुने विभिन्न क्रियाकलापहरुमा स्थानिय स्तरकै  मानिसहरुको बढि सहभागीता गराउनु पर्ने उनको भनाई रहेको छ । 

(((((((((((((((((((((((((((
चिल्हिया गाविस  खुला दिशा मुक्त घोषणा
बुटवल, ४ असार ।  रुपन्देहीमो नवौं खुला दिशामुक्त  गाविसको रुपमा चिल्हिया गाविस घोषणा भएको छ । गाविसमा एक घर एक शौचालय अभियान अन्र्तगत स्थानिय आमा समुह, विद्यालय तथा विभिन्न  संघ संस्थाको पहलमा अभियानमा सौचालयहरु निर्माण गरेपछि खुला दिशा मुक्त गाविस घोषणा गरिएको हो । 
बुधवार एक कार्यक्रमको अयोजना गरी नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले ‘खुला दिशा मुक्त क्षेत्रको भएको प्रमाण–पत्र गाविस सचिव केशव भट्राईलाई प्रदान गी खुला दिशा मुक्त गाविस भएको घोषणा भएका थिए । 
गाविसमा ९ सय ७४  घरधुरी रहेको छन् । वि.स.२०६८ को जनगणा अनुसार कुल जनसंख्या ५ हजार ८ सय ७९ रहेको छ । जसमा महिलाको संख्या २ हजार ९ सय २४ र पुरुषको संख्या २ हजार ९ सय ४४ जना रहेका छन् । 
चिल्हिया गाँउ विकास समितिका सचिव तथा खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समिति गाउ संमन्वय समितिका अध्यक्ष केवश भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिविस प्रतिनिधी विष्णु तिवारीले स्वागत मन्तव्य राखेका थिए ।
 कार्यक्रममा नेकपा एमाले गाँउ कमिटि अध्यक्ष मिन बहादुर कार्की, पुर्व गाविस सचिव चिरन्जीवी गौतम, खानेपानी  तथा सरसफाई सव डिभिजन कार्यालय योगीकुटीका प्रमुख शंकरमणी ज्ञवाली, स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल लगायतले मन्तव्य राखेका थिए । खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिका सचिव भाष्कर आत्रेयको सञ्चालनमा भएको कार्यक्रममा उत्कृष्ठ सास्कृतीक झाकृ प्रस्तुत गर्ने सञ्चार आमा समुह प्रथम, जनता निमावि द्धितिय, हाटीअमुवा  युवा क्लप तृतिय र कोटिमाई दुर्गा मन्दिर समुहले सान्तव्ना स्थान प्राप्त गरेका थिए ।  उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो । 

तस्वीर विवरणः
खुला दिशा मुक्त  गाविस घोषणा भएको प्रमाण पत्र गाविस सचिवलाई हस्तानान्तरण गर्दै नेपाल सरकरका मुख्य सचिव लिलामणी पौडेल । तस्वीरः कृष्ण खनाल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती