प्रजनन् स्वाथ्यमा खुल्दै अपाङ्गता भएका व्याक्तिहरु

कृष्ण खनाल 
बुटवल, १५ असार । 
‘हस्तमैथुन भनेको  के हो? यो गर्दा के मानिस दुब्लो हुन्छ भन्छन् नी ? खास कुरा  केहो ? ’  मेटाकाडमा लेखिएको सहभागीको ले लेखेको जिज्ञासा पढ्दै थिईन रुपन्देहीको सालझण्डी गाविसकी गिता रेग्मी । प्रशिक्षको रुपमा रहेका बिमल पौडेले यसको जवाफ दिने प्रयत्न गर्दै भने–‘ कुनै पनि यौन प्रजन्न अंगहरु  छोएर, चलाएर वा कुनै बस्तु रगडेर  यौन आनन्द लिनुलाई हामी हस्तमैथुन भन्छौं यसको कुनैपनि असार हुदैन, लिंग टेडो हुन्छ भन्ने कुरा हावादारी कुरा मात्र हो ।’
यो संवात्मक दृश्य आईतबार रुपन्देहीको सैनामैना नगरपालिकाको पर्रोहाको मुर्गियामा भएको कार्यक्रममा परिवारका सदस्यहरु समेत बसेर छलफल गर्दै थिए ।  रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रको आयोजनामा ‘अपाङ्गता भएका व्याक्तिहरुको लागि ‘प्रजनन स्वाथ्य सम्बन्धी  अभिमुखीकरण कार्यक्रमा उक्त कुराहरु व्याक्त भएका हुन । 
कार्यक्रममा प्रशिक्षक विमल पौडेल पुर्णरुपमा  दृष्टिविहिन हुन । रुपन्देहीको रुद्रपुर गाविस–८ का उनी संगै उनका भाई निर्मल पौडेल, बुहारी कविता पौडेल समेत उक्त कार्यक्रममा सहभागी थिए । निर्मल पौडेल  पनि पुर्णरुपमा दृष्टिविहिन हुन, भने कविता न्युन दृष्टिविहिन हुन । 
कार्यक्रममा सहभागी अर्का रुपन्देहीको सालझण्डी गाविस–४ का शंकर रेग्मी, उनकी बहिनी गिता रेग्मी र शंकरकी श्रीमती गोमा रेग्मी पनि सोही कार्यक्रममा उपस्थिती भएर यौन प्रजनन् स्वाथ्यको बारेमा खुलैर कुरा गरे । उनीहरु  सबै न्युन दृष्टिविहन हुन ् । उनी संगै सालझण्डी गाविसका सन्तोष पन्थ र पद्मानी पन्थको जोडी पनि कार्यक्रममा सहभागीता थियो । 
पहिलो पटक रुपन्देहीमा अपाङ्गता भएका  व्याक्तिहरुको लागि जिल्ला विकास समिति रुपन्देहीको आर्थिक सहयोगमा ‘रुपन्देही अपाङ्ग पुर्नस्थाना केन्द्र  दुधराक्ष–२ कलौनी रुपन्देहीले अपाङ्गता भएका जोडी, घर परिवार तथा महिला पुरुष दुवैलाई राखेर करिव ५ घण्टा अभिमुखिकरण  कार्यक्रम गरेको छ ।  
यौनप्रजन्न सम्बन्धी कुरा सवलाङ्ग व्याक्तिहरुको मात्र नभई अपाङ्गता भएका  व्याक्तिहरुको समेत अधिकारको कुरा भएको भन्दै  कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव तथा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सह–सचिव कल्पना ढकाल बताउँदछिन् ।  उनले भनिन्–‘अपाङ्गता सम्बन्धी  संयुक्तराष्ट्र संघको महासन्धीमा स्पष्ट रुपमा अपाङ्गता भएका व्याक्तिहरुको यौन प्रजनन्  अधिकारको बारेमा लेखेको छ ।  जुन अधिकार  लिनको  लागि हामी पछाडी पर्नु हुदैन ।’
अपाङ्गता जिल्ला संमन्वय समिति रुपन्देहीका उपाध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुको  यौन प्रजनन् स्वाथ्य, परिवार नियोजनका कुरा तथा अपाङ्गता भएका व्याक्ति कसरी यौन हिंसाबाट जोगिने भन्ने बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजनाको लागि जिविसबाट  आर्थिक विनियोजन गरीएको जानकारी दिए । उनले भने–‘यो यौन प्रजन्न सम्बन्धी अधिकार  सवलाङ्गहरुको मात्र नभई अपाङ्गता भएका व्याक्तिहरुको पनि  अधिकारको कुरा हो ।’
त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला संमन्वय समितिका संयोजक आत्मराम गौतमका अनुसार  अपाङ्गता भएका व्याक्तिहरु विभिन्न समयमा  यौन हिंसाको सिकार भैरहेका छन् । जसबाट आफु कसरी जोगिने र सम्बन्धीत निकायमा उजुरी कसरी दिने भन्ने बारेमा पनि जानकारी हुनु आवश्यकता रहेको छ । उनले भने–‘हामी अपाङ्गता भएका व्याक्तिहरुले आफुले जानेको  सिकेको कुरा अन्य साथिहरुलाई पनि बाडौं, त्यसपछि केही सुधार हुनेछ ।’
सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज पाण्डेले आफुले सिकेको कुरा व्यवहारमा  उर्तानु पर्ने र   यौन स्वाथ्य, प्रजन्न अधिकारको बारेमा खुलेर बाहिर कुरा ल्याउनु पर्नेमा सुझाव दिन्छन् । उनले भने–‘हाम्रो तर्फबाट गर्न सकिने कुराहरुमा विस्तारै सहयोग गर्दै  जान्छौ,  यो विषय भनेको सबैको महत्वपूर्ण विषय हो ।’
 रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष सालिकराम दास पाण्डेले यौन स्वाथ्य र प्रजनन्को बारेमा सबैले खुलेर कुराकानी गर्नुपर्ने र अझ अपाङ्गता भएका व्याक्तिहरु सजग हुनुपर्ने बेला आएको बताए । उनले यस्ता अपाङ्गता सम्बन्धी जागरण फैलाउने  यौन स्वाथ्यका विषयमा  विभिन्न अझ धेरै कार्यक्रमहरु समेत आवश्यकता रहेको बताए । 
उता, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले अपाङ्गता भएका व्याक्तिहरुको लागि औपचारी र अनौपचारीक ढंगबाट यौन स्वाथ्य तथा प्रजन्नको विषयमा  जानकारी हुनु अत्यान्त जरुरी रहेको भन्दै यसको लागि  सरकारी निकायबाट सहयोग  गर्नको लागि आफु तयार रहेको  प्रतिवद्वता समेत जनाए । उनले भने–‘यो कुरा लुकाएर राख्ने  कुरा होईन, प्रजन्न अंगहरु अति संबेदनशिल हुन्छन् यसको सफाई लगायतको कुरामा ज्ञान हुनु जरुरी रहेको छ ।’ रोग लागेपछि उपचार  गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हुने उनको  तर्क रहेको छ । 
((((((((((((((((((((((((((((((((((((((((
अपाङ्गता भएका व्याक्तिहरुलाई प्रजनन् स्वाथ्य सम्बन्धी अभिमुखिकरण
बुटवल संवाददाता
बुटवल, १५ असार ।
 रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र दुधराक्ष–२ कलौनी रुपन्देहीको आयोजनामा अपाङ्गता भएका व्याक्तिहरुको लागि ‘यौन तथा प्रजनन स्वाथ्य सम्बन्धी एक दिने अभिमुखिकरण’ तालिम सम्पन्न भएको छ । 
 जिल्ला विकास समिति रुपन्देहीको आर्थिक सहयोगमा भएको कार्यक्रम सैनामैना नगरपालिका–५ पर्रोहा मुर्गियामा सम्पन्न भएको हो । केन्द्रका अध्यक्ष सालिकराम दास पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठको प्रमुख आत्थियता रहेको थियो । 
कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यकारी प्रमुख पुष्पराज पाण्डे, राष्ट्रिय अपाङ्ग महासंघ  जिल्ला संमन्वय समिति रुपन्देहीका संयोजक आत्मराम पौडेल, अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देहीका संयोजक हुमनाथ अधिकारी, प्रशिक्षक विमल पौडेल, प्रशिक्षार्थीहरु पद्मादेवी पन्थ, निर्मल पौडेल लगायतले आ–आफ्नो मन्तव्य  राखेका थिए । 
पुर्नस्थापना केन्द्रकी सचिव कल्पना ढकालको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रका कोषाध्यक्ष शंकर रेग्मीले स्वागत मन्तय राखेका थिए । तालिमको सहजीकरण सालझण्डी हेल्थ पोष्टका ईन्चार्ज युवराज पाण्डे, प्रशिक्षक गिता रेग्मी, विमल पौडेल लगायतले गरेका थिए । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती