ह्वील चियरमा विश्व भ्रमणगरी रेकर्ड राख्ने योजना

कृष्ण खनाल
बुटवल, १९ जेठ ।
वि.स.२०५७  साल तेज बहादुर कार्कीको लागि अभिषाप बन्यो । काठमाण्डौबाट धादिङ्गको  जोगिमाराको लागि हिडेका उनी जोगिमारा नजि
कै उनले चलाएको बस दुर्घटना भयो । करिव ४ सय मिटर तल खसेको बस दुर्घटनाबाट उनी बाच्न त सफल भए तर सदैका लागि उनले दुबै खुट्टा गुमाए ।

‘दुबै खुट्टा  गुमाएपछि मुढा जस्तै भएको थियो जता  पल्टायो उतै पल्टीले’ सोमबार बुटवलमा ह्वील चियरबाटै विश्व भ्रमणको अठोट लिएर आएका उनले पत्रकार सम्मेलनमा भन्दै थिए–‘अपाङ्गता हुदैमा कोही कमजोर हुदैन साहास गरेर  शान्तीको सन्देश छर्न विश्व भरको यात्रामा निस्केको छु ।’

शान्तीको कामना सहित नेपालको झण्डा लिएर उनी अवको १४ बर्षमा विश्व भ्रमण पुरा गर्नेछन् । ओखलढुङ्गा जिल्लामा जन्म भई अहिले काठमाण्डौमा बस्दै आएका तेज बहादुर कार्की अहिले  ५० भए ।

पहिला बसको ड्राईभर रहेका उनीको उपचारको लागि करिव ४ बर्ष लागेको थियो । अहिले उनी ह्वील चियरबाट विश्व भ्रमण गरी ‘वल्ड गिनीज बुकमा रेकर्ड कायम गर्ने ’  गर्ने उदेश्यका साथ हिडेका छन् । कार्कीले यो ह्वील चियरको यात्रा नेपालमा वि.स.२०६१ साल जेठ ४ गते सुरु गरेका थिए । नेपालको ७५  वटै जिल्लाहरुको  र सार्कका सबै देशहरुको भ्रमण ह्वील चियर मार्फत गरिरहेका छन् ।

‘विश्वमा शान्तीको कामना गर्दै  नेपालको झण्डा विश्वभर पु¥याउने उदेश्यको साथ यात्रा सुरु गरेको हु“ ।’–कार्कीले भने । सरकारी निकायबाट कुनै पनि त्यस्तो उल्लेखनिय सहयोग नगरेको भन्दै  उनले विभिन्न व्याक्तिहरु संग चन्दा संकलन गरी आफ्नो यात्रा पुरा गर्न लागेको बताए ।  उनले यो यात्रा पुरा गर्नको लागि विभिन्न सहयोगी दाताहरुलाई सहयोगको लागि अनुरोध समेत गरेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती