सित्तैमा प्लस टु पास !

कृष्ण खनाल
बुटवल, १३ असार ।

तपाईंले भर्खर मात्रै  एसएलसी परिक्षा पास गर्नुभएको छ ।  अव प्लसटुमा के अध्यनगर्ने भन्ने सोँच बनाईराख्नु भएको होला । तर क्याम्पसमा भर्ना हुनको लागि अझै केही दिन तपाई हतार नर्गदा पनि हुन्छ ।  केही थोरै मिहिनेत गर्नुभयो भने तपाई“ले प्लस टु अर्थात कक्षा ११ र १२ मा पुर्णरुपमा निःशुल्क अध्ययन गर्न पाउनुहुनेछ ।

कुनै पनि सामुदायिक विद्यालयबाट तपाईं ले एसएलसी पास गर्नुभएको हो भने अझ सहज हुनेछ । कारण हो उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रदान गरिने  पुर्ण छात्र वृत्ति ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कुनै पनि उच्चमाविमा भर्ना भएका विद्यार्थीसंख्याको  ५ प्रतिशत विद्यार्थीहरुलाई पुर्ण रुपमा निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ ।  जुन  व्यवस्था उच्च माध्यमिक शिक्षा परिषद्बाट  समबन्धन लिदाँ सम्पूर्ण उच्च माविहरुले कबोल गरेको कुरा हो ।

छात्रवृत्तिका लागि यहि असार २८ गते भित्र शिक्षा, मानविकी , व्यवस्थापन तथा विज्ञान संकायमा उच्च शिक्षा अध्ययन गर्ने तयारी गरिरहेको विद्यार्थीहरुले उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालयमा गएर निवेदन दिनु पर्दछ ।   सामुदायिक विद्यालयबाट प्रवेशिका परिक्षा पास गरेका विद्यार्थीहरुले सेतो फारम भर्नु पर्दछ भने रातो फारम निजी अर्थात बोर्डिङ्ग स्कुलबाट प्रवेशिका परिक्षा  उत्र्तीण गरेका विद्यार्थीहरुले भर्नु पर्ने व्यवस्था गरिएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् बुटवल कार्यालयका प्रमुख सुवास पन्तका अनुसार कुनै पनि उच्च माविहरुले भर्ना भएका विद्यार्थीहरुको संख्याको ५ प्रतिशत विद्यार्थीहरुलाई निशुल्क रुपमा अध्यपन गराउनुपर्ने बताए । उनले निजी विद्यालयबाट प्रवेशिका  उत्र्तीण गरेका विद्यार्थीहरु २ प्रतिशत र सामुदायिक विद्यालयबाट प्रवेशिका  उत्र्र्तीण गरेका विद्यार्थीहरु ३ प्रतिशतलाई छात्रवृत्ती प्रदान गर्दै आइएको छ ।

बुटवल टुडेसंगको कुराकानीमा उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख पन्तले भने–‘ भर्नाको ५ प्रतिशत विद्यार्थीहरुलाई उच्च माविहरुले पुर्ण छात्रवृत्ति प्रदान गर्नुपर्दछ , हामी कहा“ आएको निवेदनको आधारमा विद्यार्थीहरुलाई उच्च माविहरुमा सिफारिस गर्दछौ ।’

 उनका अनुसार विज्ञान तथा व्यवस्थापन संकायमा अध्यनगर्न चाहिने विद्यार्थीहरुले कम्तीमा पनि दोस्रो श्रेणीमा प्रवेशिका उत्र्तीण भएको र उच्च माध्यमिक शिक्षा परिषदले लिने  प्रवेश परिक्षा पनि उत्र्तीण गर्नुपर्र्दछ भने शिक्षा र मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको निवेदन र एसएलसीको प्राप्तांक अनुसार छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्तिका लागि विद्यार्थीहरुले उच्च माध्यमिक शिक्षा परिषद्का नेपालभर रहेका कार्यालयहरुमा फारम भर्न सकिन्छ ।  कतिपय विद्यार्थीहरुलाई यसको बारेमा जानकारी समेत छैन् ।

उच्च माध्यमिक शिक्षा परिष्द कार्यलय विराटनगर, जनकपुर कार्यालय, हेटौडा कार्यालय, काठमाण्डौ कार्यालय, पोखरा, कार्यालय, बुटवल, कार्यालय, नेपालगञ्ज कार्यालय र धनगढी कार्यालयमा गएर आवेदन दिन सकिन्छ । बुटवल कार्यालयमा गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, प्युठान र रोल्पा जिल्लाका विद्यार्थीहरुले आवेदन दिन सक्दछन् । आवदेन दिन आउँदा विद्यार्थीहरुले २ वटा फोटा र उच्च माध्यमिक शिक्षा परिषदले  व्यवस्था गरेको फारम भर्नु पर्दछ ।

गत बर्ष मात्रै उच्च माध्यमिक शिक्षा परिषद् बुटवल ले जम्मा ६ सय ९५ जना विद्यार्थीहरुलाई छात्रावृत्तिको लागि सिफासि गरेको थियो । अर्थात ति विद्यार्थीहरुले पुर्ण रुपमा कक्षा ११ र १२ निःशुल्क अध्यन गर्न पाए । गत बर्ष विज्ञान संकायमा  दलित छात्र २३ जना, जनजाती छात्रा १४, छात्रा २२ जना, मधेसी मुस्लिममा छात्रा ७ जना र छात्र १७ जना , अपाङ्गतातर्फ छात्र १ जना र अन्य गरिब÷जेहेनदार तर्फ छात्रा ४९ जना र छात्र ९० जना गरी कुल २ सय २३ जनाले निःशुल्क छात्रवृत्ति पाएको उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका बाबुराम भण्डारीले जानकारी दिए ।

 उनका अनुसार बाणिज्यशास्त्र संकायको दलित कोटामा छात्रा ७ जना, छात्र १७ जना, जनजाती तर्फ छात्रा १६ जना, छात्र २६ जना, मधेसी÷मुस्लीम तर्फ छात्रा ५ जना, छात्र १२ जना, अपाङ्गता तर्फ  शुन्य र अन्य गरिव जेहेन्दार विद्यार्थीको रुपमा छात्रा ६० जना र छात्र ८१ जनाले निःशुल्क छात्र वृत्ति पाएका छन् ।

त्यस्तै शिक्षा संकाय तर्फ दलित कोटामा छात्रा २६ जना, छात्र २० जना, जनजातीतर्फ छात्रा १६ जना, छात्र २६ जना, मधेसी÷मुस्लीम तर्फ छात्रा १५ जना र छात्र २० जना, अपाङ्ग तर्फ छात्र ६ जना र अन्य गरिब तथा जेहेन्दार विद्यार्थीहरु तर्फ छात्रा ७३ जना र छत्र ३४ जना गरी कुल २ सय २५ जनाले छात्रबृत्ति पाएका छन् । त्यस्तै मानविकी संकाय तर्फ दलित कोटामा छात्र ७ जना, जनजातीमा छात्रा २ जना, मधेसी÷मुस्लीममा छात्रा १ जना अपाङ्गता शुन्य, अन्य गरिव तथा जेहेन्दार विद्यार्थी कोटामा छात्रा ३ जना र छात्र ९ जना गरी कुल २२ जनाले निशुल्क छात्रवृत्ति  पाएका छन् । 
 ईच्छा अनुसार विषय छानौः उच्च माध्यमि शिक्षा परिषद् बुटवलका प्रमुख  सुवास पन्तका अनुसार  उच्च शिक्षा लिने समयमा विद्यार्थीहरुले आफ्नो रुची अनुसार विषय छनोट गर्नुपर्ने बताउदछन् । अरुको बहकाउमा लागेर वा आफ्नो नजिकको साथीले लिएको विषय लिने परिपाटी भएको भन्दै यसो गरिमा विद्यार्थीमाथि नै भविश्यमा नराम्रो हुने  उनको तर्क छ ।  शुक्रवार बुटवल टुडे  संवादादत संगको कुराकानीमा उनले नेपाली तथा अंग्रेजी विषयमा राम्रो दख्खल भएका विद्यार्थीहरुले मानविकी संकायमा अध्यान गर्नको लागि सुझाए । त्यस्तै पारिवारीक वातावरण विभिन्न विजनेश सेक्टरबा आफुलाई पनि बिजेनश र व्यवस्थापनमा रुची छ भने  व्यवस्थापन संकाय लिनको लागि आग्रह गरे । उनले भने–‘अलिकती विज्ञान र खोजमुलक क्षेत्रमा कार्य गर्ने रुची र प्रवेशिकामा राम्रो अंक आएको विद्यार्थीहरुलाई मैले विज्ञान पढ्नको लागि सुझाव दिन्छु ।’ उनले थपे–‘आफ्नो रुची र लगाव जे मा छ त्यसमा नै लाग्नु पर्दछ, राम्रो नाँच्न जानेको विद्यार्थी पढ्नै पर्छ भन्ने छैन, तेरिया मगर जस्तै कला प्रस्तुत समेत गर्न सकिन्छ ।’

प्रवेश परिक्षाको रकम फिर्ता गरेः उच्च माध्यमिक शिक्षा परिषद्ले १ सय २५ रुपैया भन्दा बढि प्रवेश परिक्षाको शुल्क लिन नपाउने व्यवस्था गरेपछि बुटवल र यस आसपासका करिव आधा दर्जन  उच्च माविहरुले विद्यार्थीहरुबाट लिएको प्रवेश परिक्षाको रकम फिर्ता गरेका छन् ।  बुटवलमा केही  नामचलेका  उच्च माविहरुले पहिला लिएको शुल्क उच्च माध्यमिक शिक्षा परिषद्को अनुगमन पछि फिर्ता  गराएको  उच्च माध्यमि शिक्षा परिषद् बुटवलले जनाएको छ ।

मनपरी रुपमा १ सय २५ रुपैयाँ भन्दा बढि रकम लिन नपाईने भएपनि बुटवलका केही उच्च माविहरुले प्रवेश परिक्षाको नाममा ४ सय  भन्दा बढि रकम लिएका  अनुगमनको बेला पाइएको थियो । पछि उक्त रकम फिर्ता गराइएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती