काटिएका रुखलाई लुम्बिनीमा ‘पुर्नरजन्म’

कृष्ण खनाल 
बुटवल, २२ जेठ । 
तपाईंले ‘बुटवल– वलहिया व्यापारीक मार्ग’ विस्तारको क्रममा सडकको दायाँ–बाँया किनारका कयौं रुखहरु काटिएको देख्नुभएको होला । ति काटिएका रुख कहाँ गए होला भन्ने जिज्ञासा  जो कोहिको मन पनि उठ्न सक्छ । व्यपारीक मार्ग विस्तारको क्रममा काटिएका रुखहरु अहिले पनि बाँचिरहेका छन ।
 सुन्दा पनि अचम्म लाग्न सक्छ एक पटक काटिएका रुख कसरी बाँच्न सक्छ । तर कुरा सत्य हो गत बर्ष बुटवल–बेलहिया व्यापारीक मार्ग विस्तारको क्रममा काटिएका कयौं रुखहरु अहिले लुम्बिनीमा बाँचीरहेका छन । 
थाईल्याल्डका  केही वनविज्ञ तथा वन प्रविधीज्ञहरुको टोलीले अहिले लुम्बिनीको ‘थाई विहार’मा धमाधाम काटिएका रुखहरु जगाईरहेको छ । निश्चित प्रविधीको प्रयोग गरी रुखको जारा सहित उखेलेर लगेर गत बर्ष रोपिएका रुखहरु  अहिले हराभरा भएका छन् । 
नेपाल मै पहिलो पटक थाईल्याण्डका वन प्राविधीक ‘तु थांस’को पहलमा  लुम्बिनीमा करिव ५० भन्दा बढि पुराना ‘माउ रुख’ हरुले पुर्नजिवन पाएका छन् । यस बर्ष ‘थाई मोनिष्ट्री’मा ३५ वटा र  कपिलवस्तुमा ७ वटा रुखहरु  सोही प्रविधी  अनुसार रोपेर हुकाईएको छ भने अघिल्लो बर्ष रोपीएका १७ वटा पिपल, बर, सिसौं, स्वामी लगायतका विरुवाहरु हुर्किसकेका छन् । 
 जिल्ला वन कर्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीले यस क्षेत्रमै नमुना कामको रुपमा काटिएका रुखहरुर्लाइ पुर्नजिवीत बनाउने अभियान सुरु गरिएको जानकारी दिए । उनले एउटा विरुवा हुर्कनको लागि बर्षौ लाग्ने भएको करणले पनि थाईसरकारले यस्तो नया प्रविधी सुरु गरेको समेत बताए । उनले भने–‘यसरी  रुख जोगाउँदा पर्यवरणमा समेत फाईदा पुग्छ भने अर्को तर्फ विरुवालाई हुर्काउने समय समेत बचत हुन्छ ।’
नेपाल सरकार वन विभागका  उप–निर्देशक प्रकाशनाथ प्याकुरेलले  यो क्षेत्रमा भएको  नयाँ काम रुखको पुर्नरोपण गर्ने कार्य उदाहरणीय भएको र आगामी दिनमा नेपालका अन्य क्षेत्रमापनि लागू गनु पर्ने बताए ।  उनले यो नयाँ प्रविधीमार्फत रुख रोपेर रुख जोगाउने काम  उदाहरणिय भएको भन्दै यसको लागि आफ्नो मन्त्रालयबाट सहयोग गर्ने समेत प्रतिवद्वता समेत जारी गरे । 
त्यस्तै  पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक डा. अखिलेश्वर लाल कर्णले सडक विस्तारको क्रममा काटिएका रुखहरु रोपेर  रुखलाई  पुर्नजिवन दिने काम लुम्बिनीमा मात्र नभर्ई अन्य स्थानहरुमा पनि  गर्नुपर्ने बताए । उनले भने–‘मैले यो क्षेत्रका १६ वटा जिल्लाहरु हेर्छु यो यहा मात्र होईन अन्यजिल्लामा पनि लागू गर्नको लागि पहल गर्ने छु ।’  रुख रोप्ने कार्यलाई एक पटक मात्र नगरी यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई रहेको छ ।  
त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्गले थाईसरकारले  लुम्बिनीमा  गरेको कामले सबैलाई पाठ सिकाएको भन्दै  थाई मोनेष्ट्रीको  १६० वाई १६० बर्ग मिटिर क्षेत्रफलमा मात्र नभई  लुम्बिनीको अन्य खाली स्थानमा समेत यसरी सडक विस्तार गर्ने क्रममा वा विद्युतिय लाईन  विस्तारको क्रममा काटिने रुखलाई रोप्नको लागि आफुहरु तयार भएको बताए । उनले भने–‘यसले हामिलाई पाठ सिकाएको छ हामी  रुख रोप्नको लगि तयार छौ ।’
के हो विरुवा जगाउने थाई प्रविधी
 लामो समय देखि जागिरहेको रुखलाई फेधबाट नकाटि पहिला त्यसको हाँगाहरु काटिन्छ ।  त्यसमा भएका पातहरु पूर्ण रुपमा हटाई जरासहितको रुख क्रेनको सहयाताले निकाल्ने गरिन्छ । यसरी क्रेन मार्फत रुखको मुली जारामा माटो सहित  रुख निकालेपछि पहिला नै तयार गरिएको निश्चित क्षेत्रफलमा खनिएको खाडलमा  मल, रुखलाई चाहिने आवश्यक खनिज पदार्थ  राखि रुख रोपिन्छ । यसरी रोपिएको रुखलाई निश्चित समयमा मल तथा नियमित रुपमा सिंचाही गरिन्छ । केही समय पछि विस्तारै रुख पलाउदै जान्छ अनि रुखले  नया जिवन पाउदछ । थाई मोनिष्ट्री लुम्बिनीका प्रमुख भन्ते  स्बोटका अनुसार  मोनिष्ट्र परिसरमा हुकाइएका अधिकांस रुखहरु यसरी नै थाई प्रविधीबाट रोपिएका हुन् । अहिले परिसरमा पिपल, बर, सिसौ, स्वामी प्रजातीका रुखहरुले पुर्नजिवन पाईरहेका छन् । 
    
=============

 वृक्षरोपणको नयाँ अभ्यासमा अन्र्तरक्रिया 
बुटवल, २१ जेठ । 
मिडिया रिसर्च नेटवर्क (मिरेन लुम्बिनी) रुपन्देहीको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा ‘लुम्बिनीमा वृक्षरोपणको नयाँ अभ्यास’ विषयमा अवलोकन तथा अन्र्तरक्रिया कार्यक्रम गरेको छ । विहिवार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकार वन विभागका उप निर्देशक प्रकाशनाथ प्याकुरलेको प्रमुख आतिथ्यता रहेको  थियो । मिरेन लुम्बिनीका अध्यक्ष प्रदिप आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  क्षेत्रीय वन निर्देशनालयका वन निर्देशक डा. अखिलेश्वर लाल कर्ण, जिल्ला वन तथा भु संरक्षण कार्यालय रुपन्देहीका प्रमुख आनन्द प्रसाद घिमिरे, जिल्ला वन कर्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवाली, लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ्ग  र थाई विहार प्रमुख भन्ते सुवोट लगायतले मन्तव्य राखेका थिए । मिरेन लुम्बिनीका महासचिव सिपी खनालको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बिपि गौतमले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।  
तस्वीर विवरणः
लुम्बिनीमा रहेको थाई विहार भित्र व्यापारीक मार्ग विस्तारको क्रममा हटाईएको पिपलको रुख थाई प्रविधीद्वारा जोगाउदै । तस्वीरः कृष्ण खनाल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती