आघा दर्जन राष्ट्रिय खेलाडी भएको जिल्लामा क्रिकेट मैदान अभाव

कृष्ण खनाल
बुटवल, १२ असार ।
केही समय आगाडी बंगलादेशमा सम्पन्न टि–२० विश्वकप क्रिकेट प्रतियोगीतामा सहभागीता जनाउने अन्र्तराष्ट्रिय खेलाडीहरु, शक्ति गौचन, राहुल विश्वकर्मा, सागर पुन, बसन्त रेग्मी र अमृत भट्राई सबै रुपन्देहीका हुन् ।
यि क्रिकेटरहरुले आफ्नो क्रिके  जिवनमा अभ्यास बुटवलमा गर्न पाएन्न । बुटवलको दिपनगरमा घर भएका राहुल विश्वर्माले आफ्नो अभ्यासको लागि कित भैरहवा नै धाउनुपर्दथ्यो कि त काठमाण्डौमा नै ।
अन्र्तराष्ट्रिय खेलाडीहरुले बुटवलमा क्रिकेटको अभ्यास विना नै अन्र्तराष्ट्रिय स्तरको खेलमा राम्रो  प्रर्दशन गर्न सफल रहे । बुटवलमा क्रिकेट मैदानको अभावको कारणले गर्दा यि राष्ट्रिय खेलाडीहरुले अभ्यास बुटवलमा गर्न पाएन्न नै अवको पुस्ताले पनि बुटवलमा क्रिकेटको अभ्यास गर्न नपाउने करिब निश्चित जस्तै छ ।
बुटवलमा अहिलेसम्म कुनै पनि स्तरिय क्रिकेट मैदान छैन । बुटवल क्रिकेट विकास समितिले  बुटवल र यसय आसपासमा क्रिकेट मैदान  निर्माण गर्नुपर्दछ भनेर पहल थालेको करिव एक बर्ष  हुनलागेको छ । तर अहिले सम्म पनि क्रिकेटको लािग कुनैै पनि मैदान उपलब्ध हुन सकेको छैन ।
अन्र्तराष्ट्रिय क्रिकेटर खेलाडी शक्ती गौचनले आफुले क्रिकेट जिवनको १३ बर्ष सम्म पनि बुटवलमा क्रिकेटको कुनै पनि अभ्यास गर्न नपाएको बताउँदछन् । ‘मैले १३ बर्ष भन्दा बढि क्रिकेटमा जिवन  विताईसकेको छु, अन्र्तराष्ट्रिय स्तरको खेल पनि  खेलीसके तर आफ्नै जिल्लाका  स्तरिय क्रिकेट मैदानको कारण मैले अभ्यास गर्न पाईन् अबको पुस्ताले पनि यस्तो नियती भोग्न नपरोस ।’–उनले भने ।
 बुधवार बुटवलमा क्रिकेटरको सम्मानमा आयोजना गरिएको  एक कार्यक्रममा उनले भने–‘ मैले ५ बर्ष अगाडी देखि एकेडमी खोलेर विद्यार्थीहरुलाई क्रिकेट सिकाउँदै आएको छु तर उपयुक्त खेल मैदानको कारण  विद्यार्थीहरुले अभ्यास गर्न पाएका छैन्न ।’
 उनले रुपन्देहीबाट राष्ट्रिय टिममा आधा दर्जन क्रिकेट खेलाडीहरु सहभागी भएको जिल्लामै  उत्कृष्ठ क्रिकेट मैदानको अभाव रहेको उनको गुनासो रहेको छ ।
 भैरहवमा केही समयमा  निर्माण पुरा हुन लागेको ‘सिद्धार्थ रंगशाला’ रुपन्देहीको एक मात्र क्रिकेट मैदान हो । जसको अहिले सम्म नि भौतिक संरचना पुरा हुन सकेको छैन ।  क्रिकेटर गौचनका अनुसार बुटवल र यस आसपासमा एउटा स्तरिय अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान आवश्यक छ । बुटवलमा क्रिकेट मैदान निर्माण भएमा जिल्लामा अझ बढि क्रिकेटका हस्तीहरु निर्माण हुन  सक्ने गौचनको विश्वास रहेको छ ।
 उनले भने–‘बुटवलमा जतिछिटो स्तरिय मैदान निर्माण भयो  उति छिटो नै क्रिकेटमा हस्तीहरु निर्माण हुनेछन् ।’
आफुले छिटै नै ईन्डोर क्रिकेट एकेडमी स्थापना  गर्न थालेको जानकारी गराउँदै  यसको लागि विभिन्न निकायबाट सहयोगको समेत अपेक्षा गरेको उनले बताए ।  उनले भने–‘नेपालमै उपत्यका बाहिर पहिलो घाम पानीमा पनि क्रिकेट सिक्न सक्ने ईन्डोर क्रिकेट एकेडमीको सुरुवात गर्न लागेको छु, यसमा सबैको सहयोग चाहिरहेको छु ।’
उता, लामो समयदेखि नै बुटवल र यस आसपासमा क्रिकेट मैदान हुनुपर्दछ भनेर आवाज उठाउँदै आएका बुटवल क्रिकेट विकास समितिका अध्यक्ष गंगाराम सुनारले बुटवल र यस आसमामा  क्रिकेट मैदानको अभावको कारण  पछिल्लो समयमा क्रिकेट खेलाडीहरु उत्पादन हुन नसकेको भन्दै बुटवल नगरपालिकासंग बुटवलको वडा नम्बर १५ मा अथवा ‘जवाई खेल मैदान’ लाई क्रिकेट मैदानको रुपमा विकास गर्नुपर्ने माग गरेको बताए ।
उनले भने–‘खेलको माध्यमबाट देशको नाम विश्व सामु चिनाउन सकिन्छ भन्ने उदाहरण बंगलादेशमा भएको टि–२० प्रतियोगीताले देखाएको छ । अझ नया“ र होनाहार प्रतिभाहरु जन्माउनको लागि रुपन्देहीमा  सुविधासम्पन्न  क्रिकेट मैदानको आवश्यकता रहेको छ ।’
पछिल्लो  समयमा यस क्षेत्रमा विभिन्न प्रतिभान अन्डर १९ क्रिकेट खेलाडीहरु जन्मीएका छन् तर तिनिहरुले नियमित रुपमा अभ्यास (प्राटिक्स) गर्ने मैदानको अभावको कारण खेल लाई प्रभावकारी ढंगबाट अगाडी बढाउन सकिएको छैन । बुटवल क्रिकेट विकास समितिले राष्ट्रका आधा दर्जन खेलाडीहरु भएको जिल्लामा उपयुक्त र स्तरिय खेल मैदानको अभाव हुनु बिडम्बनाको कुरा भएको भन्दै बुटवल नगरपालिकासंग खेल मैदान निर्माणको लागि माग समेत गरेको छ ।
 बुटवलमा देविनगरमा रहेको एन्फा एकेडमी, दिपनगरको सिद्धेश्वरी मैदान, बुटवल बहुुमुखीको मैदान, लुम्बिनी बाणिज्य क्याम्पसको मैदान, जबई खेल मैदान, चारपाला खेल मैदान आदि रहेका छन् । तर सबैको अवस्था  बर्सातको समयमा हिलाम्ये र हिउँदमा धुलाम्मे हुने गरेका छन ।  जसको कारण मैदानमा कुनै पनि खेलको अभ्यास (प्राटिक्स) गर्नको उपयुक्त छैन ।
उता, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले बुटवल र यस आसपासमा उपयुक्त क्रिकेट मैदानको अभाव हुनु आफैमा विडम्बनको विषय भएको भन्दै बुटवल–१५ नयाँगाउमा रहेको  जवई खेल मैदानलाई त्यहाँका स्थानिय जनताहरु सँगसंमन्वय गरी क्रिकेट मैदानको रुपमा विकास गर्नको लागि आफुले पहल थाल्ने बताउदछन् ।
 उनले भने–‘राष्ट्रका उत्कृष्ठ खेलाडीहरु यहि जिल्लामा रहेका छन् तर उपयुक्त खेल मैदान छैन, जसले मलाई दुखित् बनाएको छ ।’  उनले केही समय अगाडी बुटवल–१४ र १४ का विभिन्न स्थानहरुको अवलोकन गरेको भन्दै क्रिकेट मैदानको रुपमा विकास गर्न सकिने विभिन्न स्थानहरु रहेको समेत बताए ।
 उनले भने–‘बुटवल नगरपालिका भित्र, १४ र १५ मा क्रिकेट मैदान विकास गर्न सकिने जग्गा रहेको मैले पाएको छु, तर यसको लागि  स्रोत र साधानको अभाव रहेको छ ।’  उनले बुटवल–१५ नयाँगाउमा रहेका जबई खेल मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्नको लागि खासै धेरै खर्च नलाग्ने भन्दै यसको लागि विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय तथा खेलाडीहरु संग छलफल गरी क्रिकेट मैदानको रुपमा विकास गर्न  सकिने उनको धारणा रहेको छ ।
 ((((((((((((((((((((((((((((((
नगरपालिकाद्वारा  क्रिकेट खेलाडी  सम्मान
बुटवल, ११ असार ।
 बंगलादेशमा सम्पन्न टि–२० क्रिकेट प्रतियोगीतामा उत्कृष्ठ प्रर्दशन गर्ने लुम्बिनी अञ्चलका खेलाडीहरुलाई बुटवल नगरपालिकाले सम्मान गरेको छ । बुधवार  नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगद सहित लुम्बिनी अञ्चलका ६ जना खेलाडीहरुलाई सम्मान गरेको हो ।  लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने शक्ति गौचन, बसन्त रेग्मी, राहुल विश्वकर्मा, सागर  पुन , सोमपाल कामी र अमृत भट्राईलाई सम्मान गरिएको हो । सोमपाल र अमृतको अनुपस्थितमा उनका आफन्तलाई सम्मान गरिएको थियो ।
बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा  नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल र कार्यकारी अधिकृत गौतमले  फुल, माला र खादा लगाएर नगद १०÷१० हजार सहित सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै बुटवल क्रिकेट विकास समितिका अध्यक्ष गंगा सुनारले बुटवल  नगरपालिकाले लुम्बिनी अञ्चलका खेलाडीहरुलाई सम्मान गरी उत्कृष्ठ काम गरेकामा खुसी लागेको बताएका थिए ।
 उनले बुटवलनमा  क्रिकेट खेल मैदानको अभावको कारणले  पनि यस क्षेत्रमा क्रिकेट विकासमा बाधा पुगेको भन्दै छिट्टै क्रिकेट मैदान विकासको लागि नगरपालिका संग माग समेत गरे ।
सम्मान पछि बोल्दै अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले विगत १४ बर्ष देखि क्रिकेटको विकासको लागि लागेको स्मरण गर्दै आगामी दिनमा पनि रुपन्देहीको क्रिकेट विकासमा योगदान दिने प्रतिवद्वता  व्यक्ति गरेका थिए । उनले भने–‘हामीले बंगलादेशमा प्रतियोगीता खेलेर आएको पनि दुई महिना भन्दा बढि भएको छ तर अहिले सम्मपनि सम्मान पाएका पाएै छौं साच्चै देशको लागि केही गरेको जस्तो मलाई महसुस भएको छ । ’
त्यस्तै कार्यक्रममा बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल ले खेलाडीहरुको सम्मानको लागि नगरपालिकाले सानो भएपनि कार्यक्रम गरेको भन्दै यसले  खेलाडीहरुको मनोबल बढाउन र अझ नेपालको नाम विश्वमा चम्काउनको लागि हौसला मिल्नेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बुटवल नगरापलिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले  खेलाडीहरुलाई  ढिलै भएपनि सम्मान गर्न पाएकोमा गौरव लागेको भन्दै अझ  लुम्बिनी अञ्चलका क्रिकेट खेलाडीहरुलाई  देशकै नाम राख्न सफल भएकोमा बधाई दिएका  थिए । कार्यक्रमको सञ्चालन बुनपाका शाखा अधिकृत डोलराज पौडेलले गरेका थिए । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती