रुपन्देहीमा दुध प्रसोधन केन्द्रको अभाव

कृष्ण खनाल 
बुटवल, १८  जेठ । 

गर्मीको मौसममा रुपन्देही लगायतका विभिन्न जिल्लाहरुमा किसान, दुध व्यासायी तथा डेरीहरुलाई उपभोक्ताकोमा दुध पु¥याउन हम्मे हम्मे पर्दछ । तर बर्षातको समयमा भने उपभोक्ताको  माग भन्दा दोब्बर बढि दुध उत्पादन हुने गर्दछ ।

तर किसानहरुले भने सस्तो दरमा दुध विक्री गर्न बाध्य हुने गर्दछन् । रुपन्देही जिल्लामा दुध प्रसोधन गरी, पाउडर दुध तथा अन्य दुधका परिकार बनाउने प्रशोसन केन्द्र नभएको कारण बढि भएको दुध उपभोग हुन सकेको छैन । 
 नेपाल डेरी व्यवसायी एशोसियनका पश्चिमाञ्चल क्षेत्रीय संयोजक रामकृष्ण पौडेलले यसक्षेत्रमा  दुग्ध प्रसोधन केन्द्रको माग भएपनि विभिन्न समस्याको कारण स्थापना हुन नसकेको बताउँदछन् ।

बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘यस क्षेत्रमा  दुग्ध प्रसोधन केन्द्र आवश्यक छ तर लोडसेर्डिङ्गको कारण सञ्चालनमा  ल्याउन समेत कठिन छ ।’ पछिल्लो समयमा हुने अनियमित लोडसेर्डिङ्गको कारण लामो समय सम्म दुधलाई सुरक्षिता राख्न नसकिरहेको अवस्थामा दुग्ध प्रसोधन केन्द्र स्थापना गर्न झनै कठिन भएको उनको तर्क रहेको छ । 
नेपालमा अहिले जम्मा ३ स्थानमा  दुध प्रसोधन केन्द्र रहेको छ । चितवन जिल्लामा चितवन मिल्क डेरीले दुध प्रसोधन केन्द्र स्थापना गरेको छ, त्यस्तै विराटनगरमा दुग्ध विकास संस्थाले र पोखरामा सुजल दुध ले दुग्ध प्रशोधन केन्द्र स्थापना गरेको छ ।

रुपन्देही जिल्लामा अहिले करिव १ सय ५० वटा निजी डेरीहरु सञ्चालमा रहेका छन् । यसबाट दैनिक रुपमा  ४० देखि ५० हजार  लिटर दुधको खपत हुने गर्दछ । तर उक्त दुध  हिउँदको  समयमा माग अनुसार पुर्ती   भएको छैन । खासगरी गर्मीको मौसममा दुध भन्दा पनि बढि दही जन्य पद्धार्थको बढि माग हुने गरेको रुपन्देही डेरी व्यवसायी संघका उपाध्यक्ष कृष्ण प्रसाद भट्राई बाताउँदछन् ।

  तर लोडसेर्डिङ्गको कारण दुधलाई  लामो समय सम्म राख्नको लागि समस्या भैरहेको र छोटो समयमा नै दुध विग्रीने  समस्या आएको उनको भनाई रहेको छ । उनले भने–‘लोडसेडिङ्ग नै हाम्रो प्रमुख समस्या हो जसले गर्दा दुधलाई चिसोमा राख्न समसया आएको छ ।’ 
रुपन्देहीमा दुध चिस्यान केन्द्र चिलिमको समेत अभाव रहेको छ  । 
जिल्लामा रहेका विभिन्न दुग्ध विकास सहकरी तथा कृषकहरुले उत्पादन गरेको दुधको उचित व्यवस्थानको लागि चिलिम भ्याटको अभावको काण धेरै  दुग्ध कृषकहरु  प्रभावित  भएको दुग्ध कृषकहरुको भनाई रहेको छ । दुग्ध विकास सहकारी संघका रुपन्देही अध्यक्ष देखनाथ पाण्डेले ले चिस्यान केन्द्रको अभावको कारण कायौपटक किसानहरुले उत्पादन गरेको दुध विग्रने समस्या समेत आउने गरेको छ । 
एक तथ्यांक अनुसार रुपन्देहीमा  सिजमा उत्पादन भएको दुध ५० प्रतिशत दूध जिल्लामा खपत हुन्छ भने बा“की ५० प्रतिशत दूध अन्य जिल्लामा जाने गरेको गर्दछ ।  जिल्लामा बार्षिक १ लाख २४ हजार दुई सय ६० मेट्रिक टन दूध उत्पादन हुने गर्दछ ।

अघिल्लो वर्Èको तुलनामा ११ प्रतिशतले उत्पादन बढेको हो । पशु सेवा कार्यालय प्रमुख लक्ष्मण्ँ ढकालले पशु फार्ममा स्थानीयको सट्टा उन्नत गाईं भैसी पाल्ने, त्यसै किसिमको आहारा खुवाउने र स्याहारसुसार गर्ने गरेकाले दूध उत्पादन बढेको बताए । यहा“ उत्पादित ५० प्रतिशत दूध जिल्लामै खपत हुन्छ । बा“की चितवन, पोखरा र काठमाडौंलगायतका सहरमा जाने गरेको छ । रुपन्देहीमा १ सय ५४ वटा पशुपालन केन्द्र दर्ता भएका छन् । तिनमा २७ भैंसी र १ सय २७ वटा गाईपालन केन्द्र हुन् ।

जिल्लाको देवदह, सालझन्डी, मोतीपुर, केरवानी, पट्खौली, मानमटेरिया, रुद्रपुर, रायपुर, लुम्बिनी, बा“सगढी, धकधई लगायतका २४ गाविस नमुना दूध उत्पादक गाविस तोकिएको छ । एक तथ्यांक अनुसार रुपन्देही  जिल्लामा अहिले १ लाख ५६ हजार ६३ भैंसी छन् ।

 दूधालु भैंसीको संख्या ३९ हजार ४ सय ४० छ । जसमा स्थानीय जातका ७० हजार ४ सय २६ छन् ।  उन्नत जातका ३७ हजार ३ सय १० र बर्णशंकर ४९ हजार ३ सय २७ भैंसी छन् । जिल्लामा ९९ हजार ८ सय ५० गाई छन् । स्थानिय जातका ४८ हजार १ सय ६०  वटा रहेका छन् ।

२३ हजार २ सय ३१  वर्णशंकर  र २८ हजार ४ सय ५९ उन्नत गाई छन् । दूधालु भैंसी ३९ हजार ४ सय ४० छन् । दूधालु गाईको संख्या ९९ हजार ८ सय ५० छ । जिल्लामा होलस्टोन, जर्सी, इटी लगायतका जातका उन्नत गाई तथा हरियाणा मुर्रालगायतका उन्नत भैंसीपाल्ने क्रम बढेको जिल्ला पशु कार्यालयको भनाई रहेको छ । 

दिवसमा कार्यक्रमः रुपन्देही डेरी व्यसायी  संघले ४ औ दुध  दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद भट्राईका अनुसार आईतबार रुपन्देहीको मणिग्रामा रहेको आत्मसान्ती अनाथ आश्रम र बुटवल नगरपालिका–४ पाखापानीमा रहेको शिवकुमारी सैजु वृद्धाआश्रममा  विभिन्न दुग्ध परिकार तथा दुध खुवाउने कार्यक्रम रहेको  छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती