सिपले बनायो आत्मनिर्भर

कृष्ण खनाल
बुटवल, ६ असार ।


अर्घाखाँची जिल्लाको पणेना गाविस वडा–९ का दिपक परियार जन्मीएमा कुनै खोट थिएन । जव उनी सात बर्षको भए,तव उनको जिवनमा जिवनकै अविस्मरणीय घटना घट्यो । दुर्घटनामा परी उनी घाईते मात्र भएन्न बायाँ खुट्टा समेत सदैका लागि गुमाए ।  त्यसपछि शररिक अपाङ्गता भएकाउनले  रुपन्देहीको सालझल्डीमा कयौ बर्ष मागेर जिविको पार्जन गरेका थिए । तिनै अपाङ्गता भएका दिपक परियार अहिले सक्षम भएका छन्  ।
कारण हो उनले धारणा गरेको सिप । फर्निचर बनाउनको काम गरेका  उनले  विगत ५ बर्ष यता फर्निचर उद्योग सञ्चालन गरि राम्रो आम्दानी गर्दै आएका छन् । २४ बर्षिय परियार यसको अलवा उनले अहिले विभिन्न निर्माणको ठेक्का लिने समेत काम गर्दछन ।
बायाँ खुट्टा दुर्घटनाको कारण गुमाएका उनी बैशाखीको सहारमा हिडडुल गर्ने गर्दछन् । शुक्रवार साझण्डीको एक कार्यक्रममा भेटिएका उनले आफ्नो विगत सम्झीदै भने–‘पहिला मागेर खान्थे सबैले हेला गर्दथे तर अहिले श्रम बेचर जिविको चलाईरहेको छु सबैले माया गर्दछन् ।’ अहिले फर्निचर उद्योगबाट उनले मासिक रुपमा खर्च कटाएर करिव ३० हजार रुपैँया बचत  गर्दछन् ।
उद्योगको आम्दानीबाट नै अहिले सैनामैना नगरपालिकामा  २ वटा घडेरी समेत जोडेको बताउने उनले भने–‘मिहिनेत गर्ने हो भने कसैको भर पर्नु पर्दैन आफ्नो श्रम बेचेर राम्रो आम्दानी गर्न सकिन्छ ।’ विवाह समेत गरेका उनका अहिले एक छोरा र एक छोरी रहेका छन् ।
शुक्रबार अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देही, महिला तथा वालबालिका कार्यलय रुपन्देही, नेपाल  नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा वितरण गरिएको पैचो बाख्रा  वितरण कार्यक्रममा आएका उनले एउटा बाख्रो पनि पाए ।
उक्त बाख्रा पालन गरी अझ आम्दानी बढाउन सकिने उनको तर्क रहेको छ । ‘फर्निचर व्यवसायबाट राम्रो आम्दानी गरेको छु अव बाख्रा पालेर पनि आम्दानी गर्ने सोँच रहेको छ ।’–उनले भने । त्यस्तै अर्की अपाङ्गता भएकी दुधराक्ष गाविस १ की विन्दु ज्ञवालीले पनि पैचो बाख्रा पाएकी छिन् । उनले पनि बाख्रा पालन गरी राम्रो आम्दानी गर्न सकिने बताईन् । विगतका दिनहरुमा सिप तथा व्यवसाय नभएको कारण पटक पटक सस्यमा परेको भन्दै उनले अव बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताईन् । अर्की अपाङ्गता भएकी व्याक्ति उमा पाण्डेले पनि बाख्रा पालन गरी आम्दानी गर्नको लागि आफु लाग्ने बताईन् । विभिन्न दातृ नियकाले अपाङ्गता भएका व्याक्तिहरुलाई दिएको सहयोगको लागि उनले धन्यावाद समेत दिईन् ।  
उता, जिल्ला विकास समिति रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले  अपाङ्गता भएका व्याक्तिहरुले पनि समाजमा विभिन्न उदाहरणीय क्रियाकलपा गर्न सक्ने भन्दै यसको लागि उचित अबसरको खाँचो रहेको बताउँदछन् । उनले भने–‘अपाङ्गता सवाल सर्वाजनिक सवाल हो यसको विषयमा हामीसबैको सकारात्मक सहयोग भएमा पक्कै पनि समाज परिर्वतन हुन्छ । ’ उनले जिल्ला विकास समितिले विभिन्न अपाङ्गता भएका व्याक्तिहरुको सिपमुलक, आयमुलक, तथा चेतनामुलक क्षेत्रम प्रत्येक बर्ष बजेट विनियोज गर्ने भएकोले आफ्नो समुदायमा भएको खाँचो तथा विषयको बारेमा जिविसमा कुरा उठाउनको लागि उनले आग्रह समेत गरे ।
तस्वीर विवरण
दुर्घटनाको कारण बाँया खुट्टा गुमाएका दिपक जिविसको सहयोगमा  वितरण गरेको बाख्राको साथमा । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।

(((((((((((((

विभिन्न सहायता तथा शैक्षिक सामग्री वितरण
बुटवल टुडे संवाददाता
बुटवल, ६ असार ।
 अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देह, महिला  तथा बालविकास केन्द्र रुपन्देही र नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा अपाङ्गता भएका विभिन्न व्याक्तिहरुको लागि सहयता समग्री वितरण गरिएको छ ।
 शुक्रबार रुपन्देहीको सालझण्डीका एक कार्यक्रमको आयोजनागरी महिलाहरुको लागि शिलाई मेसिन, सिलाईकटाई तालिम को प्रमाण पत्र वितरण, बिउपुँजी वितरण तथा बाख्रा वितरण र सहायता सामग्री र शैक्षिक सामग्री वितरण गरिएको हो ।
अपाङ्गता जिल्ला संमन्वय समितिका उपाध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकरी विश्व प्रकाश अर्याल को प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ  रुपन्देहीकी सह सचिव कल्पना ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोटियामाई निमाविका प्रध्यानाध्यापक टंकमणि पोखरेल, सालझण्डी माविका प्रध्यानाध्यापक खडानन्द पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघ पश्मिाञ्चल  क्षेत्रीय अध्यक्ष देविबहादुर पोखरेल, प्रशिक्षार्थीको तर्फबाट स्वतिका खनाल लगायतले मन्तव्य राखेका थिए । त्यस्तै गाविस सचिव शान्ताकुमार चौधरी, पत्रकार ईन्दिरा अर्याल, नेपाली कांग्रेसका  चुडामणी पोखरेल, स्थानिय समाजसेवी लोकमणि भटराई, सालझण्डी सहकारीका हध्यक्ष गोविन्द पोखरेल, नागरिक समाजकी अध्यक्ष  शान्ता राई लागायतले समेत मन्तय राखेका थिए ।
अपाङ्गता पुर्नस्थापनाकार्यक्रम(सिबिआर) अन्र्तगत विऊ पुँजी कार्यक्रमबाट विभिन्न व्यसाय गर्ने व्यापक्तिलाई आर्थिक रकम समेत वितरण गरिएको थियो ।
शाररिक अपाङ्गता भएकी मैया लम्साललाई नगद २० हजार रुपैँया, सुविना गुरुङ्गलाई १५ हजार रुपैया र स्वाथ्य उपचारको लागि पदमलाल पोखेललाई १५ सय, विशाल थारुलाई १५ सय रुपैया रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले प्रदान गरेका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती