बहुमुखीमा प्लाष्टिक फाले १ हजार जरिमाना

कृष्ण खनाल
 प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको रुखमा टाँसिएको सूचना । तस्वीरःकृष्ण 
बुटवल, २७ माघ ।
तपाईं  बुटवल बहुमुखी क्याम्पसको विद्यार्थी हुनुहुन्छ ? या क्याम्पसको आसपासमा बसोबास गर्नुहुन्छ भने ख्याल गर्नुहोला । बुटवल क्याम्पको परिसर (हाता) भित्र प्रवेश गर्दा हातमा कतै प्लाष्टिक बोकेर त जानुभएको छैन । यदि त्यसरी जानु भएको छ भने तपाई अझै सजक हुनुपर्ने  बेला आएको छ । 
कारण हो अहिले बुटवल बहुमुखी क्याम्पस  ‘पुर्ण प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको छ । जुसको कारण क्याम्पसको हाताभित्र प्रवेश गर्ने  जो कोहीले पनि क्याम्पसमा फोहर गरेमा या प्लाष्टिक मुक्त क्षेत्रमा प्लाष्टि फ्याँकेमा क्याम्पस प्रशासनले १ हजार रुपैयाँ जरिमाना गने निणर्य गरेको छ । 
गत पुस महिनामा क्याम्पस प्रशासन, विद्यार्थी तथा सरोकारवाला निकायहरुको संयुक्त बैंठकबाट‘बुटवल बुहमुखी क्याम्पस प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको हो । क्याम्पस पुर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकेपछि अहिले क्याम्पस हाता भित्रको खेल मैदान, क्याम्पस परिसर लगायतका विभिन्न स्थानहरुमा सूचना समेत टाँस गरिएको छ । ‘क्याम्पस पुणत प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।’– बुटवल बहुुमुखी क्याम्पस ’ भनेर करिब आध दर्जन भन्दा बढि स्थानहरुमा उक्त सूचना टास गरिएको क्याम्पस प्रशासनले जनाएको छ । 
बुटवल बहुमुखी क्याम्पस बुटवलका प्रमुख प्रकाशवन्दु रेग्मीले क्याम्पस पुणतः प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपछि अहिले धेरै परिर्वतन आएको जानकारी गराए । बुटवल टुडेसंको कुराकानीमा क्याम्पस प्रमुख रेग्मीले भने–‘ अहिले धेरै परिर्वतन आएको छ , क्याम्पस पनि सफा देखिएको छ ।’ क्याम्पस पुर्ण रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकेपछि पछिल्लो समयमा विभिन्न विद्यार्थी क्लवहरु‘युनिटी गाईज विएमसी’ लगायतका विद्यार्थीहरु क्लवहरुले नियमित रुपमा सरसफाई समेत  गर्दै आएका छन । 
क्याम्पस पुर्ण रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपछि पछिल्लो समयमा क्याम्पसको हात सफा सुग्गर हुदै गएको विद्यार्थी शिव अधिकारी बताउदछन । 
क्याम्पसले प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको करिव एक महिना वित्न लाग्दा समेत अहिले सम्म कसैलाई कारवाही गर्नुपरेको छैन  । क्याम्पसका विद्यार्थीहोस या अन्य कुनै पनि व्याक्तिहरुल्े क्याम्समा फोहर फालेमा या प्लाष्टिक फालेमा  १ हजार रुपैया कारवाही स्वरुप क्यम्पसले जरीमान तोकेको छ । जसबाट जले सूचना प्रवाह गर्दछ त्यसलाई ५ सय रुपैया पुरस्कार स्वरुप प्रदान गरिने समेत क्याम्पसले जनाएको छ । 
पछिल्लो समयमा  विद्यार्थी तथा अन्य मानिसहरु समेत सचेत हुदै गएको कारण जरिमाना नै तिराउनु पर्ने स्थिति नआएको क्याम्पस प्रशसनले जनाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै