भु–कम्पबाट बुटवल सुरक्षित बनाउने अभियान

कृष्ण खनाल 
बुटवल, ८ फागुन । 
दाङ्ग जिल्लामा स्थायी घर भई विगत लामो समय यता बुटवलमा घर तथा अन्य भौतिक पुर्वाधारहरुको निर्माण कार्यमा जुट्दै आएका जयनप्रसाद चौधरीलाई भुकम्प प्रतिरोधी घर कस्तो बन्छ भन्ने थाहा थिएन । 
३० बर्षीय चौधरीले विभिन्न सञ्चार माध्यामहरुमा भु–कम्पले यतीको ज्यान लियो उतीको नोक्सान ग¥यो भन्ने बारेमा पटक पटक समाचारहरु समेत सुन्ने गर्दथे । तर आफैले घर तथा विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गर्दा कसरी भु–कम्पले पनि भत्काउन नसक्ने घर बनाउन सकिन्छ भन्ने बारेमा जानकारी थिएन । तर बिहिवारबाट भने उनले भुकम्प प्रतिरोधात्कम घर कसरी बनाउन सकिन्छ भन्ने बारेमा बुटवल नगरपालिकाले  आयोजना गरेको ५  दिने तालिममा सहभागी भएका छन । ‘आज भन्दा पहिला कुनै पनि खालको तालिम लिईएन घर बानाउन जानेको मान्छे साहुले जे भन्छ त्यस्तै बनाईयो ।’–संवाददाता संगकको कुराकानीमा उनले भने ।
 उनी जस्तै बुटवल –१३ प्रगतीनगरमा बसोबास गर्ने यम बहा बहादुर पुनले पनि यस भन्दा पहिला कुनै पनि भु–कम्पप्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम लिएका थिएन्न । ४४बर्षीय पुनले भन्दै थिए–‘तालिम लिदै छु अझै धेरै कुरा सिक्नेछु ।’ उनले आगामी दिनमा आफुले तालिमा सिकेको जस्तै गरी  घर तथा अन्य भौतिक संरचनाहरु निर्माण गर्ने  समेत बताए । ‘अब घरहरु बनाउदा तालिममा भने जस्तै गरी बनाउने छु । ’ उनले भने ।  अव चौधरी र पुनले भु–कम्पप्रतिरोधात्क घर निर्माण गर्नेछन । 
उता , नेपाल सरहकारले राष्ट्रिय भवन निर्माण संहिता २०६० को तर्जुमा गरी वि.स.२०६० पुस २ गते देखि नेपालभर लागू गर्नको लागि निर्देशन समेत दिएको छ । यस अन्र्तगत नेपालका २४ वटा नगरपालिकाम भवन निर्माण  संहिता कार्यान्वयन सुरु भएको छ । जस अनुसार बुटवल नगरपालिकाले मिति २०६९ साल असार १ गते देखि भवन निर्माण आचार संहिता पुर्णरुपमा लागू गरिसकेको छ । बुटवल नगरपालिकाका लेखापाल सितु प्रसाद श्रेष्ठले अब बुटवललाई भु–कम्पबाट पुर्ण रुपमा सुरक्षित बनाउनको लागि अव निर्माण हुने भवनहरुमा पुर्णरुपमा भवन निर्माण आचार संहिता लागु गरिएको जानकारी दिए । उनका अनुसार अव निर्माण हुने कुनै पनि भौतिक संरचनाहरु पुर्ण रुपमा भुकम्पबाट सुरक्षित निर्माण हुनेछन । 

उता, भु–कम्प प्रविधि राष्ट्रिय समाज नेपालका प्रशिक्षक सिभिल ईन्जीनियर कपिल भटराईले नेपाल भु–कम्पीय  उच्च जोखिममा रहेको कारण देशभरमा भुकम्प प्रतिरोधी घर निर्माण गर्नु पर्ने बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘भुकम्पबाट हुने क्षतीको बारेमा सम्पूर्ण नेपाली जनताहरुमान चेतनान हुनु आवश्यक छन जसबाट मात्र नेपाल सुरक्षित नेपाल बन्न सक्छ ।’
उनका अनुसार भुकम्प प्रतिरोधी घर निर्माणको लागि ३ तलाको मात्र घर निर्माण गर्नु पर्ने छ ।  जसमा पिलर १२÷१२ ईन्चको हुनुपर्दछ । त्यस्तै व्यान्ड, सिन्ड व्यान्ड अनिवार्य हुनुपर्नेछ भने जग सम्बन्धी डबल डाईरिङ्ग भएको राख्नु पर्नेछ । यसरको साथै रिङ्ग ८ एम एम को र ४ ईन्चको फरकमा   रिङ्ग राख्नु पर्ने छ । 
नेपलको एक तथ्यांक अनुसार अहिले निर्माण भईरहेका ९० प्रतिशत निर्माण कार्य निर्माण व्यवसायीबाट र १० प्रतिशत मात्र  निर्माण कार्य प्रविधिकहरुबाट हुने गरेका छन । जसको कारण पनि नेपालमा भु–कम्प गएमा क्षती बढि हुने संभावना रहेको छ । वि.स. १९९० सालमा संखुवासभामा केन्द्रविन्दु बनाएर गएको भु–कम्पको कारण काठमाण्डौमा ४ हजार भन्दा  बढि मानिसहरुको मृ त्यु भएको विभिन्न तथ्यांकमा पाईन्छ । 
त्यस्तै वि.स.२०४५ सालमा घरमा पनि १ सय ५० भन्दा बढि मानिसहरुको मृत्यु भएको थियो । वि.स.२०६८ सालमा  ताप्लेजुङ्गमा केन्द्रविन्दु बनाएर गएको भु–कम्पको करण काठमाण्डौमा पर्खाल भत्कीएर क्षती भएको थियो । 

भु–कम्पबाट हुने क्षती न्ययुनीकरणका लागि काम गर्ने विभिन्न संस्थाहरुका तथ्यांक अनुसार करिव ७० बर्षको अन्तरालमा ठुलो किसीमको भुकम्प  जाने गरेको छ । एक तथ्यांक अनुरा बुटवल नगरपालिका करिव ७ देखि ८ सय नया घरहरु निर्माण हुने गरेका छन । 

((((((((((((((((((
भु–कम्प प्रतिरोध भवन निर्माण तालिम सुरु
बुटवल, ८ फागुन । बुटवल नगरपालिका र भुकम्प प्रविधी राष्ट्रिय  समाज नेपालको संयुक्त आयोजनामा ‘भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी निर्माणकर्मी तथा कडर्मीहरुको लागि ५ दिने  तालिम विहिवार बाट बुटवलम  सुरु भएको छ । 
भवन निर्माण आचार संहिता२०६० अनुसार  निर्माण गरीने विभिन्न भौतिक पुर्वाधारहरु कसरी भुकम्प प्रतिरोधी निर्माण गर्न सकिन्छ भनेर तालिम आयोजना गरीएको बुटवल नगरपालिकाका लेखापाल सितुप्रसाद श्रेष्ठले जानकारी दिए । फागुन ८ गते देखि १२ गते सम्म आयोजना हुने तालिमको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 
बुटवल नगरपालिकाका निमित्त सचिव विष्णु प्रसाद खनालको अध्यक्षतामा भएको तालिमको स्वागत बुटवल नगरपालिका जुनिएर ईन्जिनियर ज्ञान प्रसाद अर्यालले गरेका थिए । कार्यक्रमको औचित्यमाथि बुटवल नगरपालिका ईन्जिनियर सुमन श्रेष्ठले प्रकाश पारेका थिए भने कार्यक्र सञ्चाल बुनपा लेखापाल सितु प्रसाद श्रेष्ठले गरेका थिए । तालिमको पाँच दिन सम्म सहजीकरण  भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका प्रशिक्षकहरु सिभिल ईन्जिनियर द्वय कपिल भटराई र समिर सिंहले गर्नेछन ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै