सडकलेनै भत्काएन ८२ फिट भित्रको आफ्नो भवन

कृष्ण खनाल 
बुटवल, २४ माघ । 
सडक विस्तारको क्रममा ‘सडक मापदण्ड’ भित्र परेको भौतिक संरचनामा तुरुन्त डोजर चलाउने सडक विभाग डिभिजन सडक–४ नम्बर बुटवलले आफ्नो स्वामित्वमा रहेका मापदण्ड भित्रका भवन भत्काउन कुनै चासो देखाएको छैन । 
सडक मापदण्ड (८२ फिट) भित्र पर्ने आफ्नो डिभिजन सडक कार्यालयको ४ वटा भवनका केही कोठाहरु भत्काउनको लागि आनाकानी गरेको हो ।  
सडक मपदण्डअनुसार (८२ फिट) भित्र  पर्ने बुटवलको नयाँ बषपार्क नजिकै रहेको डिभिजन सडक कार्यालययको स्वाभित्वमा रहेको ४ वटा भवनको ४ वटा कोठा मापदण्डभित्र पर्ने भन्दै भित्रबाट वाल (पर्खाल) लगाएको करिब एक बर्ष बित्न लाग्दा समेत त्यसमा डोजरचलाउने आँट  अहिले सम्म गरेको छैन । 
गत असार महिनामा बुटवलको फोरलेनसडक (नाम सिक्सलेन) विस्तारको क्रममा मापदण्डभित्र पर्ने अहिले ईलाका प्रशासन कार्यालय बुटवल रहेको १ भवन  र अन्य ३ वटा अवासको लागि प्रयोग भएकाभवनका केही कोठा भित्रबाट पर्खाल लगाइएको भएपनि अहिले सम्म नभत्काउदा उक्त कोठाहरु यौनक्रिढा गर्ने स्थानको रुपमा परिणत भएका छन  । 
नयाँ बषपार्क नजिकै रहेको उक्त स्थानमा  अनौतिक क्रिायाकलाप गर्नेहरुको लागि अहिले सजह स्थान बन्नुको साथै‘यौन अखडा’ समेत बन्ने गरेको छ । 
सरकारी लागतमा निर्माण गरिएका उक्त भवनका केही कोठाहरु भित्रबाट पर्खाल लगाएर छेकिएको छ । जुन कोठाहरु कार्यालय परिषर भित्र पर्दैन्न त्यसमा अहिले अनैतिकक्रिलायकलाप हुने गरेको हो । 
सरकारी कार्यको लागि प्रयोजन नभएका कोठाहरुअनैतिक क्रिायकलपा गर्ने र बेवारिसे मानिसहरुले बस्ने थालो बन्ने गरेको स्थानियको भनाई रहेको छ ।   
केही कोठाहरुको ढोका बन्द  गरिएको भएपिन त्यसलाई फोडेर होस  सहज रुपमा भित्र जान मिल्ने बनाइएको छ भने कुनै कुनै कोठमा भने झ्यालबाट नै भित्र जाने बाटो समेत बनाइएको छ । 
अहिले उक्त कोठाहरुको अवलोकन गर्ने हो भने कण्डम तथा अन्य यौजनन्य बस्तुहरु छरप्रस्ट रुपमा देख्न सकिन्छ ।  सरकारी लगानीमा निर्माण भएका उक्त भवनको केही कोठाहरुलाई समयमै नभत्काउनेहो भने यो विकृतरुप अझ बढ्न सक्नेजानकारहरु बताउदछन । 
उता, सडक डिभिजन कार्यालय–४ नम्बर बुटवलका बरिष्ठ ईन्जिनियर तथा प्रवक्त धनिराम चौधरीले यसै आर्थिक बर्ष भित्रमा सडक मापदण्ड(८२ फिट) मा पर्ने आफ्ना भवनहरु भत्काउने जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा प्रवक्ता चौधरीले भने–‘सडक मापदण्ड भित्रको कुनैपनिसंरचनान रहदैन भत्काएर छोडिन्छ ।’ उनले अहिले उक्त भवनहरुमा भित्रबाट वाल लगाइएको  र यसै आर्थिक बर्षमा भत्काउने  जानकारी  समेत दिए । खासगरी उक्त भवनहरुमा सबैभागमा फलामको डण्डाले जोडिएको कारण पनि एउटामात्र कोठा भत्काउदा सबै भवन भत्कीने भएको कारण होसियारीपुर्वक फलामको डण्डा काटेर भवन भत्काउने जानकारी दिए ।
उनले थपे–‘अहिलेको समस्या भनेको एउटा कोठा भत्काउदा सबै भवननै भत्कीने भएको कारण डोजर लगाउन सकिएको छैन यसै आर्थिक बर्षमा भत्काउने छौ ।’


तस्वीर विवरणः
बुटवलको नयाँबसपार्क नजिकै सडक डिभिजनकार्यालयको स्वामित्वमा रहेको भवन सडक मापदण्ड भित्र पर्ने भएपनि भत्काइएको छैन ।  तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै