खेल मैदानको अभावमा खेल प्रभावित

बुटवल, १ फागुन । 
करिव एक दशक अगाडी बुटवलको एन्फा एकेडमी बसेर फुटवल सिक्दै गर्दा राष्ट्रिय फुटवल खेलाडी पुकार गहतराज त्यहिकै मैदानमा फुटवल सिक्ने  गर्दथे । सानो छँदा घर छुउछाउमा आफ्नै तरिकाले फुटवल खेल्ने गरेका भएपनि  गहतराजको औपचारीक फुटवलको सिकाई भने एन्फा एकेडमीबाट नै भएको छ । केही समय सम्म एन्फामा बसेर फुटवल सिक्दै गएपछि उनी बुटवलको फुटवल क्लव ‘ईन्टर स्पोर्टष्ट क्लव’ मा आवद्ध भए ।  नियमित रुपमा नै फुटवल खेल्न थाले । 
पाल्पामा जन्मघर भएका गहतराज पाल्पामा हुँदा टुडीखेल मैदानमा फुटवल सिक्ने गर्दथे ।  जव बुटवलमा झरे त्यसपछि उनले आफ्नो खेलकुद यात्रालाई अझ तिब्र गतीका साथ अगाडी बढाउन थालेका हुन । 
पछिल्लो समयमा काठमाण्डौमा रहेको हिमालय शेर्पा क्लवमा आवद्ध भएका उनी राष्ट्रिय स्तरको ‘ए’ डिभिजन समेत खेलीसकेका छन । 
खेलकुदका संघर्षका दिनहरुमा बुटवलमा बासोबास गर्ने उनी कहिले बुटवल–१२  रामनगरमा रहेको मानवज्ञान उच्च माविको मैदान त कहिले बुटवल–१३ देविनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसको मैदानमा धाउने गर्दथ्ये । 
कुनै पनि खेलको अभ्यास (प्राटिक्स) गर्नको लागि राम्रो खेल मैदानको अभावको कारण उनीमात्र होईन उनी आवद्ध भएको क्लवले  ईन्टरस्पोर्टस् क्लवका अधिकांस खेलाडीहरु अभ्यासको लागि विभिन्न मैदानहरु चाहर्दथे । 
आज भन्दा करिव एक दशक आगाडीको अवस्था यस्तो रहेपनि अहिले पछिल्लो समयमा पनि यहाका स्थानिय खेलकुदमा आवद्ध क्लवहरुको व्यहोर्दै आएका छन । उनीहरुको एउटा साझा समस्या रहेको छ –खेलकुदको  अभ्यासको लागि स्तरिय मैदान भएन ।  गहतराज एउटा प्रतिनिधी पात्र  मात्र हुन । 
बुटवलको समयले कोल्टे फेरेपनि बुटवलमा स्तरिय मैदानको अभाव अहिले पनि कायमै रहेको छ । भएका केही सिमित मैदानहरुमा पनि क्याम्पस र विद्यालयहरुले कब्जा गरेको कारण पछिल्लो पुस्ता खेलकुदका विभिन्न अभ्यासको लागि विभिन्न खेलाडीहरुले थप सास्ती व्होर्नु परेको छ । 
खासगरी रुपन्देहीमा ठोस खेलकुद मैदानको अभावको कारण अहिले पनि थुप्रै खेलाडीहरुले राम्रो पर्दशन गर्न नसकेको राष्ट्रिय खेलाडी पुकार गहताज बताउँदछन । 
अहिले हिमालयन शेर्पा क्लव फुटवल बाट खेलिरहेका गहतराज बुटवल–१३ देविनगरमा चालिरहेको ‘ए’ डिभिजन फुटवल प्रतियोगीताको अवलोकनको लागि आएको  समयमा भेटिए ।  
आफुले विगतका बर्षहरु खेल अभ्यासको लागि विभिन्न मैदानहरुमा धाएको अनुभव सुनाउदै उनले भने–‘स्तरिय ग्राउण्डको अभाव छ, निस्चित खेलकुद खेल्नको लागि निश्चित खेल मैदानहरु यस क्षेत्रमा आवश्यक छ ।’ उनले थप–‘जसको लागि विभिन्न सरोकारवाला निकायले यसको ध्यान दिनु आवश्यक छ ।’
रुपन्देहीमा ठोस खेल मैदानको अभावका वास्तविक  खेलकुद क्षेत्रमा  लाग्ने खेलाडीहरुको खेल  प्रभावित  बन्दै गएकोमा सरोकारवाला बताउँदछन् । 
उता, बुटवल युनाईटेडका ३१ बर्षिय खेलाडी आशिष थापाको पनि गुनासो यहि रहेको छ । बुटवल र यस आसपासमा रहेका खेल मैदानहरु स्तरिय नभएको कारण पनि कहिलेकाही अभ्यास राम्रो संग  गर्न नपाउँदा  खेल  समेत राम्रो पर्दशन गर्न नसकिएको बताए । 
बुधवार एन्फा एकेडमीमा जारी फुडवल प्रतियोगीता अवलोकनको लागि आएका उनले भने–‘एक त खेल मैदान राम्रो नै छैन भएपनि धुलो र हिलोको कारण खेल्न सकिदैन ।’
 अर्का खेलाडी तथा नेगोसिडा क्लव बुटवलका कप्तान रविन थापाले बुटवलमा स्तरिय फुटवल खेल मैदानको अभाव खड्कीएको बताए । 
उनले भएका मैदानहरुलाई राम्र्रा्रे संग सरोकारवाला नियकाले संरक्षण नर्ग जिर्ण बन्दै गएको बताउदै भने–‘जसको लागि  जिल्ला खेलकुद विकास समिति तथा सरकारले विशेष ध्यान दिनु पर्दछ ।’ एन्फा एकेडमीका  पोडक्टका  रुपमा रहेका थापाले थपे–‘खेलाडी भनेको राष्ट्रको गहना हो, उनीहरुको प्रोत्साहनमा विशेष ध्यान दिनु आवश्यक छ ।’
डिएमसी तुल्सीपुर मंगलापुरका खेलाडी कमल गुरुङ्ग र सुनौलो संगम युवा क्लवका खेलाडी नेत्र थापाको पनि एएटै स्वर रहेको छ –‘बुटवलका स्तरिय मैदान भएन जसको कारण खेल प्रभावित भयो । विगत ५÷६ बर्ष देखि नै  देखि नै फुटवल खेल्दै आएका गुरुङ्ग र थापाले विद्यालयहरुले खेल मैदान कब्जा गर्न नपाउने र यसमा सबै खेलाडीहरुलाई समान रुपमा   खेलको अभ्यास गर्न पाउने  वातावरण मिलाउनु पर्ने समेत बताए । 
कुरा फुटवलको मात्र होईन, बुटवल र यस आस पासमा क्रिकेटको लालि समेत मैदानको अभाव रहेको छ । बुटवलको दिपनगरमा रहेको सिद्धेश्वरी खेल मैदान, मानवज्ञान उच्चमाविको मैदान,  लुम्बिनी बाणिज्य क्याम्पसको मैदान, कालिका  उच्च माविको मैदान  र बुटवल बहुमुखी क्याम्पसको मैदान बैकल्पीक खेल मैदानको रुपमा प्रयोग  हुने गरेको भएपनि स्तरिय मैदानको अभावको कारण  वास्तविक खेलाडीहरुले खेलको अभ्यास गर्न पाएका छैन्न । कुनै कुनै मैदानहरुमा त बाहिरका खेलाडीहरु  प्रवेश समेत पाउदैन । 
उता, बुटवलमा हालै गठन गरिएको बुटवल क्रिकेट विकास समितिका सचिव दिपक भुर्तेलले बुटवलमा क्रिकेट खेलको लागि मैदान अभाव भएको बताएका छन । बुटवलमा अन्य स–साना खेल मैदानहरु भएको भएपनि क्रिकेट खेलको लागि भने कुनैपनि स्तरिय खेल मैदान नभएकोमा खेलाडीहरुले क्रिकेट खेलको लागि अभ्यास गर्न नपाएको समेत बताए । 
बुटवल र यस आस पासमा रहेका क्रिकेट खेलाडी त था क्रिकेटको विकास लागि भनेर स्थापना  गरिएको बुटवल क्रिकेट विकास समितिले भविश्यमा एकडेमीक समे स्थापना गर्ने उदेश्य रहेको उनले बताए । 
बुटवल टुडे संगको कुराकानीमा सचिव भुर्तेलले भने–‘ खेल मैदानको अभाव हुनु दुःखको कुराहो, जसको लागि ठाउ समेत अभाव देखिएको छ । ’ उनले क्रिकेटको विकासको लागि जवई खेल मैदानलाई यस क्षेत्रकै क्रिकेट मैदानको रुपमा विकास गर्न सकिने समेत बताएका छन । 
जसको लागि केन्द्रीय तथा स्थानिय स्तरबाट पहल कदमी जारी रहेको उनको धारणा  रहेको छ  । बुटवल क्रिकेट विकास समितिले विगतका बर्षहरुमा बुटवलको रामनगर, करहियाको खेल मैदान, र जवई खेल मैदानमा  विभिन्न समयमा  क्रिकेट प्रतियोगीताहरु आयोजना गर्दै आएको छ ।  भएका मैदानहरु सभा सम्मेलन तथा  नेताहरुले भाषणा गर्ने थलोको रुपमा प्रयोग हुने गरेका छन ।  जसको संरक्षण गर्नु आवश्यक छ । 


रविन थापा, कमल गुरुङ्ग, नेत्र थापा लगायत  

तस्वीर खेलाडीहरु 

पुकार गहतराज,





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै