बाँदर धपाउन १ लाखको बजेट !

कृष्ण खनाल
बुटवल, २९ माघ । 
गत शनिवार बुटवल नगरपालिकाले आर्थिक बर्ष २०७१÷०७२ को नगरको बजेट सार्वजनिक ग¥यो । नगरापलिकाले बार्षिक नगर विकास योजना तथा आर्थिक बर्ष २०७१/०७२ को  लागि नगरपरिषद्बाट पारित ४० करोड ९८ लाख ३० हजार ६ सय ५० रुपैयाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा सार्वजनिक गरिएको बजेट पुस्तिकामा विभिन्न रोचक कुराहरु समेत समावेस गरिएको छ । 
‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ नाम दिइएर निर्माण गरिएको बजेट पुस्तकाको अनुसूची–२ प्रवद्र्धनात्मक  कार्यक्रम  अन्र्तगतको पाना नम्बर ३१ को लेखा कोड नम्बर ८२०१२१०३  बुटवल नगरपालिका वडा नम्बर २ को बादर नियन्त्रण कार्यको लागि १ लाख रुपैया विनियोजना गरिएको छ । यति मात्र होईन नगरपालिका बाट पािरत बजेट, नीति तथा कार्यक्रम  अनुसूची ३ को पाना नम्बर ३३ मा महिला लक्षित कार्यक्रको कुल बजेट ९० लाख १० हजार रुपैयामा अधिकांस रकम भौतिक  पुर्वाधार निर्माणमा  विनियोजना गरिएको छ । लक्षित समुहको लागि विनियोजना गरिएको रकम उनीहरुको सीप विकास, तथा पर्वद्धनात्क कार्यको लागि प्रयोग गर्नु पर्दछ ।  
तर लक्षित समुहको रकम सडक निर्माण देखि लिएर वडा कार्यालय संगै शौचालय तथा पानी ट्यांकी निर्माणको लागि, खोल्सीमा रिटेनिंग वाल, वडा कार्यालयको अडरग्राण्डको कोठा सुधारको लागि समेत रकम विनियोजना गरिएको पाइएको हो । 
वडा नम्बर १ को शिखर दलेउराली गणेश मन्दिर निर्माण झर्ने कुलेसो नियन्त्रणको तथा सडक निर्माणको लागि ३ लाख, वडा नम्बर ३ को वडा कार्यालयसगै शौचालाय र पानी ट्यांकी निर्माणको लागि पनि ३ लाख विनियोजना गरिएको छ । वर्डा नम्बर ५ मा खोल्सामा  वाल लगाउन र खानेपानी पाईप लाईन विस्तारको लागि २ ÷२  लाख विनियोन गरिएको छ । 
त्यस्तै सोही वर्डा को कार्यालय अन्डरग्रउण्डको सुधारको लागि पनि २ लाख छुट्याइएको छ । यति मात्र होईन बुनपा १० को अक्फोर्ड पथमा गमलामा फुल रोप्नको लागि पनि महिला लक्षित कार्यक्रमको रकम खर्च गरिएको छ । जसको लागि ३ लाख, नया गाउमा खानेपानी समितिको जेनेरेटर व्यवस्थापनको लागि पनि महिला  लक्षित कार्यक्रमको ३ लाख रुपैया विनियोजन गरिएको छ । 
उता, बालबालिका  लक्षित कार्यक्रमहरुमा पनि त्यस्तै छ । बालवालिका लक्षित कार्याक्रम अनुसूची ४ को पाना नम्बर ३५ मा भौतिक निर्माण कार्यक्रहरु सडकरको भ¥याङ्ग निर्माण, पुस्ताकलयको भवन  निर्माण पुरा गर्न, विभिन्न पुस्ताकालयहरुलाई सहयोग गर्नको लागि खर्च गरिने भएको छ । कुल बजेट ९० लाख १० हजार रुपैया विनियोजना गरिएकोमा विभिन्न स्थानका चौपारी मर्मत तथा बाटो निर्माणको  लागि समेत लक्षित समुहको रकम खर्च गरिएको छ । 
श्रमीक पथ बाटो निर्माणको लागि १३ वर्डामा २ लाख ५० हजार, मया देवि पथम ग्रावेलको लागि २ लाख , डाडाटोल ‘क’ चौपारी मर्मतको लागि वडा ४ मा ५० हजार रुपैया, सगरमाथा पथ निर्माणको लागि २ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ । 
यसको साथै अन्य लक्षित समुह दलित , आदिवासी र जनजाती, जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्तिहरु, मधेसी, मुस्लिम, पिछडा बर्ग  र अन्य पिछडीएको वर्ग विकास कार्यक्रम को रकम पनि विकास निर्माणमा प्रयोग गरिएकको छ । कुल बनियोजीत रकम १ करोड ३४ लाख ९० हजार रुपैया विनियोजन गरिएकोमा अधिकांस रकम विकास निर्माणको लागि प्रयोग गरिएको हो । जसको कारण बास्तविक  लक्षित समुहको विकासमा भने रकम नपुग्ने निस्चित भएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै