१४ बर्षमा पनि भएन ‘बुटवल प्लाष्टिक निशेष क्षेत्र’

कृष्ण खनाल 
बुटवल, ११ फागुन ।
आजभन्दा १४ बर्ष पहिला उपभोक्ता हक हित मञ्च रुपन्देहीले ‘बुटवल नगरपालिका लाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने’ भनेर पहल थालेको थियो । उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाको नेतृत्वमा रुपन्देही जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन नगरपालिका मेयर भोजप्रसाद श्रेष्ठको सहयोगमा बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा सुरु भएको थियो । 
प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्नस्थानहरुमा त्यतिबेला सयौ संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो ।  नगरमा प्लाष्टिकको प्रयोग जथाभावि गर्दा नगरनै प्रदुषित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो ।  उक्त सुईरो अभियान ३बर्ष पछि अलपत्र परेको छ । 

वि.स.२०५९ अभियान बन्द  भएको हो । प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पु प्रयोगमा ल्याउन सकियोस भन्ने हेतुले ल्याइएको सुईरो अभियान अहिले नगरपालिकामा छैन ।  प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान बनाउनकोको लागि थालिएको अभियानले १४ बर्षी वित्दा समेत  पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । 
प्लाष्टिक मुक्त नगरबनाउनको लागि नगरपालिकाले उदासिनता देखाईरहेको समयमा खुद्रा किराना व्यसायी संघले ‘प्लाष्टिक निशेधित क्षेत्र ’ बनाउनको लागि पहल गर्ने भएको छ । संघको आईतबार बुटवलमा भएको सातौ साधारण सभा तथा चौथो अधिवेशन मा अध्यक्ष लक्ष्मण न्यौपाने नगर सफा सुग्गर राख्ने खुद्रा व्यसायीको  दायित्व भएको कारण संघले त्यसको लागि तत्काल पहल गर्ने बताएका छन । 
उनले भने–‘नगर सफा भएमा हामी स्वथ्य हुन्छौ त्यस कारण पनि यसलाई पुर्ण रुपमा कार्यान्वयन  गर्नको लागि  हाम्रो पहल हुनेछ ।’खुद्रा किराना व्यसायी संघका महासचिव गंगाधर न्यौपानेले पनि बुटवल नगरलाई   प्लाष्टिक मुक्त क्षेत्र बनाउनको लागि  अभियानको रुपमा सञ्चालन गरीने जानकारी दिए । 

उता उपभोक्ता हकहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले नगरलाई आज भन्दा १४बर्ष पहिला  प्लाष्टिक निशेधित क्षेत्र  बनाउने अभियान  अहिले सम्म पनि सार्थकता नपाएकोमा दुःख व्यक्त गर्दै यसको लागि सबैको पहल जरुरी रहेको जानकारी दिए । उनले भने–‘५६ सालमा हामीले नगर स्वच्छ र सफा बनाउने अभियान सुरु  गरेका थियौं तर अहिले सम्म पनि  उक्त कार्यले पुर्णता पाउन सकेको छैन, जुन दुःखको कुरा हो ।’ उनले जथाभावी  रुपमा प्रयोग गरीने प्लाष्टिको कारण स्वाथ्यमा असर पर्नुको साथै नाम्ले जुका र फिते जुका जस्ता परजिवीहरुले समेत आक्रमण  गर्न सक्नेतर्फ सचेतन हुनको लागि सुझाए । 
उता, होटल व्यवसायी महासंघका अधयक्ष तथा खुद्रा किराना व्यसायी संघका संस्थापक सल्लाहकार माधव नेपालले नगर प्लाष्टिक निशेधित क्षेत्र बनाउनको लागि ढिलाई भैसकेको भन्दै यसको लागि अबिलम्ब   अभियान सुरु गरिनुपर्ने बताउदछन । ‘होटल व्यवसायीहरुको समेत यसमा साथ  रहेको छ , आगामी दिनमा नगर प्लाष्टिक मुक्त क्षेत्र बनाउनको लागि को संग कसरी सहकार्य गर्नेहो त्यसमा हामी तयार छौ  ।’–उनले भने ।  
उता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले तथा रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण प्रोखरेलले  खुला प्लाष्टिक  मुक्त क्षेत्र बनाउनको लागि आफ्नो पहल जारी रहने  जानकारी दिए । 
उता, रुपन्देही जिल्लाका सहकायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्ने जो सुकैलाई कारवाही गर्न कानुनले अधिकार दिएको भन्दै आफ्नो अनुगमन कार्य जारी रहने बताए । उनले प्लाटिक मुक्त नगर बनाउनको लागि  के कसरी  सहयोग गर्न सकिन्छ त्यसमा आफु तयार रहेको जानकारी दिए । 
घरमा प्रयोगमा आउने प्लाष्टिकलाई सुईरोमा संकलन गरि सुरक्षित स्थानमा ब्यवस्थापन गर्न यो अभियान निकै प्रभावकारी मानिन्छ ।  
तर बुटवलमा प्लाष्टिककै कारण फोहोर ब्यवस्थापनमा समेत अप्ठ्यारो भइरहेको वेला अभियानको निरन्तरताको लागि भने नगरपालिका र सरोकारवाला निकाय ले कुनै चासो देखाएको छैन । 
बुटवल नगरपालिकाको तथ्यांक अनुसार बुटवलमा उत्पादन हुने दैनिक ३० टन फोहोरमध्ये ७ प्रतिशत अर्थात २ हजार १ सय किलोग्राम  प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको  तथ्यांकमा पाईन्छ । 
नेपाल सरकारले ब्यवस्थापनमा समस्या हुने भन्दै २० माइक्रोनभन्दा कम तौलका प्लोथिन उत्पादनमा रोक लगाएपनि यस क्षेत्रमा भने त्यस्ता पोलिथन प्रसस्तै उपभोग भइरहेको छ । 
बुटवलमा २०५६ सालमा शुरु गरिएको सुईरो अभियान मुस्किलले २०५९ सालसम्म चलेको थियो । नगरका प्रत्येक घरमा सुईरो राखेर त्यहि सुईरोमा प्लाष्टिकजन्य बस्तुहरु जम्मा गर्न नगरपालिकाले निर्देशन गरेको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै