३ महिनामा १५ लाख बराबरको अवैद्य चल्ला नष्ट

प्रहरीले नियन्त्रणमा लिएको अवैद्य चल्ला नष्ट  गर्न लैजादै । फाईल तस्वीर  
रोकिएन अवैद्य चल्लाको  तस्करी
कृष्ण खनाल
बुटवल,  १७ माघ ।
गत मंसिर १८ गते रुपन्द्येहीको पुर्वी क्षेत्र धकधईबाट करिव ३ लाख ६० हजार बराबरको अवैद्य कुखुराको चल्ला नियन्त्रण गरी प्रहरीले नस्ट ग¥यो त्यसको ठिक २९ दिन पछाडी अवैद्य चल्लाको कारोवारी हुने मर्चवार क्षेत्रबाट पुस ९ गते  प्रहरीले ३ लाख बराबरको अवैद्य चल्ला नियन्त्रणम लिई नस्ट ग¥यो । यति मात्र होईन मर्चवार क्षेत्रबाट नै गत माघ ११ गते शुक्रबार शसस्त्र प्रहरी बलले करिव २ लाख बराबरको अवैद्य चल्ला नियन्त्रणमा लिई नस्ट ग¥यो यता क्षेत्र बाट शसस्त्र प्रहरीले ले ६ लाख ५६ हजार अवैद्य चल्ला नेपालमा ल्याउदै गर्दा नियन्त्रणमा  लियो र नस्ट ग¥यो । ईप्रका सुर्यपुराले ४ हजार २१ वटा र धकदई प्रहरीले १ सय ३० वटा ठुलो अवैद्य कुखुरा नियन्त्रणमा लियो ।  
 यो रुपन्देहीमा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको अवैद्य चल्लाको शिलशिला  मात्र हो । प्रहरीको सक्रियता बढेको भएपनि रुपन्देहीको दक्षिण क्षेत्रका १६ वटा गाविसको मर्चवार क्षेत्र  पुर्वी धकदई क्षेत्रमा अवैद्य चल्लाको कारोवार नरोकिएको स्थानिय बासिन्दाहरु बताउँछन् ।

प्रहरीले सुराकीको आधारमा नेपालमा भित्रीदै गरेका अवैद्य चल्ला नियन्त्रणमा लिने र नस्ट गर्ने गरेको भएपनि प्रहरीको अनुपस्थितीमा भने अहिले पनि धमाधाम रुपमा अवैद्य चल्ला नेपालमा भित्रीरहेको स्थानिय बासिन्दाको  भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी दिपक न्यौपानेले पछिल्लो समयमा प्रहरीको सक्रियता बढ्दै गएको र धमाधम रुपमा अवैद्य चल्लाहरु नियन्त्रणम लिने र नष्ट गर्ने गरेको बताउँछन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत मंसिर १८ गते  रुपन्देहीको पूर्वी क्षेत्र धकधईको खुल्ला सिमा नाका हुदै भारतबाट अवैध रुपमा कुखुराको चल्ला नेपाल ल्याउदै गरेको अवस्थामा इलका प्रहरी कार्यालय धकधईले अवैध चल्ला बरामद गरि नष्ट गरेको थियो । 
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरिएको अवस्थामा रुपन्देहीको बोदवार गाँउ विकास समितीको बुचिबरबाट मंसिर १८ गते बिहान करिब ३ लाख ६० हजार मुल्य बराबरको बोइलर तथा कोइलर जातको कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको थियो ।

त्यस्तै गत पुस ९ गते रुपन्देहीको चल्ला तस्कर गर्ने अखडा मानिएको दक्षिणी पूर्वी क्षेत्र मर्चवारको खुल्ला सिमा नाका हुदै भारतबाट अवैध रुपमा कुखुराको चल्ला नेपाल ल्याउदै गरेको अवस्थमा ईलाका प्रहरी कार्यालय मर्चवारले नियन्त्रणमा लिई नष्ट गरेको थियो । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरिएको अवस्थामा वोगवली गाविसमा– ८ बाट राती करिब ९ बजेको समयमा करिब ३ लाख मुल्य बराबरको चार हजार गोटा बोइलर जातको  कुखुराको चल्ला नष्ट गरिएको थियो ।

इलाका प्रहरी कायार्लय धकधईमा प्रहरी निरिक्षक हरी हमालको नेतृत्वमा खटिएको टोलीले बिशेष सुराकीको आधारमा उक्त परिमाणको चल्ला बरामद गरेको हो थियो भने मर्चवारमा ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक रमेश बहादुर सिहंको नेतृत्वमा खटिएको टोलिले अवैद्य चल्ला नियन्त्रणमा लिई नष्ट गरेको थियो ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट नै गत माघ ११ गते शुक्रबार शसस्त्र प्रहरी बल करौताले ठुलो परिमाणममा अवैद्य कुखुराको चल्ला नियन्त्रणमा लियो । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवश्थामा मझगाँवाको तीनकुने चोकबाट ४ हजार गोटा कुखुराको चल्ला बरामद गरेको  थियो । बरामद भएका चल्लाको मूल्य करिब २ लाख हजार मूल्य रहेको थियो ।
यस्तै गत शनिबारमात्र रुपन्देहीको पूर्वि क्षेत्र धकधई ईलाका प्रहरी कार्यालय अन्र्तगत पर्ने धकधई वडा नं. २ बाट शसस्त्र प्रहरी बल पजरकट्टी बेश क्याम्पका शसस्त्र प्रहरी निरिक्षक दामोदर सुवेदीको नेतृत्वमा खटेको टोलीले ८ हजार अवैध कुखुराको चल्ला भारतबाट नेपाल ल्याउने क्रममा पक्राउ गरेको थियो । उक्त चल्लाको मूल्य नेपाली बजारमा ६ लाख ५६ हजार रुपैया बराबरको रहेको छ ।
एकै क्षेत्र बाट पटक पटक रुपमा अवैध चल्ल नेपाल भित्र्यादै गर्दा प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीले तथ्यांकले देखाएको छ ।  खासगरी रुपन्देहीको धकधई क्षेत्रको बिभिन्न नाकाबाट प्रत्येक दिन नै रातीको  समयमा तथा बिहानै चल्ला तस्करहरुले चल्लाहरु भित्रयाई नेपालका बिभिन्न भागमा पुरयाउने गरिएको स्थानिय बासिन्दाहरु बताउँछन् । जसको कारण पशु क्वारेन्टाईन नगरिएको पशु पंक्षि नेपालमा भित्र्दा यसको संवदेनशिलतामा विशेष ध्यान दिनुपर्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।
बरामद गरिएको चल्लाहरु पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियाका प्रतिनिधि, प्रहरी र स्थानियवासीहरुको रोहवरमा नष्ट गरेको गर्ने गरेको भएपनि अवैद्य रुपमा भने अहिले पनि चल्ला नेपालमा भित्रीरहेका छन ।
खासगरी रुपन्देहीको शसस्त्र प्रहरी बल अन्र्तगत पर्ने वोदवार गाविसको बुचि बरवा नाका, पिपरहवा, पोखरभिण्डी, मैनिहवा नाका हुदै दिनहु अवैध रुपमा लाखौका संख्यामा कुखुराका चल्लाहरु तथा तयारी कुखुरा भारतबाट नेपाल भित्रीने गरेको पाइएको छ । यसैगरी शसस्त्र बेस क्याम्प रुपन्देहीको नजिकै रहेका सिद्धार्थनगर नगरपालिकको केवटलया नाका, शंकरपुर, भुजौली मर्चवारको खनुवा, बगौली, कदमहवा, पाडे पिपरहवा, करौता लगायतका नाकाहरुबाट समेत ठूलो परिमाणमा अवैध रुपमा कुखुराको चल्ला र तयारी कुखुरा बढदो रहेको स्थानियको भनाई रहेको छ  ।
रातको  समयमा साईकल, मोटर साईकल लगायतका सवारी साधन तथा पैदल कतिपय भरियाहरुले कुखुराको चल्ला र तयारी कुखुरा बोकि नेपाल भित्रायाई रहेको एक स्थानिय व्यात्तिले नाम नलेख्ने सर्तमा बताए ।
 भारतबाट २१ रुपैया (भा.रु.)मा प्रति गोटा चल्ला नेपाल भित्रयाएर न्यूनतम नेपाली ८० रुपैया सम्ममा बिक्रि हुने गरेको गरेको कारण सिमा क्षेत्रमा यसै पेशामा नै लाग्ने व्याक्तिहरुको  संख्या पनि धेरै रहेको छ । धेरै मिहिनेत पनि गर्न नपर्ने तथा  छोटो समयमा धेरै लाभ प्राप्त हुने गरेको कारण मानिसहरु यस प्रति आर्कषण बढेको हो । यसरी नेपालमा आएका चल्लाहरु बुटवल, पोखरा, चितवन लगायतका स्थानमा पुरयाउने गरिएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै