मायालु जोडीको डेटिङ्ग स्पर्टबन्दै पार्कहरु

कृष्ण खनाल 
बुटवल, १ फागुन । 



फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस, विश्वभरमा एकआपसमा माया प्रेम साटासाट गरेर यो दिवस मनाइदैछ । खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा यो दिनलाई लिने गरेको पाइन्छ । 

रुपन्देही जिल्लामा पनि विभिन्न स्थानहरु  युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाउने गरिन्छ । 
गत बर्ष रुपन्देही जिल्लाका विभिन्न पार्क तथा रमणीय स्थानहरुमा प्रेमी प्रेमिकाहरुको भिड नै देख्न सकिन्थ्यो ।

 खासगरी प्रणय दिवसको अवसरमा बुटवलको मणिमुकुन्द  सेन उद्यान (फुलबारी) अधिकांस युवा  यवतीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । पर्यटकिय स्थानकोरुपमा विकशित हुदै गएको  फुसवारीमा अन्य  स्थानहरुको भन्दा फरक स्थान भएको काराण र अन्य स्थानहरु भन्दा पनि  सुविधाहरु धेरै भएको कारण पनि युवा  युवतीहरुको रोजाईमा पर्ने गरेको  हो । 
युवायुवतीका लागि प्रेम व्यक्त गर्ने रमाइलो दिनको रुपमा रहेको छ प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे  लिन सकिन्छ । आफुले मन पराएको व्यक्तिलाई प्रस्ताव राख्न प्रणय दिवसलाई नै कुरी बस्ने कयौ युवा युवती छन् ।

यस्तै बुटवलमा युवा युवतीको प्रणय  दिवस मनाउने अर्को स्थानहो हिल पार्क । हिलपार्क परिषद्द्वारा सञ्चालन भएको हिलपार्क पनि युवा यवतीहरुको  रोजाईमा पर्ने गरेको छ ।  पछिल्लो  समयमा  सुचना प्रविधिमा आएको विकास कारण आफु भन्दा टाढा रहेका प्रेमी प्रमिकाहरुले मोबाईल, फेसबुक, इन्टरनेट मार्फत उपहार आदान– प्रदान गर्न सकिने भएकोले पनि प्रेम प्रस्ताव राख्न सहज वनाएको  पाइएको छ । 

पार्कमा प्रेम साटा साट गर्ने मात्र होईन  यो दिनमा अनैतिक क्रियाकलापहरु गर्ने युवा युवतीहरु पनि भटिने गरेका छन । यसरी अनैतिक क्रियाकलाप गर्ने युवायुवतीहरुलाई  प्रशासनले कारवाही गर्ने समेत जनाएको छ । बुटवलको नजिकै रहेको भ्यालेनटाईन युवा  युवतीहरुको रोजाईमा पर्ने अर्को स्थान हो शंकनगर बन बाटिका । शंकरनगर गाविसमा रहेको उक्त स्थानमा पनि युवा युवतीहरुको रोजाईमा पर्ने गरेको हो । बन बाटिकामा युवा युवतीहरुको प्रेम साटा साट गर्ने स्थानको रुपमा विस्तारै विकशित  हुदै गएको छ । 
नगरपालिका देखि केही टाढा  रहेको भए पनि एकान्त र सान्त रहेकोले युवा युवतीहरुको रोईजामा पर्ने गरेको उनीहरु बताउदछन । यसको अलवा पार्क तथा होटलहरुमा जान नसक्ने युवा युवतीहरु  नजिकै रहेका विभिन्न पार्कहरुमा गएर माया प्रेम साट्ने गर्दछन । 

बुटवलमा सबैभन्दा बढि पर्यटकहरु आउने मणिमुकुन्द सेन उद्यान  फुलबारीमा यस बर्षमो प्रयण दिवसमा करिव २० हजार आन्तरिक पर्यटकहरु आउने अपेक्षा उद्यानले लिएको छ । 
मणि मुकुन्द सेन  उद्यान फुलबारीका म्यानेजर मुक्तिलाल गिरीले गत फुलवारीमा जहिले पनि भ्यालेन्टाईन डे जस्तै  वातावरण भएको भन्दै  यस बर्षको भ्यालेनटाईन डे मा करिव २० हजार आन्तरिक पर्यटकहरु आउने जानकारी दिए । 

हजारौं वर्Èअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । 
सैनिकहरु विवाहबन्धनमा बा“धीएको खण्डमा युदद्व सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धरैको विवाह गराएका थिए । अफ्नो आदेशको विरुद्वमा सैनिकहरुको विवाह गराएकोभन्दै १४ फेब्रुरीमा पादरीलाई फा“सी दिएको र सोही दिन पादलरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउन थालिएको  ईतिहासमा  पाईन्छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै