पाल्पामा द्वन्द्वपिडीतले अझै राहत पाएन्न

कृष्ण  खनाल
बुटवल, १३ फागुन ।

तत्कालिन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बेला नेपालका कयौ भौतिक संरसचनाहरु भत्काईए, व्याक्तिहरुको करोडौंको समत्तीमा क्षती पु¥याइएयो भने कयौं मानिसहरु विस्तापित र बेपत्ता भए । यति मात्र होईन उक्त द्वन्द्वको कारण अहिले  पनि हजारौं मानिसहरु घाईते र अङ्गभङ्ग भएर जिवन जिईरहेका छन् ।
माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्ती प्रक्रियामा आएको पनि  ७ बर्ष (विस्तृत शान्ती संम्झौता वि.स.२०६३ मंसिर ८ गतेको आधारमा) वितिसकेको छ । तर अहिले पनि पाल्पाका कायौ व्याक्तिहरुले अहिले सम्मपनि  राहत पाउन सकेका छैन ।
स्थानिय शान्ती समिति पाल्पाले  उपलब्ध  गराएको तथ्यांक अनुसार अहिले सम्मपनि द्वन्द्वको कारण घाईते तथा अपाङ्गता भएका व्याक्ति, अपहरण, कैद तथा हिरासतमा लिएका व्याक्ति, व्याक्तिगत सम्पत्ती क्षती, सरकारी सम्पत्ती क्षती, विस्तापित तथा द्वन्द्व प्रभावित वालवालिकालहरुले पुर्णरुपमा राहत नसकेका हुन ।
स्तानिय शान्ती समिति पाल्पाका अनुुसार पाल्पा जिल्लनामा द्व्रन्द्व पीडित तथा प्र्रभावितहरुको तथ्यांक अनुसार मृतक ८७ जना मध्ये ८७ जनाको आफन्तले राहत पाएका छन् , त्यस्तै सर्वसाधारण विधुवा १२ जना मध्ये १२ जनाले मात्र पाएका छन त्यस्तै बेपत्ता पाएका ५ जना व्याक्तिहरु मध्ये ५ जनाको परिवारले राहत पाएका छन् । तर अन्य द्व्रन्द्व पीडित तथा प्र्रभावितहरुले  पुर्णरुपमा राहत पाउनसकेका छैन ।
स्थानिय शान्ती समिति पाल्पाकी कार्यालय सचिव तेजा आर्यालका अनुसार जिल्लामा घाईते अपाङ्गता भएका व्याक्तिहरु ३९ जना मध्येय जम्मा २८ जनाले मात्र राहत  पाएका छन  । जसमा ११ जनाले अहिले सम्म पनि राहत पाउन सकेका छैन्न ।
त्यस्तै अपहरण, कैद तथा हिरासतमा परेका व्याक्तिरु १ सय १ जना मध्ये जम्मा १ जनाले मात्र राहत पाएका छन ।  त्यस्तै व्याक्तिगत सम्पत्तीको क्षती भएका ८३ जना मध्ये जम्मा १७ जानाले मात्र राहत पाएका छन । त्यस्तै सरकारी सम्पत्ती ६० वटामा क्षती पुगेकोमा ५५ वटा भौतिक संरचनाहरु मात्र पुनःनिर्माण भएका छन । त्यस्तै विस्तापीत १९ जना मानिसहरु मध्ये ११ जनाले मात्र रहात पाएको अवस्था छ । त्यस्तै द्वन्द्व प्रभावित  वालवालिका  ६४ मध्ये केहीले मात्र राहत पाएका छन ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारीले १० बर्षे सशस्त्र द्वन्द्वमा भत्कीएका विभिन्न भौतिक संरचना तथा केही व्याक्तिहरुले राहत पाएको भएपनि वास्तविक रुपमा मानिसहरुको मनमा  अझै पनि शान्ती नआएको बताउँदछन्  ।
उनले भने–‘वास्तविक द्वन्द्वमा परेका मानिसहरुले अहिले सम्म पनि राहत पाएका छैनन्  विभिन्न भौतिक संरचनाहरु पुर्न निर्माण मात्र भएका छन ।’ उता, स्थानिय शान्ती समितिका जिल्ला सचिव तेजा ज्ञवालीले जिल्लामा केन्द्रबाट  विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि जम्मा ५ लाख रुपैया आउने गरेको र उक्त  रकम विभिन्न कार्यक्रम गर्नमा मात्र ठिक्कहुने जानकारी दिईन । उनले विभिन्न अवलोकन भ्रमण, निबन्द प्रतियोगीता, क्षमता अधिवृद्धी कार्यक्रम, गाविस स्तरिय गोष्ठि, अनगुमन कार्यक्रमको लागि उक्त बजेट खर्च गरिएको जानकारी दिईन ।
उनले विभिन्न जिल्लाहरुमा शान्तीसमितिले गरेका राम्रो कामहरुको अनुगमनको गर्नको लागि भ्रमण गर्दै आएको समेत बताईन ।  अझै पनि धेरै मानिसहरुले राहत पाउन सकेका छैन्न तर तपाईहरु भ्रमणको लागि रकम खर्च गर्नुहुन्छ ? उक्त रकक द्वन्द्व पिडीतहरुको आर्यआर्जन वृद्धीमा खर्च गरिएमा राम्रो हुन्थ्योकी ? भन्ने संवाददाताको जिज्ञासामा उनले भनिन्–‘ पहिला रुपन्देहीमा के भईराखेको छ त्यो हेर्नुस् अनि यहाको लेख्नुस् ।’ उनले भ्रमण कार्यक्रमबाट अन्तको राम्रो प्रयाशको सिको गर्न मिल्ने तर्क अगाडी सारिन् ।
स्मरण रहोस जिल्लामा वितरण गरिने राहतको कार्यक्रम केन्द्रबाट स्थानिय राज्य पुर्नरंचना तथा शान्ती मन्त्रालयबाट नै वितरण हुदै आएको छ ।   जिल्लामा रहेका शान्ती समितिहरु नाम  मात्रको हुने गरेको कतिपय विस्लेकहरुको भनाई रहेको छ ।
पाल्पा जिल्लामा २०६६ साल  असार २९ गते गठन भएको स्थानीय शान्ती समितिमा अहिले सम्म विभिन्न राजनीतिक दलहरु आलोपालो रुपमा संयोजक हँुदै आएका छन । अहिले सम्म नेत्रप्रसाद पाण्डे, राजन प्रसाद पन्त, यादब बहादुर रायमाझि, डुल बहादुर कुँवर, विशाल दर्लामी, केहर सिंह राना र अहिले सातौ संयोजकको रुपमा नवीन थापा रहेका छन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै