शंकरनगर गाविस पहिलो पूर्ण खोप

कृष्ण खनाल
बुटवल, १९ माघ ।
करिव एक बर्षको प्रायास पछि   शंकरनगर गाविस  रुपन्देहीमा पपिहलो पुर्ण खोप गाविस घोषणा हुने भएको छ । खुल्ला दिशामुक्त गाविस घोषणा भैसकेको गाविसलाई स्थानिय वासिन्दा तथा सरोकारवालाहरुले  प्रयाशपछि  पहिलो  खोप गाविस घोषणा हुने भएको हो । सोमबार आर्थत आज एक विशेष कार्यक्रमको आयोजना गरी पुर्ण खोप गाविस घोषणा गर्न लागिएको शंकर नगर हेल्थ पेष्टका ईन्चार्ज कमल प्रसाद गौतमले जानकारी दिए ।
गाविसले विगत ४ बर्ष देखि नै पुर्ण खोप गाविस घोषणा गर्नको लागि  प्रयास जारी राखेको भएपनि एक बार्ष यता बढि सक्रिय रुपमा पुर्ण खोप घोषणा गर्नको लागि पहल थालिएको हो । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले  तोकिएको मापदण्ड पुरा गरेपछि आधिकारीक रुपमा गाविसले प्रमाण पत्र समेत पाईसकेको छ । 
एक बर्ष उमेर पुगेका सम्पूर्ण वालवालिकाहरुलाई पुर्ण रुपमा खोप लगाएको प्रमाणित भएपछि  गाविलाई पूर्ण खोप गाविस बनाइएको हो । शंकनगर हेल्थपोष्ट ईन्चार्ज गौतमले भने–‘एक बर्षको अथक प्रयाशपछि रुपन्देहीमै पहिलो पुर्ण खोप गाविस घोषणा गर्न लागिएको हो ।’ उनले थपे–‘एक देखि २ बर्ष विचका सम्पूर्ण बालबालिकहरुले  पुर्ण खोप पाएका छन ।’
जिल्ला जनस्वाथ्यको मापदण्ड अनुसार एक बर्ष उमेर पुगेका वालकालीकाहरुले एक बर्ष भित्र लगाउने सम्पूर्ण खोप पाएका हुनुपर्दछ भने २ बर्ष भित्र सम्पुर्ण बालबालिहरुले सम्पूर्ण खोप लगाइएको हुनुपर्दछ ।
शंकरनगरका स्थानिय बासिन्दा तथा नेकपा एमाले शंकरनगर गाविसका अध्यक्ष रुकु पाण्डेले रुपन्देहीमा पहिलो पटक गाविस पूर्ण खोप गाविस घोषणा हुनु गौरवको विषय भएको जानकारी  दिए । बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘स्थानिय वासिन्दा, नागरिक समुह तथा सरोकारवाला सबैको सहयोगबाट संभव भएको हो ।’  गाविस पुर्ण खोप घोषणा गर्नको लागि स्थानिय वासिन्दाहरुको महत्पूर्ण सहयोग रहेको गाउ विकास कार्यालय शंकनगरले जनाएको छ । अहिले शंकरनगर गाउ विकास समितिमा १२ देखि १३ महिनाका बालबालिहरुले ७ सय १४ जनाले पूर्ण खोप लगाएका छन ।
वि.स. २०६८ को जनगणना अनुसार शंकरनगर गाविसको जनसंख्या २२ हजार ४ सय २९ रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै