बाजागाजा सहित घोषणा गरियो ‘शंकरनगर पहिलो पुर्ण खोप गाविस’

कृष्ण खनाल 
बुटवल, २० माघ । 

अगाडी लामवद्वरुपमा रहेका पञ्चकन्या, स्वागतको लागि हातमा  फुलमाला लिएर लामबद्ध बसेका स्वय्सेविकाहरु पछि  पछि पञ्चेवाजको धुनमा नाच्दै गाउदै रमाईलो गर्दै हिडेका स्थानिय वासिन्दाहरु । सोमबार रुपन्देहीको शंकरनगरमा अर्कै माहोल थियो । ठाउँ–ठाँउबाट स्थानिय वासिन्दा, शिक्षक शिक्षीकाहरुका साथै विद्यार्थीहरु समेत स्वतस्फुर्त रुमा ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुमा एक प्रकारको छुटै उमंङ्ग थियो । 
करिव एक बर्ष पहिला खुला दिशमुक्त क्षेत्र र पुर्ण साक्षर गाविस घोषणा गरेको शंकरनगर गाविसले सोमवार मात्रै पुर्ण खोप युक्त गाविस समेत घोषणा भएको छ । यति मात्र होईन उक्त गाविस रुपन्देही जिल्लामै पहिलो गाविसको रुपमा आफुलाई अग्रजभागमा उभ्यिाउन सकेको हो । 
हजारौ संख्यामा सहभागी स्थानिय वासिन्दाहरुले शंकरनगर गाविसमा रहेको दुर्गा दत्त उच्च माविमा पञ्चेबाजाको घन्काएर रमाईलको समेत गरेका थिए । उक्त गाविसलाई पहिलो पुर्ण खोप गाविस घोषणा गर्नको लागि स्थानिय बासिन्दा, नागरिक समाज तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समेत सहयोग रहेको छ । 
सोमबार पुर्व सिंचाहीमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का सभासद् बालकृष्ण खाणले दिउसो ठिक २ बजे गाविलाई पुर्ण खोप गाविस घोषणा गरेका हुन । करिव एक बर्षको प्रयाश पछि उक्त गाविसलाई पुर्ण खोप गाविस घोषणा गरिएको हो । 
वि.स.२०३८ सालमा स्थापना भएको साविकको आनन्दवन गाउ विकास मिमितिको वडा नम्बर २ र ३ बाट शंकरनगर गाविसको स्थापना भएको हो । गाविसमा अहिले कलेज ६  वटा, उच्च मावि ५ वटा, मावि १० वटा, निमावि ४ वटा, प्राविधिक कलेज २ वटा , शिशु स्याहार केन्द्र ४ वटा रहेका छन । उक्त गाविसलाई २०७०  असारमा ९७ प्रतिशत जनसंख्या साक्षर र ३ प्रतिशत जनसंख्या निरिक्षर रहेकोमा २०७० असार मसान्तमा १०० प्रतिशत नै साक्षर बनाएर पुर्ण साक्षर गाविस समेत घोषणा गरिएको  थियो । 

उता, पुर्ण साक्षर गाविस घोषणा गर्ने क्रमम पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का   सभासद् बालकृष्ण खाणले विकास निर्माणको क्रान्ति रुपन्देहीबाट सुरु भएको बताएका थिए । उनले भने–‘रुपन्देहीबाट विकास निर्माणको क्रान्ति सुरु हुन्छ जसको नेतृत्व संकरनगरले गर्नेछ ।’ एक फरक राजनितीक कुरामा  उनले अवको एक हप्ता भित्रमा नेपाली कांग्रेसका सभापती शुसिल कोईरालाको नेतृत्वमा सरकार गठन हुने समेत बताएका थिए । एक बर्ष भित्र संविधान निर्माणको कुनैपनिविकल्प नभएको भन्दै नेता खाणले एक बर्षमा संविधान निर्माण हुने समेत ठकुवा गरेका थिए ।  जिल्ला जनस्वाथ्यको मापदण्ड अनुसार एक बर्ष उमेर पुगेका वालकालीकाहरुले एक बर्ष भित्र लगाउने सम्पूर्ण खोप पाएका हुनुपर्दछ भने २ बर्ष भित्र सम्पुर्ण बालबालिहरुले सम्पूर्ण खोप लगाइएको हुनुपर्दछ । अहिले शंकरनगर गाउ विकास समितिमा १२ देखि १३ महिनाका बालबालिहरुले ७ सय १४ जनाले पूर्ण खोप लगाएका छन ।  वि.स. २०६८ को जनगणना अनुसार शंकरनगर गाविसको जनसंख्या २२ हजार ४ सय २९ रहेको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै