युवा भन्दा पाकामा ‘फुटवल क्रेज’

कृष्ण खनाल 
बुटवल, १० फागुन । 
वि.स. २०६६ सालबाट बुटवलमा रहेको एन्फा एकेडमीमा फुटवल प्रशिक्षक रहेका यम गुरुङ्ग एउटा फुटवलका प्रशिक्षक नभएर दर्शक पनि हुन । 
बुटवल शनिवार मात्रै सम्पन्न भएको ‘ए’ डिभिजन रेडबुल जिल्ला लिग फुटवल प्रतियोगीताको  नियमित दर्शका रुपमा रहेका उनले खेलको अन्तिम दिन शनिवार भने–‘युवा पुस्तामा फुटवलको क्रेज घटेको छ’ नियमित दर्शक मात्र नभएर एक अभिभावक समेत रहेका उनले थपे–‘बढ्दो प्रविधीको प्रयोग संगै युवामा  फुटबलको क्रेज घट्दो छ ।’
 उनले पोखेको दुखेसो एउटा प्रतिनिधी दुखेको सो ।  पछिल्लो समयमा बढ्दो प्रविधीको प्रयोगको कारण विगत केही दशक पहिला मनोरञ्जन र  व्यस्त(बिजी) हुने माध्यमको रुपमा लिईने फुटवल पछिल्लो समयमा भने फुटवल खेल्ने मात्र होईन हेर्ने दर्शकहरु समेत घटनेका छन । एन्फाका प्रशिक्षक  यम गुरुङ्गको अनुभव अनुसार  केही बर्ष पहिला मानिसहरु आफुलाई व्यस्त राख्नको लागि र फुर्सदको समय व्यातिक गर्नको लागि फुटवल खेल्ने गर्दथे । 
उनले आफ्नो अनुभव  संवादातालाई सुनाए–‘हामी यसो फुर्सद भयो भने फुटवल खेल्न निस्कन्थ्यौ तर अहिले भने साथीहरु कोठा बाहिर निस्कनको लागि  समेत अफ्ठारो मान्छन ।’ यसरी मानिस कोठे प्रविधिको प्रयोग बढि गर्न थालेपछि  मानिस अस्वथ्य हुदै गएको गुरुङ्गको तर्क रहेको छ । 
४६ बर्षका गुरुङ्गले मानिसहरु टेलिभिजनमा विभिन्न खेलकुदका लाईभ कार्यक्रम हेर्ने र विभिन्न सामाजिक सञ्जालहरुमा बढि व्यस्त हुने गरेको कारण पनि फोफसलमा हुने विभिन्न खेलकुदका कार्यक्रमहरुमा सहभागीता कम हुनेछन ।  पछिल्लो समयमा युवा पुस्ताहरुको फुटवल क्रेज कम हुदै जानु खेलकुदको भविश्यमा पनि चिन्ता उत्पन्न हुन थालेको छ । 

फुटवलका दर्शक रुपन्देहीको कोटीहवा निवासी ४३ बर्षीय हेमन्त मल्लले पनि पछिल्लो समयमा फुटवलमा भन्दा पनि बढि अन्य खेलकुदमा युवा तथा वालवालिकहरुको चासो बढि हुने गरेको कारण पछिल्लो पुस्तामा फुटवलको क्रेज हस्नान्तरण हुनेमा चिन्ता व्यक्त गर्दछन । बुटवलमा शनिवार सकिएको ए डिभिजन  फुटवल प्रतियोगीता अवलोकनको लागि नियमित आएका  उनले भने–‘यसरी फुटवलमा  क्रेज हराउदै गएमा पछिल्लो युवा पुस्तामा  फुटवल मोह  हस्तान्तरणको चिन्ता छ ।’  विगतका दिनमा बुटवलको लिस्नो  क्लवलमा आवद्ध भएर नियमित फुटवल समेत खेल्ने गरेका  मल्लले भने–‘विगतका बर्षहरुमा जस्तो  खेलाडी अवको पुस्तामा पाउन ग्राह्रो छ ।’ उनले  यसरी नै पछिल्लो पुस्तामा फुटवल प्रतिको मोह घट्दै जानुको कारण युवा पुस्ताहरुमा लागू पदार्थ दव्र्यसनी लगायतका क्षेत्रमा  फस्ने गरेको बताए । 
उनले थपे–‘मानिसहरु कोठामा नै व्यस्त हुने गरेको छ वाहिरी वातावरणमा घुलमिल हुन छाडेको छ जसको कारण पनि विभिन्न अपराधहरु हुने गरेका छन । व्यस्त हुनको लागि पनि विभिन्न खेलकुदमा सहभागी हुन अनुरोध गर्दै उनले भने–‘आफुलाई व्यस्त राख्नको लागि भित्री वातावरण होईन वाहिरी वातावरणमा घुलमिल हुनु आवश्यक छ ।’ 
उता, फुटवलका नियमित दर्शक बुटवल १२ रामनगरका ४५ बर्षिय  जगत रानाले पनि मानिसहरुमा खेलकुदबाट मनोरञ्जन लिनुको साटो विभिन्न प्रविधिको प्रयोग गर्दै जाँदा अपराधिक क्रियाकलपा बढ्दै जानेमा दुखेसो पोखे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै